असार २२, काठमाडौँ । विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा कांग्रेस महासमिति सदस्य ऋषिकेशजंग शाह पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाले उनीलगायत चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २२, काठमाडौँ । विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा कांग्रेस महासमिति सदस्य ऋषिकेशजंग शाह पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाले उनीलगायत चा"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक करोड ८६ लाख ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ

२२ असार २०७४, बिहीबार ०६:२१

असार २२, काठमाडौँ । विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा कांग्रेस महासमिति सदस्य ऋषिकेशजंग शाह पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाले उनीलगायत चारजनालाई पक्राउ गरेको हो ।

अमेरिका र जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले शाहलाई पक्राउ गरेको हो । उनीविरुद्ध एक करोड ८६ लाख रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले शाहसहित रक्षा वैद्य, सुनील प्रजापती, महेश्वर राउतलाई पक्राउ गरेको छ । वैद्य र प्रजापती श्रीमान्-श्रीमती हुन् ।

जिल्ला अदालत काठमाडौंबाट बुधबार प्रहरीले चारैजनालाई ठगी मुद्दामा थुनामा राख्ने म्याद लिएको छ । उक्त ठगी घटनाको अनुसन्धान प्रारम्भिक चरणमै रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए । शाह नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन् ।

ऋषिकेशजंग शाह पीडित बनेर बुधबार महाशाखा पुगेका थिए । तर, अनुसन्धानका क्रममा ठगीमा उनकै संलग्नता देखिएपछि प्रहरीले हत्कडी लगायो ।

सुरुमा पीडित, पछि अभियुक्त 

कांग्रेस नेता शाह आफैँले एक वर्षअघि अपराध महाशाखामा आफू ठगिएको भन्दै उजुरी गरेका थिए । रीता वैद्यको आफूलाई ठगी गरेको भन्दै उजुरी परेको थियो ।

त्यसवेला वैद्य भारत भागेकी थिइन् । जसकारण प्रहरीले पक्राउ गर्न सकेन । हालै नेपाल आएको खुलेपछि महाशाखाको टोलीले पोखराबाट उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न शाहले नै प्रहरीमा दबाब दिएका थिए ।

‘वैद्यलाई पक्राउ गरेर अनुसन्धान गर्दा घटनाको कथा मोडियो,’ अनुसन्धानमा आबद्ध महाशाखाका एक अधिकारीले भने, ‘उठाएको भन्दै करिब ७० लाख शाह आफैँले राखेको देखियो । जस कारण उनी पनि अनुसन्धानमा तानिएका हुन् ।’ वैद्यले एक करोड १५ लाख रुपैयाँ लिएको र बाँकी पैसा शाहले नै राखेको बताइन् । अनुसन्धानले पनि केही पैसा उनले नै राखेको खुलेपछि उनी पीडितबाट अभियुक्त बनेका हुन् । शाहले भने प्रहरीले आफूलाई फसाएको आरोप लगाएका छन् ।

शाहले नै विभिन्न व्यक्तिलाई अमेरिका पठाइने भन्दै २-२ लाखका दरले पैसा र पासपोर्ट बुझाएका थिए । जुन कुरा शाहले स्विकारेका छन् । अवैध रूपमा विदेश पठाउने भन्दै पैसा उठाउनुले नै घटनामा उनको संलग्नताको पुष्टि हुने प्रहरी अधिकारी बताउँछन् ।

पीडितसमक्ष वैद्यलाई उनले अमेरिकी दूतावासमा काम गर्ने केटी भन्दै चिनाएका थिए । ठगीको उद्देश्यले नै वैद्यलाई दूतावासको कर्मचारी बनाएर भ्रममा पारी पैसा लिइएको प्रहरीले जनाएको छ ।

बुधबारसम्म १० जनाले उनीहरुविरुद्ध ४ उजुरी दिएका छन् । उनीहरूबाट करिब एक सय जना पीडित रहेको प्रहरी आँकलन छ । शाह पीडित बनेरै बुधबार महाशाखा पुगेका थिए । तर, अनुसन्धानका क्रममा ठगीमा उनकै संलग्नता देखिएपछि प्रहरीले हतकडी लगाएको हो । तत्कालै अदालतबाट म्याद थप गरेकाले नेताहरूले छुटाउन दबाब दिए पनि उनी छुट्न सकेनन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी