२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिको नाम र आधारभूत सिद्धान्तमै विवाद

२०७४, २ श्रावण सोमबार ०१:४०

साउन २, काठमाडौं । नयाँ शक्तिको नाम र आधारभूत सिद्धान्तकै विषयमा विवाद हुन थालेको छ । 

स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम नआएपछि नाम फेर्न केही नेता सक्रिय भएका छन् । फरक पृष्ठभूमिबाट आएका नेता तथा कार्यकर्ता आ–आफ्नो ढंगले विचार राखिरहेका छन् ।

प्रवक्ता खिमलाल देवकोटाका अनुसार निर्वाचनपछिको समीक्षा, पार्टीको नाम, सिद्धान्त र सांगठनिक संरचनाका विषयमा छलफल गर्न ९ र १० साउनमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । ११ र १२ गते संघीय परिषद्को बैठकसमेत बोलाइएको छ। पार्टीको नाम, सांगठनिक संरचना र सिद्धान्तको विषयमा गम्भीर छलफल हुने उनले जनाए । 

कतिपय नेताले पाटीको नाम फेर्न छलफल अगाडि बढाएको उनले स्वीकार गरे ।

नयाँ शक्तिमा पूर्व माओवादी, अन्य दलबाट निराश भएर आएका नेता–कार्यकर्ता, विकासे संघसंस्थामा काम गरेका र प्रशासन क्षेत्रबाट निवृत्तभरण भएकाको बाहुल्य छ । जनतामा पाटीृको नाम बिम्बका रुपमा बस्न नसकेपछि फेर्नुपर्ने अवस्था आएको नेता गंगानारायण श्रेष्ठको तर्क छ । 

‘प्रजातन्त्रवादीभन्दा कांग्रेसको बिम्ब आउँछ, कम्युनिष्टभन्दा एमाले वा माओवादीको बिम्ब आउँछ,! उनले भने, ‘तर, नयाँ शक्तिभन्दा कुनै किसिमको बिम्ब आउँदैन, त्यसैले पार्टीको नाम फेर्नुपर्छ ।’

नयाँ शक्तिले पाँच ‘स’लाई आधारभूत सिद्धान्त बनाएको छ । जसमा समतामूलक समृद्धि, समावेशी समानुपातिक सहभागितामूलक लोकतन्त्र, सुशासन सदाचार, स्वाधीनता, सार्वभौमिकता र समुन्नत समाजवाद छन् ।

छलफलमा तीनवटा नाम 

कतिपय नेता पार्टीको नाम फेर्न अनौपचारिक छलफलमै लागेका छन् । वाम लोकतान्त्रिक पार्टी, नयाँ समाजवादी पाटी र समुन्नत समाजवादी पार्टीबारे अनौपचारिक छलफल भएको छ । छलफलमा सहभागी नेताहरुले नयाँ शक्ति कहिलेसम्म भन्ने प्रश्न उठाएका छन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह