असार २९, काठमाडौं । मुख्यसचिव सोमलाल सुवेदी निवृत्तिभरण (पेन्सन) बढाउनका लागि राजीनामा नै नदिईकनै एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २९, काठमाडौं । मुख्यसचिव सोमलाल सुवेदी निवृत्तिभरण (पेन्सन) बढाउनका लागि राजीनामा नै नदिईकनै एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेन्सनको लोभले राजीनामा नदिई सुवेदी एडीबीको जागिरमा

२९ असार २०७४, बिहीबार ०१:०६


असार २९, काठमाडौं । मुख्यसचिव सोमलाल सुवेदी निवृत्तिभरण (पेन्सन) बढाउनका लागि राजीनामा नै नदिईकनै एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक पदमा जागिर खान लागेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनको नेतृत्व गरिरहेको सुवेदीले थप ३ वर्ष सेवा गरेबराबरको पेन्सन बढाउने लोभमा आफ्नो पद अतिरिक्त समूहमा राखी एडीबीको ३ वर्षे जागिरमा जान लागेका हुन्।

उनी साउन १ देखि पद सम्हाल्न फिलिपिन्सको मनिला जाँदैछन् । सुवेदीको पेन्सन बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषद्समेत सहयोगी बनेको स्रोतले जनायो। देउवा र मन्त्रिपरिषद्ले एडीबीमा जागिर खान जान लागेका सुवेदीको राजीनामा माग्नुको साटो उनको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिदिएको छ । जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले सुवेदीको पद जेठ २८ देखि लागू हुनेगरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहको समूहमा राख्ने निर्णय गरिदिएको हो।

उनले काज बिदामै रहेर एडीबीको जागिर खानेछन्। २०७२ साउन २० मा मुख्य सचिवमा बढुवा भएका सुवेदीको कार्यकाल २०७५ साउन २० सम्म् रहनेछ। एडीबीको जागिर खाँदा पनि सुवेदीको यहाँको पद पनि सुरक्षित रहनेछ।

मुख्यसचिवको बाँकी कार्यकाल पूरा गर्दा उनको एक वर्षको पेन्सन सुविधा बढ्नेछ। पदावधि सकिनु एक साताअघि स्वेच्छिक राजीनामा दिँदा थप दुई वर्ष सेवा गरेबापतको पेन्सन पाइने व्यवस्था निजामती ऐन तथा नियमावलीमा छ।  -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता