८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन स्थानीय तह गुमाएपछि माओवादीरोल्पाले के भन्यो ?

२८ असार २०७४, बुधबार ०२:३९

असार २८, काठमाडौं । माओवादीको सर्वाधिक प्रभाव क्षेत्र मानिने रोल्पाका १० स्थानीय तहमध्ये माओवादीले ७, कांग्रेसले एक र एमालेले दुई तह जितेका छन् । उम्मेदवारी छनोटमा मिलाउन नसक्दा रोल्पाका तीन तह गुमाउनुपरेको जिल्ला इन्चार्ज दीपेन्द्र पुन ‘सिजल’ले बताए ।

जिल्लाका सबै तह जित्न सक्ने आधार हुँदाहुँदै पनि पार्टीको आन्तरिक समस्याले माओवादीले हारेको उनको भनाइ छ । ‘हामीले आफ्ना साथीहरूलाई उम्मेदवार छनोटमा सन्तुष्ट बनाउन सकेनौँ,’ पुनले भने, ‘जसले गर्दा गाउँपालिका र वडामा समेत हाम्रा साथीहरू बागी उठ्ने र अन्तर्घात गर्ने काम भयो, अन्ततः कांग्रेस एमालेले पनि जित्ने मौका पाए ।’

माओवादीकै कारण रुन्टीगढी र मादी गाउँपालिकामा एमाले तथा त्रिवेणीमा कांग्रेसले जितेको उनले बताए । सँगैको रुकुममा भने ९ वटा तहमा माओवादीले सबै जितेको छ । -नयाँ पत्रिका दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए