८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिको नाम र आधारभूत सिद्धान्तमै विवाद

२ श्रावण २०७४, सोमबार ०१:४०

साउन २, काठमाडौं । नयाँ शक्तिको नाम र आधारभूत सिद्धान्तकै विषयमा विवाद हुन थालेको छ । 

स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम नआएपछि नाम फेर्न केही नेता सक्रिय भएका छन् । फरक पृष्ठभूमिबाट आएका नेता तथा कार्यकर्ता आ–आफ्नो ढंगले विचार राखिरहेका छन् ।

प्रवक्ता खिमलाल देवकोटाका अनुसार निर्वाचनपछिको समीक्षा, पार्टीको नाम, सिद्धान्त र सांगठनिक संरचनाका विषयमा छलफल गर्न ९ र १० साउनमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । ११ र १२ गते संघीय परिषद्को बैठकसमेत बोलाइएको छ। पार्टीको नाम, सांगठनिक संरचना र सिद्धान्तको विषयमा गम्भीर छलफल हुने उनले जनाए । 

कतिपय नेताले पाटीको नाम फेर्न छलफल अगाडि बढाएको उनले स्वीकार गरे ।

नयाँ शक्तिमा पूर्व माओवादी, अन्य दलबाट निराश भएर आएका नेता–कार्यकर्ता, विकासे संघसंस्थामा काम गरेका र प्रशासन क्षेत्रबाट निवृत्तभरण भएकाको बाहुल्य छ । जनतामा पाटीृको नाम बिम्बका रुपमा बस्न नसकेपछि फेर्नुपर्ने अवस्था आएको नेता गंगानारायण श्रेष्ठको तर्क छ । 

‘प्रजातन्त्रवादीभन्दा कांग्रेसको बिम्ब आउँछ, कम्युनिष्टभन्दा एमाले वा माओवादीको बिम्ब आउँछ,! उनले भने, ‘तर, नयाँ शक्तिभन्दा कुनै किसिमको बिम्ब आउँदैन, त्यसैले पार्टीको नाम फेर्नुपर्छ ।’

नयाँ शक्तिले पाँच ‘स’लाई आधारभूत सिद्धान्त बनाएको छ । जसमा समतामूलक समृद्धि, समावेशी समानुपातिक सहभागितामूलक लोकतन्त्र, सुशासन सदाचार, स्वाधीनता, सार्वभौमिकता र समुन्नत समाजवाद छन् ।

छलफलमा तीनवटा नाम 

कतिपय नेता पार्टीको नाम फेर्न अनौपचारिक छलफलमै लागेका छन् । वाम लोकतान्त्रिक पार्टी, नयाँ समाजवादी पाटी र समुन्नत समाजवादी पार्टीबारे अनौपचारिक छलफल भएको छ । छलफलमा सहभागी नेताहरुले नयाँ शक्ति कहिलेसम्म भन्ने प्रश्न उठाएका छन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता