८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अधिकांश ठाउँमा किन हार्यो माओवादी ?

२३ असार २०७४, शुक्रबार ०२:०८

असार २३, काठमाडौं । माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन परिणाम निराशाजनक भएको बताएको छ । 

प्रारम्भिक समीक्षामा माओवादीले यस्तो निष्कर्ष निकालेको हो । माओवादीले पहिलो र दोस्रो चरणमा गरी १५० सिट कटाउने लक्ष्य राखेको थियो । 

६ वटा प्रदेशको ५८८ वटा स्थानीय तहमा निर्वाचन सकिँदा माओवादीले अहिलेसम्म जम्मा ८१ तहमा मात्र जित हासिल गरेको छ । पहिलो चरणमा ४६ तह जितेको माओवादीले दोस्रो चरणमा ३८ तहमा जित हात पारेको छ । त्यसमध्ये पनि नगरपालिकाको संख्या निकै न्यून छ । यो सफलता अपेक्षाविपरीत भएको नेता मणि थापाले बताए ।

अधिकांश ठाउँमा किन हार्यो माओवादी ?

माओवादी नेता मणि थापाको बुझाइमा चुनावी राजनीतिमा माओवादी केटाकेटी देखियो । उनले एकीकृत योजना बनाएर जान नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको बताए । एमालेले सत्तासाझेदारीविरुद्ध प्रचार गर्दासमेत त्यस्तो आरोप चिर्न नसक्दा माओवादीले क्षति व्यहोर्नुपरेको निष्कर्ष माओवादीले निकालेको थापाले जानकारी दिए । 

‘अरू पार्टीका नेताहरू आफैँ मैदानमा उत्रिए । पार्टी प्रतिष्ठाका रूपमा चुनाव लडे,’ थापाले भने, ‘हाम्रा कार्यकर्ताले मात्र चुनाव लडे । नेताले चुनाव लडेनन्, उनीहरूलाई चुनाव लागेन । हाम्रा नेतामा चुनावको जोश, जाँगर र उत्साह देखिएन ।’ न्यूनतम स्रोत–साधन जुटाउन नसक्दा पनि कमजोर परिणाम आएको माओवादीको निष्कर्ष छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ