८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा

२० असार २०७४, मंगलवार ०१:५८

असार २०, काठमाडौँ । ट्राफिक प्रहरी महाशाखाले घुस खाएको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । 

उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको खबर आजको नयाँ पत्रिकामा छ ।

वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी तथा नगद रुपैयाँ असुली गरेको फेला परेपछि कारबाही गरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार कारबाहीमा पर्नेमा दुई हवल्दारसहित आठजना प्रहरी जवान छन् । लामाले प्रहरी हवल्दारद्वय लेखनाथ यादव र दीपक बोहोरा, प्रहरी जवानहरू भरत कार्की, मानदेव चौधरी, भरतबहादुर चन्द, लक्षुमन साह, रमेश राउत, विनोदकुमार गिरी, बालेश्वर यादव र गोपाल पोखरेल कारबाहीमा परेको बताए ।

ट्राफिक प्रहरी घुसमा तरकारी पनि लिन्छन्

कालिमाटीमा तरकारी तथा रकम असुलेको आरोपमा प्रहरी हवल्दार यादव र प्रहरी जवान चौधरी कारबाहीमा परेका छन् । भाडा ट्रकबाट एक सय रुपैयाँ असुलेको आरोपमा स्वयम्भू वृत्तका प्रहरी जवान कार्की परेका छन् । यस्तै, ड्युटीमा मादक पदार्थ सेवन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी हवल्दार भरतबहादुर चन्द कारबाहीमा परेका छन् ।

भाडाको ट्रकबाट दुई सय रुपैयाँ असुली गरेको आरोपमा लक्षुमन साह, माइतीघरमा स्कुटर चालकबाट एक हजार असुलेकोमा यादव र कोटेश्वरमा ट्याक्सी चालकसँग पाँच सय रुपैयाँ लिएको आरोपमा गिरी कारबाहीमा परेका हुन् । 

जमलमा होटेल सञ्चालन गर्ने महिलालाई दुव्र्यवहार गरेकाले राउत कारबाहीमा परे । त्यस्तै, मैतीदेवीमा मोटरसाइकलचालकबाट पाँच सय लिई छाडेको आरोपमा पोखरेललाई कारबाही गरिएको डिआइजी लामाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी