असार २५, काठमाडौं । उपत्यकामा निर्माण गर्न लागिएका चार नगर क्षेत्रमा पर्ने जग्गाको कित्ताकाट खुला गर्न प्रस्ताव पेश गरिने भएको छ ।
प्रस्तावित नगर क्षे"/>

प्रस्तावित नगर क्षेत्रमा जग्गा प्लटिङ, खण्डीकरण तथा कित्ताकाटबाट तत्कालका लागि खुला गर्ने विषयमा सहरी विकास मन्त्रालयमा काठमाडौं उपत्यका विकास प्राधिकरणले प्रस्ताव पेश गर्ने भएको हो ।
मन्त्रालयले गत वैशाख २४ गते उपत्यकाका चार नयाँ नगर निर्माणको घोषणा गरेको थियो । उक्त घोषणामा नगर क्षेत्रभित्र पर्ने जग्गाको कित्ताकाट रोक्न भनिए पनि पछि सम्बन्धित जग्गाधनीहरुले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलगायतमा निवेदन दिएपछि उक्त रोकमाथि पुनरावलोकनको तयारी भएको छ । -आर्थिक अभियान दैनिक