२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेस्रो चरणको निर्वाचनमा माओवादीको यस्तो तयारी

२०७४, ३० असार शुक्रबार ०१:३४


असार ३०, काठमाडौं । माओवादी केन्द्रले तेस्रोत चरणको निर्वाचनबारे रणनीति तय गर्न २ साउनमा केन्द्रीय सचिवालय बैठक डाकेको छ । 

बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचन समीक्षा, आगामी निर्वाचनको रणनीति र सांगठनिक संरचनाबारे छलफल हुनेछ । बैठकपछि पार्टीको सबै शक्ति प्रदेश नम्बर २ मा केन्द्रित गर्ने माओवादीले जनाएको छ ।

‘अहिले केन्द्रीय सचिवालय बैठकको तयारी लागेका छौँ,’ प्रवक्ता पम्फा भुसालले भनिन्, ‘बैठकपछि मात्र उम्मेदवार छनोट हुन्छ र प्रदेश नम्बर २ मा निर्वाचनका गतिविधि बढाउँछौँ ।’

निर्वाचनका लागि अध्यक्ष प्रचण्डसहितका केन्द्रीय नेताहरू २ नम्बर प्रदेशमा जाने तयारीमा छन् । प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादवले निर्वाचन लक्षित गरेर साउन दोस्रो सातादेखि मधेसमा प्रशिक्षण चलाउने तय भएको बताए ।

पार्टीको सबै शक्ति लगाए प्रदेश नम्बर २ मा पहिलो वा दोस्रो शक्ति हुने माओवादीको अपेक्षा छ । ‘हामीले उम्मेदवार उठाउँदा सामाजिक सम्बन्ध राम्रो भएको र जित्ने सम्भावना भएकालाई प्राथमिकतामा राख्छौँ,’ नेता मणी थापाले भने, ‘पार्टीमा योगदान गरेको, परिवर्तनका लागि लडेको र समाजमा राम्रो छवि भएकालाई उच्च प्राथमिकता दिन्छौँ ।’

माओवादीले देखेको जित्ने आधार

निर्वाचनमा माओवादीले तराई मधेसमा जित्ने बलियो आधार धेरै भएको प्रवक्ता भुसालले तर्क गरिन् । रामबहादुर थापा समूहलगायत अन्य साना समूहसँग पार्टी एकतापछि मधेसमा पार्टी बलियो भएको माओवादी नेताहरूको विश्लेषण छ । 

मधेसका हरेक मुद्दामा माओवादीको सद्भाव भएकाले मधेसी जनता आफ्नो पक्षमा आउने नेता यादवको तर्क छ । ‘हामीले अहिले पनि संविधान संशोधन सकेसम्म पास गराउने पक्षमा लागी रहेका छौँ,’ यादवले भने, ‘संविधान संशोधन पास वा फेल जे–जस्तो भए पनि अगाडि बढाएरै छाड्ने योजना छ ।’ -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह