असार ३१, काठमाडौँ | खाडी मुलुकबीच उत्पन्न खिचातानीको प्रभावमा नेपाल पनि परेको छ । कतारले मित्र मुलुकहरूलाई आफ्नो पक्षमा पार्ने र उसका विरोधी देशहरूले कतारलाई एक्ल्याउने कूटनी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३१, काठमाडौँ | खाडी मुलुकबीच उत्पन्न खिचातानीको प्रभावमा नेपाल पनि परेको छ । कतारले मित्र मुलुकहरूलाई आफ्नो पक्षमा पार्ने र उसका विरोधी देशहरूले कतारलाई एक्ल्याउने कूटनी"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार समस्याको चेपुवामा नेपाल, काठमाडौंमा समेत कतारविरुद्ध लबिइङ

२०७४, ३१ असार शनिबार ०१:४५

असार ३१, काठमाडौँ | खाडी मुलुकबीच उत्पन्न खिचातानीको प्रभावमा नेपाल पनि परेको छ । कतारले मित्र मुलुकहरूलाई आफ्नो पक्षमा पार्ने र उसका विरोधी देशहरूले कतारलाई एक्ल्याउने कूटनीतिक लबिइङ थालेपछि त्यसको बाछिटा नेपालसम्म आइपुगेको हो । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन खाडीमा नै उपस्थित भएर सक्रिय रहँदा पनि समस्या समाधान हुन सकेको छैन । विश्वकै चासो बनिसकेको खाडीको यो समस्याले नेपालभित्र पनि बहस निम्त्याएको छ । किनकि सबै खाडी मुलुकमा नेपाली कामदार छन् ।

दुईपक्षीय सम्बन्धमा कतार र साउदी अरबलगायतका विषयमा नेपालको बेग्लाबेग्लै धारणा रहन्छ । तर शान्तिको विषयमा नेपालको अडान उस्तै हुन्छ । यस प्रकरणमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भनेका छन्, ‘कुनै पनि समस्याको समाधान शान्तिपूर्ण वार्ता नै हो । यसमा दुवै पक्ष लचिलो भएर लाग्नुपर्छ ।’ खाडी मुलुकहरूबीचको आन्तरिक तनावले नेपालजस्ता मुलुकमा कूटनीतिक दबाब पर्ने विषयलाई परराष्ट्रले अध्ययन गरे पनि विज्ञहरूसँग छलफल भने गरेको छैन । यस्ता विषयले विश्व नै दुई ध्रुवमा बाँडिने गर्छ । तर, नेपाल सरकारले यसलाई सामान्य वा नियमित कूटनीतिका रूपमा मात्र लिएझैं देखिएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुक माल्दिभ्सले खुला रूपमा साउदीलाई समर्थन गरेको छ । नेपाले न साउदी न कतारलाई समर्थन गर्छ ।

नागरिकलाई समस्या पर्न दिँदैनौं : कतार

खाडी देशका काठमाडौंस्थित दूतावास नेपाल सरकारका विभिन्न निकायमा पुग्दै आफ्नो पक्षमा सरकारलाई सकारात्मक बनाउन लागिपरेका छन् । उनीहरूले नेपालजस्तो स्वतन्त्र र पुरानो मुलुकको समर्थनले महत्त्व राख्ने भन्दै बल गरिरहेका छन् । विश्वमा नेपालको कूटनीतिक छवि एक दशक अघिसम्म सराहनीय मानिन्थ्यो । तर, अहिले यो निकै छरपस्ट रहेकाले पनि यस्तो अलमल देखिएको हो । राजदूतहरूले चाहेका नेताहरू भेट्ने, आफ्नो कुरा सीधै सम्बन्धित निकायमा राख्ने प्रचलनले कमजोर बनेको नेपालको कूटनीतिलाई आफ्नो पक्षमा पार्न उनीहरू लागिपरेका छन् । खाडी मुलुकमा नेपालीलाई पर्न सक्ने समस्याको अध्ययनमा नेपाली कूटनीतिज्ञले कुनै चासो देखाएका छैनन् तर उनीहरूसँग आफ्ना कुरा राख्ने र सुन्ने काम गरिरहेका छन् । 

‘श्रममन्त्री, गृहमन्त्रीले लगातार राजदूत भेट्ने त्यसको जानकारी परराष्ट्रलाई समेत नहुनेजस्ता कार्यले पनि अभिव्यक्त हुने विषय फरक पर्ने हुनाले परराष्ट्र मन्त्रालयले यस्ता विषयमा ध्यान दिन जरुरी रहेको जानकार बताउँछन् । दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख डा. निश्चलनाथ पाण्डेले समस्याको विश्लेषण गर्न आवश्यक रहेको उल्लेख गर्दै भने, ‘छरपस्ट भेटघाटलाई व्यवस्थित गर्न आवश्यक छ । कतारमा देखिएको कूटनीतिक समस्याभन्दा पनि त्यसबाट हाम्रा नागरिकलाई पर्ने असरबारे सरकारको ध्यान जान जरुरी छ । यसमा हामी चनाखो हुनैपर्छ ।’ काठमाडौंमा रहेका साउदी अरब, युनाइटेड अरब इमिरेट्स र इजिप्टका दूतावासले संयुक्त विज्ञप्ति नै जारी गरी कतारको आलोचना गरेका छन् । उनीहरूले हवाई र सामुद्रिक मार्ग नरोकेको पनि बताएका छन् । भएका सम्झौतासमेत कतारले पालना नगरेको उनीहरूको दाबी छ । यसमा उनीहरूले नेपालको समर्थन खोजेका छन् । कतारले पनि त्यही चाहेको छ ।

 यतिबेला खाडीमा रहेका नेपाली राजदूतहरूले त्यहाँको विषय अध्ययन गरिरहेको बताए पनि आफ्ना नागरिकलाई के गर्ने भन्ने सुझाउन सकेका छैनन् । ती राजदूतले यथार्थ बाहिर ल्याउँदैनन् भन्दै परराष्ट्र अधिकारीले भने, ‘हामी यथार्थमा पुग्न प्रयास गरिरहेका छौं । यसका लागि कुनै टास्क फोर्स बनाउने सल्लाह पनि भइरहेको छ ।’ खाडीका राजपरिवार एकआपसमा नातेदारसमेत रहेकाले उनीहरूबीचको ‘इगो’ ले अहिले त्यस क्षेत्रमा जनता मात्र होइन, त्यहाँ रहेका अधिकांश मुलुकका जनतासमेत पिरलोमा छन् । साउदी अरब र यूएईको राजपरिवारभित्रको आन्तरिक राजनीति मिलाउन पनि यस्तो इस्यु बाहिर आएको अडकलबाजी पनि भएको छ । 

साउदीमा युवराज रहेकालाई हटाएर छोरालाई युवराज घोषणा गरेको अवस्था छ भने यूएईमा पनि त्यस्तै कुनै निर्णय हुने सम्भावना रहेको कूटनीतिक विश्लेषण छ । वैदेशिक रोजगारीका लागि नागरिक पठाउने नेपालजस्ता मुलुकको चिन्ता झन् बढदो छ । यही चिन्तालाई लिएर खाडीका नेपाली स्वयं अन्योलमा देखिन्छन् । जान तयार भएकाहरू त्यसतर्फ नगएका समाचार पनि सार्वजनिक भएका छन् । ‘हामीले त्यहाँको अवस्थाबारे बुझ्न अध्ययन गर्न अन्तरमन्त्रालय र विज्ञसहितको टोली बनाएर काम अघि बढाउन आवश्यक छ,’ परराष्ट्र अधिकारीले भने, ‘श्रमका केही अधिकारीको नियमित भ्रमणले त्यहाँको यथार्थ अध्ययन हुन सक्दैन । केही जानकारी उनीहरूबाट पनि आउँछ । यसलाई पनि आधारका रुपमा लिन सकिन्छ ।’ साउदी अरेविया, बहराइन, सुंयुक्त अरब इमिरेट्स, लिविया, यमन र इजिप्टले कतारसँग कूटनीतिक सम्वन्ध विच्छेद गर्दै समस्या बाहिर ल्याएका थिए । अन्तराष्ट्रिय कानुनको समेत बेवास्ता गर्दै कतारमाथि नाकाबन्दी लगाइएको विषयमा नेपालले वार्ताबाट समाधान गर्न आग्रह गरिहेको छ । नाकाबन्दीको पीडा कस्तो हुन्छ, नेपालीले बिर्सिसकेका छैनन् ।

साउदीले क्षेत्रीय र आपसी मतभेद बढाउने गतिविधिका साथै आतंकवादी समूहलाई आर्थिक सहयोग गरेको आरोप लगाए पनि कतारले त्यसलाई अस्विकार गरेको छ । दुवै पक्ष बीच आआफ्नो अडान रहेपछि कुवेतले मध्यस्थता गरे पनि समस्या समाधान हुन सकेको छैन । अहिले अमेरिकाले समस्या सल्टाउन विदेशमन्त्री खाडी पठाएको छ । उनले दुईपटक कतारी राजालाई भेटेको समाचार आएको छ । उनले मध्यस्थता गरिरहेको कुवेत र नाकाबन्दी लगाएको साउदीका राजा र अधिकारीसँग भेटवार्ता गरिरहेका छन् । तर, साउदी नेतृत्व समुहले कतार विरुद्धको नाकाबन्दी थप कडा पार्दै लगेका छन् । कतार पनि उनीहरुको आरोप खण्डन गर्दै अन्य विकल्पमा लाग्यो । तर, समस्या समाधानमा दुवै पक्ष ‘टसमस’ भएका छैनन् । टर्की र इरानसँगको सम्वन्ध, सहकार्यका साथै अलजजिरा टेलिभिजन नै अहिले प्रमुख विषय बनेको छ । कतारले सन् २०२२ मा विश्वकप खेलाउने पक्षमा सफल कूटनीति अवलम्बन त गर्‍यो तर, उसले त्यसपछि आफूमाथि आइलाग्न सक्ने विभिन्न समस्यालाई ध्यान नदिएझैं अहिले पनि उसले समस्या देखाएपछि त्यसमा के गर्ने भन्ने स्पष्ट अघि बढ्न सकेको छैन ।

 थेग्न सक्छौं : कतार

कतार नाकाबन्दी थेग्न सक्छु भन्ने सोचले अघि बढेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । कतार सरकारले कतारमा खाद्यान्न समस्या नहुने बताउँदै आएको छ । कतारमाथिको नाकाबन्दीले यतिबेला इरानलाई भने फाइदा भएको छ । कतारसंग उसको सम्पर्क र व्यापरका नयाँ आयाम खुल्दै गएका छन् । साउदी लगायत जीसीसीसंगको आपसी द्वन्द्व पनि अहिले ओझेलमा छ । कतारको पश्चिमा मुलुकसँग विश्वकपका कारण सम्बन्ध सुमधुर हुन सकेन भने अलजजिराको कारण खाडीकै शून्य बाहुल्य मुलुकसँग पनि सुमधुर हुन सकेन । कतार बढी उदार भएको आरोप पनि छ । विदेशी कामदारमाथिको व्यवहारलाई लिएर पश्चिमा संचारमाध्यममा कतारको आलोचना हुदै आएको छ । त्यसलाई सम्बोधन गर्दै आएको कतार यतिबेला आफ्नालागि कूटनीतिक लविङमा फेरि जुटेको छ । भूराजनीतिका अध्येता चन्द्रदेव भट्टले पनि यो समस्यामा नेपालले दिएको वक्तव्य सन्तुलित रहेको बताउदै भने, ‘योभन्दा पनि ध्यान दिनुपर्ने विषय आफ्ना नागरिकको चिन्ता हो । यसमा हामीले के तयारी गरेका छौं । त्यो महत्वपूर्ण हुन्छ ।’ 

यतिबेला कतार विश्व कूटनीतिको अग्निपरीक्षामा छ । कामका लागि आफ्ना लाखौं नागरिक त्यहाँ पठाउने मुलुक पनि त्यही परीक्षामा छन् । विश्वकपको तयारीका लागि पूर्वाधार तय गर्न जुटेको कतारमाथि अचानक इस्लामिक स्टेट, मुस्लिम ब्रदरहुड, अलकायदा लगायत आतंकवादी समूहलाई सहयोग गरेको आरोप लागेको छ ।  कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले हाल नेपालीहरु समस्यामा नरहेको बताए । ‘यो लम्विदै गएको खण्डमा भने समस्या पर्न सक्ला’, उनले टेलिफोनमा भने, ‘तर अहिलेको तयारी हेर्दा केही महिना लम्बिदा पनि नागरिकको दैनिकीमा असर नपर्ने देखिएको छ ।’ साउदी, बहराइन, ओमान, युएईका दूतावासले पनि आफ्ना नागरिकहरुमा समस्या नरहेको जनाउदै आएका छन । कतार यतिबेला टर्कि र इरानसंग थप नजिकिएको छ भने थाइल्याण्ड, सिंगापुर र भारतसंग ब्यापारको चाजो मिलाउदै छ । हवाई रुटहरुको पनि विकल्प खोजेर आफ्नो ब्यवस्थापन गरिरहेको छ ।  

हुन त खाडी मुलुकमा एकले अर्कालाई कूटनीतिक सम्वन्ध अन्त्य गरेको घोषणा गर्ने एक प्रकारको चलन जस्तै भए पनि अहिले यसले निकै तिक्त रुप लिएको छ । कतार र साउदी दुवै मुलुकसँग अमेरिकी सम्वन्ध निकै निकट मानिन्छ । तर यसरी दुई मुलुक बीच भएको यो स्तरको घटनाक्रमले दुईपक्षीय सम्वन्ध र अमेरिकी लिंक जोडिए पनि अमेरिकाले समस्या समाधानको कूटनीतिक बाटो सुझाएको भने छैन । चीनले यो विषयमा आफ्नो मुख खोलेको छैन । भारतको सन्तुलित नै देखिएको छ । माल्दिभ्स भने साउदी निकट पुगेको छ ।

- – चन्द्रशेखर अधिकारीले आजको कान्तिपुरमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह