२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले दिएको ट्याक्सी भूकम्पपीडितले एक घण्टामै किन बेचे ?

२०७४, २ श्रावण सोमबार ०२:०६


साउन २, काठमाडौं । भूकम्पपीडितलाई स्वरोजगार बनाउनका लागि वितरण गरिएको ट्याक्सी भूकम्प पीडितले नै एकदिन पनि चलाएनन् ।  

गोलाप्रथामा नाम परेका भूकम्प पीडितहरूले ट्याक्सी नम्बर पाएको एक घण्टामै बेचेर नाफा कमाएर गाउँ फर्किएका छन् ।  

यातायात कार्यालय एकान्तकुनाबाट ट्याक्सी नम्बर पाएको एकैछिनमा टयाक्सी बेचेर नामसारी गर्न कार्यालयमै फर्किने गरेका छन्। 

यातायात व्यवस्था विभागले गत असार ७, ८ र ९ गते गोलाप्रथाद्वारा ट्याक्सी नम्बर पाउने एक हजार पाँच सय जनाको नामावली सार्वजनिक गरेको थियो। यातायात कार्यालय एकान्तकुनाका अनुसार हालसम्म ८० जनाले ट्याक्सी नम्बर पाइसकेका छन्।  जसमध्ये ५० जनाले सोही दिन ट्याक्सी बेचिसकेको यातायात कार्यालय एकान्तकुनाले जनाएको छ।

भूकम्पपीडिहरूले बैंकबाट लगानी गराएर ट्याक्सी किन्नुभन्दा पनि पहिल्यै ट्याक्सी किन्ने मान्छे लिएर नम्बर लिन गएको कार्यालयले जनाएको छ।  बैंकिङ ऋणको झन्झटिलो प्रक्रिया र अधिकांश भूकम्प पीडितहरू काठमाडौँ बाहिरका भएकाले पहिल्यै ट्याक्सी किन्ने मान्छे तयार गर्ने गरेका छन्।  घरमा बूढाबूढी मात्र भएका वृद्धहरूलाई समेत ट्याक्सी नम्बर परेको छ।  उनीहरूले बेच्नु स्वभाविकै हो तर सबैले बेच्न थालेको देख्दा यातायात व्यवस्था कार्यालय पनि अचम्ममा परेको छ।

यातायात व्यवस्था विभागका निर्देशक तथा साना ठूला सवारी प्रमुख वसन्त अधिकारीले ट्याक्सी नम्बर पाउना साथ बेच्ने गरेको बताए।  उनले भने, ‘दर्ता गरिसकेपछि त्यो उनीहरूको सम्पत्ति हो, उनीहरूले जे गर्न पनि पाए, नबेचे हुने थियो भन्ने हाम्रो भनाइ हो, तर आफ्नो नाममा दर्ता गर्छन् उही दिन बेच्छन्।’ उनका अनुसार अधिकांशले नाफा कमाएर बेचिरहेका छन्।  सोही व्यवसायमा संलग्न व्यवसायी तथा लगानीकर्ताहरूले ती ट्याक्सीहरू किनिरहेका छन्।

सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडित परिवारलाई ट्याक्सी नम्बर वितरण गरेको  थियो।  भूकम्प पीडितलाई स्वरोजगार बनाउनका लागि ट्याक्सी नम्बर वितरण गरिएको हो तर अधिकांशले ट्याक्सी बेचेपछि स्वरोजगार बनाउने सरकारको घोषणा असफल हुने देखिएको छ।  जसलाई लक्षित गरेर सरकारले ट्याक्सी वितरण ग¥यो सोही लक्षित वर्ग लाभान्वित नहुने देखिन्छ।

गोलाप्रथामा ट्याक्सी नम्बर पाएका परिवारले ट्याक्सी खरिद गरिसकेपछि विभागले नम्बर प्रदान गर्छ।  गोलाप्रथामा परेका १५ सय जनामध्ये पाँच सय जना यातायात कार्यालयको सम्पर्क आएका छन्।  यातायात कार्यालयले उनीहरूलाई बा. २ ज लेखेको प्लेट उपलब्ध गराएको छ।  आठ सय सीसीभन्दा बढी क्षमताका गाडीलाई कार्यालयले मान्यता दिएको छ।

तीन दिन लगाएर गरिएको गोलाप्रथामा १४ जिल्लालाई तीन भागमा बाँडिएको थियो।  पहिलो दिन रामेछाप, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लालाई ४९१ वटा ट्याक्सी छुट्याएर गोलाप्रथा गरिएको थियो।  जसमा रामेछापमा १६५, काभ्रेपलाञ्चोकमा २ सय १ र नुवाकोटमा १२५ ट्याक्सी नम्बर पारिएको थियो।

गोलाप्रथाको दोस्रो दिन दोलखा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लालाई बाडिएको थियो।  यी तीन जिल्लालाई ५१३ वटा ट्याक्सी नम्बर छुट्याइएको थियो।  जसमा, दोलखामा २१४ वटा ट्याक्सी नम्बर वितरण भएको छ।  त्यस्तै, सिन्धुलीमा ८६ वटा र सिन्धुपाल्चोकमा २५३ वटा ट्याक्सी नम्बर गोलाप्रथाद्वारा वितरण गरिएको हो।

त्यस्तै, तेस्रो दिन गत असार ९ गते काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर धादिङ, ओखलढुंगा, गोरखा र रसुवा जिल्लाको गोलाप्रथा गरिएको थियो।  यी आठ  जिल्लालाई ४९६ थान ट्याक्सी नम्बर छुट्याइएको थियो।  जसमा काठमाडौँ जिल्लाका भूकम्प प्रभावितलाई ९५ थान, ललितपुरलाई ७२, भक्तपुरलाई ४३, मकवानपुरलाई ३१, धादिङलाई ११७, ओखलढंगालाई ३०, गोरखालाई ७८ र रसुवालाई जम्मा ३० थान ट्याक्सी नम्बर गोलाप्रथाद्वारा पारिएको थियो। -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा