२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाइलैपिच्छे यसरि ठगिन्छन् यात्रु: सहचालक भन्छन- ‘कति गनगन छैन चानचुन’

२०७४, २० असार मंगलवार ०३:१८


असार २०, काठमाडौँ । तीनकुनेबाट मध्यपुर थिमी जान बा२ख १२७८ नम्बरको माइक्रो चढेका सुवास पौडेलसँग सहचालकले १५ रूपैयाँ भाडा मागे । 

विद्यार्थी कार्डसमेत भएका पौडेलसँग सहचालकले १५ रूपैयाँ भाडा मागेपछि एकछिन भनाभन चल्यो । उनले सहचालकलाई चार किलोमिटरसम्मको भाडा १३ रूपैयाँ मात्र हो भनेर बुझाउन खोजे । तर, सहचालकले १५ रूपैयाँ घटी लिनै मानेनन् । भाडा दरको सूची माग्दा पनि सहचालकले उल्टै पौडेललाई नै हप्काए । उनी १५ रूपैयाँ भाडा तिरेर माइक्रो बसबाट उत्रिए । 

बस, माइक्रो बस वा ट्याम्पु जुनसुकै सवारी साधनमा चढ्नेबित्तिकै कम्तीमा १५ रूपैयाँ भाडा तिर्नुपर्छ । सवारी चालक र सहचालकले तोकेको भन्दा बढी भाडा असुले पनि यात्रु चुपचाप पैसा तिर्छन् । यात्रुले चार किलोमिटर भित्रको भाडा १३ रूपैयाँ भएको बताइहाले अकिकांशले खुद्रा पैसा नभएको बहाना गर्छन् । 

भक्तपुरमा सुजन भण्डारीले पनि पौडेलले जस्तै बढी भाडा तिर्नुप¥यो । च्यामासिंहबाट कलंकी जाने बस चढेका उनले कार्ड छुटसहित २० रूपैयाँ तिरे । ‘सार्वजनिक यातायातमा चालक र सहचालकको मनोमानी छ,’ भण्डारीले नागरिकसँग भने, ‘यातायाले जति भाडा घटाए पनि यात्रुसँग बढी भाडा असुल्ने काम भइरहेको छ ।’ 

अचेल बस, माइक्रो बस वा ट्याम्पु जुनसुकै सवारी साधनमा चढ्नेबित्तिकै कम्तीमा १५ रूपैयाँ भाडा तिर्नुपर्छ । सवारी चालक र सहचालकले तोकेको भन्दा बढी भाडा असुले पनि यात्रु चुपचाप पैसा तिर्छन् । यात्रुले चार किलोमिटर भित्रको भाडा १३ रूपैयाँ भएको बताइहाले अकिकांशले खुद्रा पैसा नभएको बहाना गर्छन् । 

गएको माघमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्रीस्तरीय निर्णयले सवारी भाडा दर घटाउने निर्णय गरे पनि हालसम्म व्यवहारमा लागू भएको छैन । यातायात व्यावसायीको दबाब र यातायात व्यवस्था विभागको बेवास्ताले नयाँ भाडादर कायम हुन नसकेको हो । यातायात तथा पूर्वाधार विज्ञका अनुसार उपत्यकामा सार्वजनिक सवारीले यात्रुबाट दैनिक १५ देखि २५ लाखसम्म बढी भाडा असुल्ने गरेका छन् । 

‘अहिले उपत्यकाभित्र दुई किलोमिटरको यात्रा गर्दा सार्वजनिक यातायातले १५ रूपैयाँ लिन्छन्, यो अपराध नै हो,’ यातायात तथा पूर्वाधार विज्ञ सूर्यराज आचार्यले भने, ‘नियम फितलो भएकोले सर्वसाधारण ठगिएका छन् ।’ उनले यातायातमा सिन्डिकेट हावी हुँदा भाडादर कायम नभएको बताए । 

‘सार्वजनिक सवारीमा यात्रा गर्दा हामीले सहचालकबाट दुई–तीन रूपैयाँ फिर्ता पाउँदैनौं यसबाट उनीहरूले दिनमै लाखौं कमाएका छन्,’ उनले भने । आचार्यले यात्रुको संख्या र दिनका एउटा सवारीले औसतमा कति पटक यात्रा तय गर्छन् भन्ने आधारमा हेर्दा धेरै यात्रु ठगिने बताउँछन् । 

यातायात व्यवस्था विभागले उपत्यकाभित्र चार किलोमिटरसम्मका लागि १३ रूपैयाँ र १९ किमीसम्म २३ रूपैयाँ भाडा निर्धारण गरिएको छ । विभागका अनुसार पूरै चक्रपथ परिक्रमा गरेको भाडा अधिकतम २४ रूपैयाँ हो ।

यातायातकर्मी रामबहादुर थापाका अनुसार मन्त्रालयको बेवास्ता र विभागले व्यवसायीलाई कडिकडाउ गर्न नसक्दा यात्रु ठगिने गरेका हुन् । ‘अहिले व्यावसायीले उपत्यकामा मात्र दैनिक २० लाख जत्ति भाडा ठगी गर्छन्,’ उनी भन्छन्, ‘देशभर गरेर त दैनिक १६ देखि १८ करोड रूपैया“ ठगी हुने गर्छ ।’ उनी चारदेखि आठ किलोमिटरसम्म यात्रा गर्दा सवारी चालक र सहचालकले ३० देखि ४० रूपैयाँसम्म पनि भाडा लिने गरेको बताउँछन् । 

 ‘देखिने गरी भाडादर नटाँसेकाले कति भाडा हो भनेर यात्रुलाई थाहा हुँदैन,’ थापा भन्छन्, ‘धेरैजसो व्यावसायीले त  आफूखुसी भाडादर टाँसेका छन् ।’ 

थापाले बालाजु, कलंकी, बसपार्क, कोटेश्वरलगायत स्थानमा भाडादरको सूची टाँस्ने हो भने यात्रु ठगी कम हुने बताए । उनले देशभर भाडाका सवारीले सर्वसाधारणलाई ठगेको विवरण संकलन गरी यातायात व्यवस्था विभाग पठाएको जानकारी दिए । 

‘कुनै सवारीले तोकिएभन्दा बढी भाडा लियो भने ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागमा खबर गरे कारबाही हुन्छ,’ विभागका महानिर्देशक रूपनारायण भट्टराईले भने, ‘बढी भाडा असुल गर्ने सवारीसाधनलाई एक हजारदेखि पाँच हजार रूपैयाँसम्म जरिवाना गर्छ ।’ उनले यात्रुलाई गुनासो गर्न सजिलोका लागि सार्वजनिक यातायातमा ट्राफिक र यातायात अञ्चल कार्यालयको फोन नम्बर राखिने बताए ।

भट्टराईका अनुसार विभागले उपत्यकामा गुड्ने सार्वजनिक सवारीधनीलाई तोकिएभन्दा बढी भाडा नलिन पत्राचार गरिसकेको छ । विभागले निर्धारण गरेभन्दा बढी भाडा असुलेको गुनासो आएपछि निर्देशनसहित पत्राचार गरिएको हो । 

विभागले यातायात ऐन र यात्रुको मागअनुसार २०६५ सालमा देशभर वैज्ञानिक भाडादर निर्धारण गरी लागू गरेको थियो । जसअनुसार पेट्रोलियम पदार्थको मूल्य ५ रूपैयाँभन्दा बढी घटबढ भए नयाँ भाडादर समायोजन गरिन्छ । समायोजन भएको भाडादर हरेक सवारीसाधनमा टाँस्नुपर्ने व्यवस्था भए पनि अधिकांश सवारीसाधनले अटेर गरेका छन् । 

सरकारले लागू गरेको भाडादर बेवास्ता गर्दै व्यवसायीले यात्रु ठग्न थालेपछि विभागले अनुगमन थालेको थियो । ‘विभागले गरेको अनुगमनमा अधिकांश सवारीसाधनमा भाडादर नटाँसेको पाइयो, धेरैलाई कारबाही पनि गरेका छौं,’ भट्टराईले भने, ‘बढी भाडा लिँदा यात्रुले पनि विभागमा खबर गरे कारबाही गर्न अझ सहज हुन्छ ।’ उनका अनुसार विभागमा दिनहुँ बढी भाडा असुल्ने पाँचभन्दा बढी सवारीसाधनमाथि कारबाही हुने गरेको छ ।

केही समययता विभागले बढी भाडा असुल्ने, आरक्षित सिटको पालना नगर्ने, यात्रुसँग दुव्र्यवहार गर्नेलगायत समस्या ध्यानमा राख्दै छड्के जाँच गर्दै आएको छ । महानिर्देशक भट्टराईले अनुगमनका लागि पर्याप्त जनशक्ति पर्याप्त नभरहेकाले व्यापक अनुगमन गर्न नसकिएको बताए । 

विभागको तथ्यांक अनुसार देशभरी ३५ हजार बस दर्ता छन् । त्यस्तै, २८ हजार माइक्रोबस, ३० देखि ३५ हजार टाटा सुमो, १७  हजार ट्याक्सी र  १७ सय ट्याम्पु सञ्चालनमा छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रमुख डिआइजी मिङमार लामाले बढी भाडा असुल्नेमाथि कारबाही भएको बताए । उनले भने, ‘विभागसँग सहकार्य गरी बढी भाडा असुल्नेलाई कारबाही गर्छौं ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह