२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीमा मन्त्री बन्न खोज्नेहरुको ताँती यसरि लाग्यो

२०७४, २१ असार बुधबार ०७:१०

असार २१, काठमाडौं । मन्त्रिपरिषद् विस्तारको चर्चासँगै माओवादीबाट मन्त्री बन्न अध्यक्ष प्रचण्डसमक्ष रोइकराई गर्नेहरुको ताँती लागेको छ । 

कैलालीका हरि ज्ञवाली ‘अखण्ड’ले ०७० को मुखमा वैद्य समूह छाडेको फल माग्न हुल लिएर लाजिम्पाटमा धर्ना कसिरहेको बताइन्छ । स्रोतका अनुसार पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्मा पनि त्यही लाइनमा छिन् ।

उमेश यादव र जाकिर हुसैनसमेत कोही मधेसी त कोही मुस्लिमको प्रतिनिधित्व गर्छु भन्दै दौडधूपमा छन् । यसी आकांक्ष पोख्नेहरु धेरै छन् तर नारायणकाजीले चाहिँ एकसूत्रीय ढंगले गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्रीमा दोहो¥याउनुप¥यो भनिरहेको स्रोत बताउँछ ।

आफू उर्जा मन्त्रालय चलाउन सक्षम रहेको दाबी गर्दै पूर्व जनमुक्ति सेना कमाण्डर महेन्द्रबहादुर शाही लाजिम्पाट पुगेका छन् । विश्वस्त स्रोतका अनुसार उनको नाम लगभग पक्का छ । हाल प्रमुख सचेतक रहेका सल्यानका टेकबहादुर बस्नेत पनि सम्भावित उम्मेद्वार हुन् ।

आपूर्ति मन्त्रालयचाहिँ शिवकुमार मण्डललाई दिइने सम्भावना छ । ०७० सालमा २६ सिट प्रत्यक्षतर्फबाट जितेकामध्ये बागमती अञ्चलबाट बिउ जोगाउने रामेछापका श्याम श्रेष्ठ पनि सम्भाव्य अनुहार हो, सामान्य प्रशासन या वाणिज्य मन्त्रीका रुपमा शपथ खान पाउने ।

बाबुरामको खम्बाको रुपमा परिचय बनेको भए पनि नयाँशक्तितिर नलागेकी तनुहँकी आशा खनालले महिला, बालबालिका मन्त्रालय पाउने सम्भावना देखिन्छ । -जनआस्था साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह