असार २१, काठमाडौँ । स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर गल्ति गरेको भन्दै हेटौंडाका उपमहानगरपालिकाका मेयरका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २१, काठमाडौँ । स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर गल्ति गरेको भन्दै हेटौंडाका उपमहानगरपालिकाका मेयरका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् ।&nb"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव लडेकोमा पश्‍चाताप गर्दै मेयर उम्मेदवारले गरे आफ्नै श्राद्ध !

२१ असार २०७४, बुधबार ०१:५७


असार २१, काठमाडौँ । स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर गल्ति गरेको भन्दै हेटौंडाका उपमहानगरपालिकाका मेयरका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् । 

मंगलबार हेटौंडा ५ स्थित सानोपोखरामा मेयर उम्मेदवार राकेश कुमार शर्माले आफ्नै श्राद्ध गरेका हुन् । २०७२ असोज ३ गते जारी संविधान मरिसकेको भनेर उनले पटकपटक विभिन्न ठाउँमा संविधानको श्राद्ध गरेका थिए । 

तर उक्त संविधान कार्यान्वयनको लागि भएको स्थानीय तह निर्वाचनमा उनले हेटौंडा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। हेटौंडा–२ का शर्माले आफुले आफैलाई हालेको मत समेत मतगणनाको बेला हराएपछि चर्चाको विषय बनेको थियो । निर्वाचनमा ६२ हजार २ सय ५ मत खसेको थियो।

'संविधान मरिसकेको भनेर घोषणा गर्नेले नै स्थानीय तह निर्वाचन लडेर ठूलो भुल गरेको छु’, उहाँले भन्नुभयो, ' भुलसुधारका लागि आफ्नै श्राद्ध गरेको हुँ।' शुद्ध वस्त्र र शुद्धभोजन गरी अघिल्लो दिन एक छाकमात्र खाएर उनले मंगलबार आफ्नै श्राद्ध गरेका हुन्। प्रधानमन्त्री, ६०१ सभासद् (सांसद्), नेताहरु र संविधानको श्राद्ध गरेर उनी परिचित बनेका छन्।

आफु जिवित छँदै आफ्नो श्राद्ध गर्ने प्रचलन तथा किम्बदन्तीहरु गरुड पुराण, भविष्य पुराण, अन्त्य पद्दति र जीवच्छ्रद्ध पद्दति पुस्तकमा पनि उल्लेख भएको भन्दै शर्माले आफ्नो श्राद्ध आफैले गरेका हुन्न्।

पुष्पकमल दाहाल र सुभासचन्द्र नेम्वाङजस्ता पहाडिया नेताले डलर र पाउण्ड खाएर हिन्दुराष्ट्र फालेको उहाँको दाबी छ । राजा सच्चा राष्ट्रवादी भएकाले ठूला नेताहरुले राजसंस्था फालेको आरोप लगाउँदै उहाँले राष्ट्रघाती र बिकाउ नेताहरुका कारण मुलुकको स्वाधिनता धरापमा परेको दाबी गर्नुभयो।

आफ्नै श्राद्धपछि उहाँले जारी गर्नुभएको विज्ञेप्तीमा भनिएको छ,'मुलुकको स्वाधिनता र रक्षाका लागि पृथ्वीनारायण शाह, महेन्द्र र जंगबहादुर राणा जस्ता राष्ट्रवादी र सैनिक शासनको आवश्यकता रहेको छ ।’ संविधान र नेताहरुको श्राद्ध गर्दै गर्दा उनलाई पटक पटक प्रहरीले पक्राउ गरिसकेको छ । -अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की