२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाकै जिल्लामा यसकारण पराजित भयो कांग्रेस

२०७४, १९ असार सोमबार ०२:०४

असार १९, काठमाडौं । दोस्रो चरणको स्थानीय तको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन प्रतिबद्धता व्यक्त गरेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डँडेलधुरामा नराम्ररी पराजित भएका छन् ।

डँडेलधुरामा उम्मेद्वार चयन गर्ने समयमा उठेका विरोधका आवाजलाई बेवास्ता गर्दै पत्नी आरजु राणाको लहलहैमा लागेर उम्मेद्वार छनोट गर्दा देउवा यसरी गृहजिल्लामै पराजित हुन पुगेका हुन् ।

पत्नी आरजुका सामु निरीहजस्तै रहेका देउवाको पत्नीभक्ति र कमजोर नेतृत्वका कारण कांग्रेस डँडेलधुरामा मात्र नभई दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका तीनै प्रदेशमा एमालेभन्दा कमजोर देखिएको छ ।

पत्नी आरजु र डँडेलधुराका कांग्रेस जिल्ला सभापति कर्ण मल्लका बीचका विवादका कारण यस जिल्लामा कांग्रेसले नराम्रो हार व्यहोर्नु परेको हो । 

देउवाको गृहनगर डँडेलधुराको अमगढी नगरपालिका देउवाकै नेतृत्व असक्षमताका कारण एमालेको पोल्टामा पुगेको छ । यसअघि कांग्रेसको राम्रो पकड मानिएको अमरगढी नगरपालिकामा आरजुको दबाबमा डिल्लीराज ओझालाई टिकट दिइएको थियो ।

प्रधानमन्त्री समेत रहेका देउवाको गृहजिल्ला डँडेलधुराका दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तहमध्ये तीनवटा गाउँपालिकामा मात्रै कांग्रेसले जित हात पारेको छ ।

नौ जिल्ला रहेको ७ नं. प्रदेशमा ८८ स्थानीय तह छन् । कैलाली, कञ्चनपुर, अछाम, डोटी, डँडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्ला रहेको यस प्रदेशमा १ उपमहानगरपालिका, ३२ नगरपालिका र ५५ गाउँपालिका गरी ८८ स्थानीय तह छन् । तर, यस प्रदेशको अधिकांश ठाउँमा कांग्रेस विगतमा भन्दा धेरै कमजोर देखिएको छ । 

यो क्षेत्रमा कांग्रेस पछि पर्नुको कारण उम्मेद्वार छनौटमा देउवा पत्नी आरजु हावी हुनु, असल व्यक्तिले टिकट नपाउनु र देउवाको कमजोर नेतृत्वको फाइदा अन्य राजनीतिक दलहरुले उठाउनु नै हो । -देशान्तर साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह