८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधानसभा निर्वाचनमा लडेका नेता वडाध्यक्षमा पराजित !

२४ असार २०७४, शनिबार ०२:०३

असार २४, काठमाडौं । इलाममा स्थानीय तहको दोस्रो चरण निर्वाचनको सबै मत परिणाम आइसकेको छ । 

बीस वर्षपछि भएको निर्वाचनमा राजनीतिक दलले सक्रिय रुपमा उम्मेदवारी दिएका थिए । जिल्लामा जम्मा ५२५ जनप्रतिनिधि चुन्नका लागि एक हजार ५ सय ९३ ले उम्मेदवारी दिएका थिए । यसक्रममा संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुले समेत स्थानीय तहको वडाध्यक्ष र मेयरमा उम्मेदवारी दिएका थिए ।

संविधानसभाको निर्वाचनमा उम्मेदवारी दिएका दुई जनाले पनि स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा र एकजनाले इलाम नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । इलाम नगरपालिका–१२ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदावर बनेकी सोममाया राई सिन्धु र संघीय समाजवादी फोरमका तर्फबाट सन्दकपुर ४ को वडाध्यक्षमा उम्मेदवारी दिएका ढालबहादुर गुरुङ सम्मानजनक मत ल्याए पनि पराजित भए ।

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी सोममाया राई सिन्धुले स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिका–१२ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएकोमा तेस्रो स्थान प्राप्त गरिन् । 

योभन्दा अघि राईले पहिलो संविधानसभाको चुनावमा इलाम क्षेत्र नम्बर ३ बाट तत्कालीन नेकपा माओवादीबाट उम्मेदवारी दिएकी थिइन् । त्यस क्षेत्रबाट कुलबहादुर गुरुङले जितेका थिए । राईले निर्वाचन हारे पनि जनताको काममा सक्रिय भएर लाग्ने बताएका छन् ।

त्यस्तै दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका ढालबहादुर गुरुङले सन्दकपुर गाउँपालिका–४ को वडाध्यक्षमा उम्मेदवारी दिए पनि पराजित भए । उनी संघीय समाजवादी फोरमको तर्फबाट उम्मेदवार बनेका थिए । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने