असार २५, काठमाडौं । नेपालमा पानीजहाज सञ्चालन हुन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भइसकेको तथ्य सार्वजनिक भएको छ । 

सन् १९८५ को मार्चमा जाप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २५, काठमाडौं । नेपालमा पानीजहाज सञ्चालन हुन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भइसकेको तथ्य सार्वजनिक भएको छ । 

सन् १९८५ को मार्चमा जाप"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानको प्रस्तुति: कोलकातादेखि दोलालघाटसम्म पानीजहाज

२५ असार २०७४, आईतवार ०१:४०


असार २५, काठमाडौं । नेपालमा पानीजहाज सञ्चालन हुन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भइसकेको तथ्य सार्वजनिक भएको छ । 

सन् १९८५ को मार्चमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तयार गरेको गुरुयोजनामा भारतको कलकाताबाट कोसी बेसिन हुँदै काभ्रेको दोलालघाटसम्म पानीजहाज सञ्चालन गर्न सकिने उल्लेख भएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए । 

रामेछाप–काठमाडौं पत्रकार समाजले राजधानीमा शनिबार आयोजना गरेको ‘नेपालमा जलविद्युत्को सम्भावना र चुनौती’ विषयक छलफलमा घिसिङले प्रतिबद्धता गरे अपलिफ्टिङ प्रविधिमार्फत पानीजहाज ल्याउन सम्भव रहेको बताए।

‘जलस्रोत व्यवस्थापनका विषयमा राज्यले सन् १९८५ मार्चमा जाइकाबाट गुरुयोजना तयार पारे पनि त्यसमा आधारित भएर खासै काम भएको छैन,’ उनले भने। सप्तकोसी करिडोरमा मात्रै २५ हजार मेगावाट विद्युत् क्षमताको सम्भावना छ। तर, त्यसको विकासका लागि काम नभएको उनको भनाइ छ।

जाइकाले प्रारम्भिक रूपमा धेरै अघि अध्ययन गरेकाले पुनः अध्ययन गर्दा आयोजनाको क्षमता अझ वृद्धि हुने उनले बताए। विशेष गरी सुनकोसी १, २ र ३ तथा दूधकोसी आयोजनाको विस्तृत परियोजना गर्दा क्षमता वृद्धि गर्न सकिने उनेको भनाइ छ। 

अध्ययन प्रतिवेदनअनुसार चतरादेखि दोलालघाटसम्म नै जलासययुक्त आयोजना बन्नेछन्। ‘जलासययुक्त आयोजना ‘क्यासकेटिङ इफेक्ट’ अनुसार बन्नेछन्। क्यासकेटिङ इफेक्ट भन्नाले एउटै नदीको तल्लो भागमा एउटा जलासययुक्त आयोजना बन्छ। त्यसलाई जोड्ने गरी त्यसमाथि अर्को आयोजना बन्दै जाने प्रणाली हो,’ घिसिङले भने।

घिसिङ प्रबन्ध निर्देशक भएपछि राजनीतिक नेतृत्वलाई यस विषयमा ध्यानाकर्षण गराइसकेका बताए। यही योजनाअनुसार सुनकोसी दोस्रो र तेस्रोको प्रि–फिजिविलिटीको काम अगाडि बढिसकेको उनले जानकारी दिए। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने