असार २५, काठमाडौं । नेपालमा पानीजहाज सञ्चालन हुन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भइसकेको तथ्य सार्वजनिक भएको छ । 

सन् १९८५ को मार्चमा जाप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २५, काठमाडौं । नेपालमा पानीजहाज सञ्चालन हुन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भइसकेको तथ्य सार्वजनिक भएको छ । 

सन् १९८५ को मार्चमा जाप"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानको प्रस्तुति: कोलकातादेखि दोलालघाटसम्म पानीजहाज

२०७४, २५ असार आईतवार ०१:४०


असार २५, काठमाडौं । नेपालमा पानीजहाज सञ्चालन हुन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भइसकेको तथ्य सार्वजनिक भएको छ । 

सन् १९८५ को मार्चमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तयार गरेको गुरुयोजनामा भारतको कलकाताबाट कोसी बेसिन हुँदै काभ्रेको दोलालघाटसम्म पानीजहाज सञ्चालन गर्न सकिने उल्लेख भएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए । 

रामेछाप–काठमाडौं पत्रकार समाजले राजधानीमा शनिबार आयोजना गरेको ‘नेपालमा जलविद्युत्को सम्भावना र चुनौती’ विषयक छलफलमा घिसिङले प्रतिबद्धता गरे अपलिफ्टिङ प्रविधिमार्फत पानीजहाज ल्याउन सम्भव रहेको बताए।

‘जलस्रोत व्यवस्थापनका विषयमा राज्यले सन् १९८५ मार्चमा जाइकाबाट गुरुयोजना तयार पारे पनि त्यसमा आधारित भएर खासै काम भएको छैन,’ उनले भने। सप्तकोसी करिडोरमा मात्रै २५ हजार मेगावाट विद्युत् क्षमताको सम्भावना छ। तर, त्यसको विकासका लागि काम नभएको उनको भनाइ छ।

जाइकाले प्रारम्भिक रूपमा धेरै अघि अध्ययन गरेकाले पुनः अध्ययन गर्दा आयोजनाको क्षमता अझ वृद्धि हुने उनले बताए। विशेष गरी सुनकोसी १, २ र ३ तथा दूधकोसी आयोजनाको विस्तृत परियोजना गर्दा क्षमता वृद्धि गर्न सकिने उनेको भनाइ छ। 

अध्ययन प्रतिवेदनअनुसार चतरादेखि दोलालघाटसम्म नै जलासययुक्त आयोजना बन्नेछन्। ‘जलासययुक्त आयोजना ‘क्यासकेटिङ इफेक्ट’ अनुसार बन्नेछन्। क्यासकेटिङ इफेक्ट भन्नाले एउटै नदीको तल्लो भागमा एउटा जलासययुक्त आयोजना बन्छ। त्यसलाई जोड्ने गरी त्यसमाथि अर्को आयोजना बन्दै जाने प्रणाली हो,’ घिसिङले भने।

घिसिङ प्रबन्ध निर्देशक भएपछि राजनीतिक नेतृत्वलाई यस विषयमा ध्यानाकर्षण गराइसकेका बताए। यही योजनाअनुसार सुनकोसी दोस्रो र तेस्रोको प्रि–फिजिविलिटीको काम अगाडि बढिसकेको उनले जानकारी दिए। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह