असार २२, काठमाडौँ । विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा कांग्रेस महासमिति सदस्य ऋषिकेशजंग शाह पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाले उनीलगायत चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २२, काठमाडौँ । विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा कांग्रेस महासमिति सदस्य ऋषिकेशजंग शाह पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाले उनीलगायत चा"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक करोड ८६ लाख ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ

२०७४, २२ असार बिहीबार ०६:२१

असार २२, काठमाडौँ । विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा कांग्रेस महासमिति सदस्य ऋषिकेशजंग शाह पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाले उनीलगायत चारजनालाई पक्राउ गरेको हो ।

अमेरिका र जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले शाहलाई पक्राउ गरेको हो । उनीविरुद्ध एक करोड ८६ लाख रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले शाहसहित रक्षा वैद्य, सुनील प्रजापती, महेश्वर राउतलाई पक्राउ गरेको छ । वैद्य र प्रजापती श्रीमान्-श्रीमती हुन् ।

जिल्ला अदालत काठमाडौंबाट बुधबार प्रहरीले चारैजनालाई ठगी मुद्दामा थुनामा राख्ने म्याद लिएको छ । उक्त ठगी घटनाको अनुसन्धान प्रारम्भिक चरणमै रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए । शाह नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन् ।

ऋषिकेशजंग शाह पीडित बनेर बुधबार महाशाखा पुगेका थिए । तर, अनुसन्धानका क्रममा ठगीमा उनकै संलग्नता देखिएपछि प्रहरीले हत्कडी लगायो ।

सुरुमा पीडित, पछि अभियुक्त 

कांग्रेस नेता शाह आफैँले एक वर्षअघि अपराध महाशाखामा आफू ठगिएको भन्दै उजुरी गरेका थिए । रीता वैद्यको आफूलाई ठगी गरेको भन्दै उजुरी परेको थियो ।

त्यसवेला वैद्य भारत भागेकी थिइन् । जसकारण प्रहरीले पक्राउ गर्न सकेन । हालै नेपाल आएको खुलेपछि महाशाखाको टोलीले पोखराबाट उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न शाहले नै प्रहरीमा दबाब दिएका थिए ।

‘वैद्यलाई पक्राउ गरेर अनुसन्धान गर्दा घटनाको कथा मोडियो,’ अनुसन्धानमा आबद्ध महाशाखाका एक अधिकारीले भने, ‘उठाएको भन्दै करिब ७० लाख शाह आफैँले राखेको देखियो । जस कारण उनी पनि अनुसन्धानमा तानिएका हुन् ।’ वैद्यले एक करोड १५ लाख रुपैयाँ लिएको र बाँकी पैसा शाहले नै राखेको बताइन् । अनुसन्धानले पनि केही पैसा उनले नै राखेको खुलेपछि उनी पीडितबाट अभियुक्त बनेका हुन् । शाहले भने प्रहरीले आफूलाई फसाएको आरोप लगाएका छन् ।

शाहले नै विभिन्न व्यक्तिलाई अमेरिका पठाइने भन्दै २-२ लाखका दरले पैसा र पासपोर्ट बुझाएका थिए । जुन कुरा शाहले स्विकारेका छन् । अवैध रूपमा विदेश पठाउने भन्दै पैसा उठाउनुले नै घटनामा उनको संलग्नताको पुष्टि हुने प्रहरी अधिकारी बताउँछन् ।

पीडितसमक्ष वैद्यलाई उनले अमेरिकी दूतावासमा काम गर्ने केटी भन्दै चिनाएका थिए । ठगीको उद्देश्यले नै वैद्यलाई दूतावासको कर्मचारी बनाएर भ्रममा पारी पैसा लिइएको प्रहरीले जनाएको छ ।

बुधबारसम्म १० जनाले उनीहरुविरुद्ध ४ उजुरी दिएका छन् । उनीहरूबाट करिब एक सय जना पीडित रहेको प्रहरी आँकलन छ । शाह पीडित बनेरै बुधबार महाशाखा पुगेका थिए । तर, अनुसन्धानका क्रममा ठगीमा उनकै संलग्नता देखिएपछि प्रहरीले हतकडी लगाएको हो । तत्कालै अदालतबाट म्याद थप गरेकाले नेताहरूले छुटाउन दबाब दिए पनि उनी छुट्न सकेनन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह