८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन गाउँपालिकामा पूर्वजनसेना कमान्डर विजयी

१९ असार २०७४, सोमबार ०३:३९

असार १९, काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचनमा रोल्पाका विभिन्न तहबाट उम्मेद्वारी दिएका पूर्व जनसेनाका कमान्डरहरु तीन गाउँपालिकाका अध्यक्षमा विजयी भएका छन् । 

गाउँपालिका अध्यक्षका साथै उपाध्यक्ष र वडाध्यक्षमा समेत पूर्व कमान्डरहरु विजयी भएका हुन् । माओवादी केन्द्रका तर्फबाट सुवर्णावती गाउँपालिकामा पूर्व ब्रिगेड कमिसार रहेका गुनेन्द्र घर्ती ‘विज्ञान’ गाउँपालिका प्रमुखमा विजयी भएका छन् ।

पार्टीको आन्तरिक पंक्तिमा समेत आकांक्षी धेरै देखिएपछि पार्टीभित्रै निर्वाचन जितेर उम्मेद्वारी दिएका गुनेन्द्रले गाउँपालिकामा जित हासिल गरेका हुन् ।

पूर्व ब्रिगेड कमान्डर रहेका वीरबहादुर घर्ती ‘वियोग’ थवाङ गाउँपालिका प्रमुखमा विजयी भएका छन् । कांग्रेसको गठबन्धनलाई छिचोल्दै वियोग विजयी भएका हुन् । नेकपाको गढको रुपमा चिनिने थवाङमा माओवादी केन्द्रका तर्फबाट वियोगले नेकपाका अमित घर्तीमगरसँग प्रतिस्पर्धा गरेका थिए ।

त्यसैगरी, सुकिदह गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका पूर्वबटालियन कमान्डर वीरबहादुर खत्री ‘अपराजय’ विजयी भएका छन् ।

माओवादी केन्द्रका खरा व्यक्तिका रुपमा चिनिने अपराजय आस्थाकै आधारमा १२ वर्ष जेलजीवनसमेत विताएका व्यक्ति हुन् । कडा स्वभावका भएपनि जनताका माझ उनी लोकप्रिय नेताका रुपमा रहेका थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी