असार २५, काठमाडौं । जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पार्टी सभापति र चौथोपटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २५, काठमाडौं । जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पार्टी सभापति र चौथोपटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ । 
<"/>
७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को–को छन् देउवाका सारथि ?

२५ असार २०७४, आईतवार ०१:५५

असार २५, काठमाडौं । जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पार्टी सभापति र चौथोपटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ । 

तर, पार्टीको मूल कमान्ड सम्हालेयता देउवाको पुरानो टिम भत्कँदै गएको छ भने नयाँलाई विश्वास गर्न नसक्दा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना बित्न लाग्दासमेत उनले सचिवालय र सल्लाहकार समूह बनाउन सकेका छैनन् ।

देउवाले आफ्नो सहयोगी समूह बनाउन नसक्दा राज्य र पार्टी सञ्चालनमा पत्नी आरजु देउवा हाबी भएकी छन् । एक हिसाबले भन्ने हो भने प्रधानमन्त्री देउवाको प्रमुख सल्लाहकारको भूमिकामा यतिखेर उनै आरजु देखिएकी छन् । 

स्थानीय तहको दोस्रो चरणअन्तर्गतको निर्वाचनअन्तर्गत गृह जिल्ला डडेल्धुरामा टिकट वितरणमा पनि आरजु हाबी हुँदा कांग्रेसले त्यहाँ पराजय भोग्नुपर्यो ।

आखिर प्रधानमन्त्री शेरबहादुर देउवालाई यतिखेर कसले सहयोग गरिरहेको छ ? मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना बित्दा पनि भतिज भानु देउवा र वीरन्द्र मल्ल मात्रै उनको सहयोगीका रुपमा छन् । यद्यपि, उनीहरुलाई पनि सचिवालयको टिममा नियुक्त गरिएको छैन । 

प्रधानमन्त्री देउवालाई नेता विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, रमेश लेखक, बालकृष्ण खाँणसहितको नेताले राजनीतिक विषयमा सहयोग गर्दै आइरहेको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने