२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधानसभा निर्वाचनमा लडेका नेता वडाध्यक्षमा पराजित !

२०७४, २४ असार शनिबार ०२:०३

असार २४, काठमाडौं । इलाममा स्थानीय तहको दोस्रो चरण निर्वाचनको सबै मत परिणाम आइसकेको छ । 

बीस वर्षपछि भएको निर्वाचनमा राजनीतिक दलले सक्रिय रुपमा उम्मेदवारी दिएका थिए । जिल्लामा जम्मा ५२५ जनप्रतिनिधि चुन्नका लागि एक हजार ५ सय ९३ ले उम्मेदवारी दिएका थिए । यसक्रममा संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुले समेत स्थानीय तहको वडाध्यक्ष र मेयरमा उम्मेदवारी दिएका थिए ।

संविधानसभाको निर्वाचनमा उम्मेदवारी दिएका दुई जनाले पनि स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा र एकजनाले इलाम नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । इलाम नगरपालिका–१२ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदावर बनेकी सोममाया राई सिन्धु र संघीय समाजवादी फोरमका तर्फबाट सन्दकपुर ४ को वडाध्यक्षमा उम्मेदवारी दिएका ढालबहादुर गुरुङ सम्मानजनक मत ल्याए पनि पराजित भए ।

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी सोममाया राई सिन्धुले स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिका–१२ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएकोमा तेस्रो स्थान प्राप्त गरिन् । 

योभन्दा अघि राईले पहिलो संविधानसभाको चुनावमा इलाम क्षेत्र नम्बर ३ बाट तत्कालीन नेकपा माओवादीबाट उम्मेदवारी दिएकी थिइन् । त्यस क्षेत्रबाट कुलबहादुर गुरुङले जितेका थिए । राईले निर्वाचन हारे पनि जनताको काममा सक्रिय भएर लाग्ने बताएका छन् ।

त्यस्तै दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका ढालबहादुर गुरुङले सन्दकपुर गाउँपालिका–४ को वडाध्यक्षमा उम्मेदवारी दिए पनि पराजित भए । उनी संघीय समाजवादी फोरमको तर्फबाट उम्मेदवार बनेका थिए । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह