असार २५, काठमाडौं । डा. बाबुराम भट्टराईको बहिर्गमनका कारण माओवादी केन्द्रले दुई दर्जनभन्दा बढी स्थानीय तह गुमाउनुपरेको छ । 

गोरखा, रसुवा, धाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २५, काठमाडौं । डा. बाबुराम भट्टराईको बहिर्गमनका कारण माओवादी केन्द्रले दुई दर्जनभन्दा बढी स्थानीय तह गुमाउनुपरेको छ । 

गोरखा, रसुवा, धाद"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रलाई बाबुरामको ठुलो धक्का

२०७४, २५ असार आईतवार ०१:२६


असार २५, काठमाडौं । डा. बाबुराम भट्टराईको बहिर्गमनका कारण माओवादी केन्द्रले दुई दर्जनभन्दा बढी स्थानीय तह गुमाउनुपरेको छ । 

गोरखा, रसुवा, धादिङ, लमजुङ, सिन्धुली र पूर्वका केही पहाडी जिल्लामा नयाँ शक्तिकै उम्मेदवारीका कारण माओवादी पराजित हुन पुग्यो । पहिलो चरण निर्वाचन भएका गोरखाका आठ, रसुवाका तीन, धादिङका दुई तथा लमजुङ र सिन्धुलीका एक एक तहमा बाबुराम भट्टराईको पार्टीका कारण हार्नुपरेको निष्कर्ष माओवादी केन्द्रले निकालेको छ । त्यस्तै, दोस्रो चरणमा पनि मोरङ, धनकुटा, ताप्लेजुङलगायत पूर्वीपहाडी जिल्लाका १० भन्दा बढी स्थानीय तह नयाँशक्तिकै कारण गुमाउनुपरेको माओवादी नेताले बताएका छन् ।

‘बाबुरामजीको पार्टी त्याग र उहाँको पार्टीका कारण माओवादीले स्थानीय चुनावमा घाटा व्यहोरेको छ,’ माओवादी केन्द्रका नेता हितराज पाण्डेले भने, ‘बाबुरामजीले पार्टी नछाडेको भए गोरखा, रसुवालगायत जिल्लाका प्रायः स्थानमा हामी सजिलै जित्न सक्थ्यौं ।’

स्थानीय निर्वाचनको समीक्षाका लागि माओवादी केन्द्रले २ साउनमा पार्टी सचिवालयको विस्तारित बैठक बोलाएको छ । जित-हारको कारण माओवादीले त्यही बैठकबाट खोजी गर्ने प्रवक्ता पम्फा भुसालले बताइन् । ‘कतिपय स्थानमा आन्तरिक कारणले पनि पार्टीको परिणाममा धक्का लागेको देखिन्छ,’ भुसालले भनिन्, ‘समग्र पक्षको समीक्षा बैठकमै खोजी गर्छौं ।’

जित्ने आकलन गरिएका गोरखाका पालुङटार नगरपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका, गण्डकी गाउँपालिका, सिरानचोक गाउँपालिका, भीमसेन गाउँपालिका, रसुवाको कालिका गाउँपालिकालगायत स्थानीय तह माओवादी केन्द्रले गुमाएको छ । यी स्थानमा माओवादी केन्द्र र बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिका उम्मेदवारले प्राप्त गरेको मत जोड्ने हो भने विजेताको भन्दा बढी हुन्छ ।

त्यस्तै, गोरखाकै चुमनुव्री र अजिरकोट, धादिङको नेत्रावती, गजुरी, रसुवाकै नौकुण्डलगायत स्थानीय तह पनि माओवादीले गुमाएको छ । माओवादी केन्द्र र नयाँ शक्तिका उम्मेदवारले प्राप्त गरेको मतको योगफलभन्दा थोरै मतान्तरमा यी क्षेत्रमा अन्य दल कांग्रेस र एमालेले निर्वाचन जितेका छन् । ‘हामी विभाजनलाई जनताले रुचाएनन् भन्ने कुरा स्थानीय तहको चुनावी परिणामले देखाएको छ, हामी कतिपय स्थानमा दुई पार्टीका उम्मेदवारको मत जोड्ने हो भने विजेता उम्मेदवारको भन्दा बढी देखिन्छ, कहीँ थोरै मतान्तरमा मात्र पछि परेका छौं,’ चुनावी परिणामको समीक्षा सुनाउँदै नेता पाण्डेले भने, ‘थोरै कम देखिएका स्थान पार्टी एक भएको भए जितिन्थ्यो । यस हिसाबले हेर्दा हामीले कतिपय स्थान जित्दाजित्दै पनि गुमाएका छौं ।’

नयाँ शक्तिका नेता कुमार पौडेल पार्टी विभाजनले दुवै पार्टीलाई घाटा पुर्‍याएको बताउछन् । ‘हाम्रा कारण माओवादी केन्द्र र माओवादी केन्द्रका कारण हामी निर्वाचनमा हारेका दर्जनभन्दा बढी उदाहरण छन्,’ पौडेलले भने, ‘त्यसको फाइदा कांग्रेस-एमालेले उठाएका छन् ।’ उनले अब २ नम्बर प्रदेशको स्थानीय र प्रदेश तथा संघको निर्वाचनमा दुवै पार्टीलाई चुनावी तालमेल गरेर जान अहिलेको निर्वाचनले पाठ सिकाएको बताए । ‘चुनावी तालमेल गरेर अघि बढ्नुपर्छ भन्ने सन्देश अहिलेको परिणामले दिएको छ,’ पौडेलले भने । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह