८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश–२ को निर्वाचन रणनीति यसरि बनाउँदैछ माओवादी

२ श्रावण २०७४, सोमबार ०१:४३

साउन २, काठमाडौं । २ असोजमा हुने स्थानीय तहको निर्वाचनको लागि माओवादी केन्द्रले तयारी थालेको छ ।

तेस्रो चरणको निर्वाचन रणनीति बनाउन माओवादीले २ साउनमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचन समीक्षा, आगामी निर्वाचन रणनीति र सांगाठनिक संरचनाका विष्यमा छलफल गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । ‘केन्द्रीय सचिवालय बैठकको तयारीमा छौं,’ उनले भनिन्, ‘बैठकपछि मात्र उम्मेद्वारी छनोटलगायत निर्वाचनका गतिविधि बढाउँछौं ।’

प्रशिक्षण चलाइने 

माओवादीले सबै शक्ति प्रदेश–२ मा लगाउने तयारी गरेको छ । बैठकपछि मधेसको मत आफ्नो पक्षमा पार्न नेतृत्वसहित नेता तथा कार्यकर्ता मधेसमा खटिने प्रदेश–२ का इन्चार्ज मात्रिका यादवले जानकारी दिए । उनका अनुसार साउन दोस्रो सातादेखि मधेसमा प्रशिक्षण चलाइनेछ । निर्वाचन प्रचारप्रसारलाई तीव्र पारिने नेता मणि थापाले बताए ।

जित्ने आधार 

माओवादीले मधेसमा जित्ने आधार धेरै बलियो रहेको भुसालले बताइन् । पार्टी एकतापछि माओवादी अरु पार्टीभन्दा बलियो भएकाले निर्वाचनमा राम्रो परिणम आउने उनको अपेक्षा छ । मधेसका मुद्दामा माओवादीको सद्भाव भएकाले मधेसी जनता आफ्नो पक्षमा आउने यादवले बताए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता