८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीमा मन्त्री बन्न खोज्नेहरुको ताँती यसरि लाग्यो

२१ असार २०७४, बुधबार ०७:१०

असार २१, काठमाडौं । मन्त्रिपरिषद् विस्तारको चर्चासँगै माओवादीबाट मन्त्री बन्न अध्यक्ष प्रचण्डसमक्ष रोइकराई गर्नेहरुको ताँती लागेको छ । 

कैलालीका हरि ज्ञवाली ‘अखण्ड’ले ०७० को मुखमा वैद्य समूह छाडेको फल माग्न हुल लिएर लाजिम्पाटमा धर्ना कसिरहेको बताइन्छ । स्रोतका अनुसार पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्मा पनि त्यही लाइनमा छिन् ।

उमेश यादव र जाकिर हुसैनसमेत कोही मधेसी त कोही मुस्लिमको प्रतिनिधित्व गर्छु भन्दै दौडधूपमा छन् । यसी आकांक्ष पोख्नेहरु धेरै छन् तर नारायणकाजीले चाहिँ एकसूत्रीय ढंगले गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्रीमा दोहो¥याउनुप¥यो भनिरहेको स्रोत बताउँछ ।

आफू उर्जा मन्त्रालय चलाउन सक्षम रहेको दाबी गर्दै पूर्व जनमुक्ति सेना कमाण्डर महेन्द्रबहादुर शाही लाजिम्पाट पुगेका छन् । विश्वस्त स्रोतका अनुसार उनको नाम लगभग पक्का छ । हाल प्रमुख सचेतक रहेका सल्यानका टेकबहादुर बस्नेत पनि सम्भावित उम्मेद्वार हुन् ।

आपूर्ति मन्त्रालयचाहिँ शिवकुमार मण्डललाई दिइने सम्भावना छ । ०७० सालमा २६ सिट प्रत्यक्षतर्फबाट जितेकामध्ये बागमती अञ्चलबाट बिउ जोगाउने रामेछापका श्याम श्रेष्ठ पनि सम्भाव्य अनुहार हो, सामान्य प्रशासन या वाणिज्य मन्त्रीका रुपमा शपथ खान पाउने ।

बाबुरामको खम्बाको रुपमा परिचय बनेको भए पनि नयाँशक्तितिर नलागेकी तनुहँकी आशा खनालले महिला, बालबालिका मन्त्रालय पाउने सम्भावना देखिन्छ । -जनआस्था साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की