८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाकै जिल्लामा यसकारण पराजित भयो कांग्रेस

१९ असार २०७४, सोमबार ०२:०४

असार १९, काठमाडौं । दोस्रो चरणको स्थानीय तको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन प्रतिबद्धता व्यक्त गरेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डँडेलधुरामा नराम्ररी पराजित भएका छन् ।

डँडेलधुरामा उम्मेद्वार चयन गर्ने समयमा उठेका विरोधका आवाजलाई बेवास्ता गर्दै पत्नी आरजु राणाको लहलहैमा लागेर उम्मेद्वार छनोट गर्दा देउवा यसरी गृहजिल्लामै पराजित हुन पुगेका हुन् ।

पत्नी आरजुका सामु निरीहजस्तै रहेका देउवाको पत्नीभक्ति र कमजोर नेतृत्वका कारण कांग्रेस डँडेलधुरामा मात्र नभई दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका तीनै प्रदेशमा एमालेभन्दा कमजोर देखिएको छ ।

पत्नी आरजु र डँडेलधुराका कांग्रेस जिल्ला सभापति कर्ण मल्लका बीचका विवादका कारण यस जिल्लामा कांग्रेसले नराम्रो हार व्यहोर्नु परेको हो । 

देउवाको गृहनगर डँडेलधुराको अमगढी नगरपालिका देउवाकै नेतृत्व असक्षमताका कारण एमालेको पोल्टामा पुगेको छ । यसअघि कांग्रेसको राम्रो पकड मानिएको अमरगढी नगरपालिकामा आरजुको दबाबमा डिल्लीराज ओझालाई टिकट दिइएको थियो ।

प्रधानमन्त्री समेत रहेका देउवाको गृहजिल्ला डँडेलधुराका दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तहमध्ये तीनवटा गाउँपालिकामा मात्रै कांग्रेसले जित हात पारेको छ ।

नौ जिल्ला रहेको ७ नं. प्रदेशमा ८८ स्थानीय तह छन् । कैलाली, कञ्चनपुर, अछाम, डोटी, डँडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्ला रहेको यस प्रदेशमा १ उपमहानगरपालिका, ३२ नगरपालिका र ५५ गाउँपालिका गरी ८८ स्थानीय तह छन् । तर, यस प्रदेशको अधिकांश ठाउँमा कांग्रेस विगतमा भन्दा धेरै कमजोर देखिएको छ । 

यो क्षेत्रमा कांग्रेस पछि पर्नुको कारण उम्मेद्वार छनौटमा देउवा पत्नी आरजु हावी हुनु, असल व्यक्तिले टिकट नपाउनु र देउवाको कमजोर नेतृत्वको फाइदा अन्य राजनीतिक दलहरुले उठाउनु नै हो । -देशान्तर साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी