८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले दिएको ट्याक्सी भूकम्पपीडितले एक घण्टामै किन बेचे ?

२ श्रावण २०७४, सोमबार ०२:०६


साउन २, काठमाडौं । भूकम्पपीडितलाई स्वरोजगार बनाउनका लागि वितरण गरिएको ट्याक्सी भूकम्प पीडितले नै एकदिन पनि चलाएनन् ।  

गोलाप्रथामा नाम परेका भूकम्प पीडितहरूले ट्याक्सी नम्बर पाएको एक घण्टामै बेचेर नाफा कमाएर गाउँ फर्किएका छन् ।  

यातायात कार्यालय एकान्तकुनाबाट ट्याक्सी नम्बर पाएको एकैछिनमा टयाक्सी बेचेर नामसारी गर्न कार्यालयमै फर्किने गरेका छन्। 

यातायात व्यवस्था विभागले गत असार ७, ८ र ९ गते गोलाप्रथाद्वारा ट्याक्सी नम्बर पाउने एक हजार पाँच सय जनाको नामावली सार्वजनिक गरेको थियो। यातायात कार्यालय एकान्तकुनाका अनुसार हालसम्म ८० जनाले ट्याक्सी नम्बर पाइसकेका छन्।  जसमध्ये ५० जनाले सोही दिन ट्याक्सी बेचिसकेको यातायात कार्यालय एकान्तकुनाले जनाएको छ।

भूकम्पपीडिहरूले बैंकबाट लगानी गराएर ट्याक्सी किन्नुभन्दा पनि पहिल्यै ट्याक्सी किन्ने मान्छे लिएर नम्बर लिन गएको कार्यालयले जनाएको छ।  बैंकिङ ऋणको झन्झटिलो प्रक्रिया र अधिकांश भूकम्प पीडितहरू काठमाडौँ बाहिरका भएकाले पहिल्यै ट्याक्सी किन्ने मान्छे तयार गर्ने गरेका छन्।  घरमा बूढाबूढी मात्र भएका वृद्धहरूलाई समेत ट्याक्सी नम्बर परेको छ।  उनीहरूले बेच्नु स्वभाविकै हो तर सबैले बेच्न थालेको देख्दा यातायात व्यवस्था कार्यालय पनि अचम्ममा परेको छ।

यातायात व्यवस्था विभागका निर्देशक तथा साना ठूला सवारी प्रमुख वसन्त अधिकारीले ट्याक्सी नम्बर पाउना साथ बेच्ने गरेको बताए।  उनले भने, ‘दर्ता गरिसकेपछि त्यो उनीहरूको सम्पत्ति हो, उनीहरूले जे गर्न पनि पाए, नबेचे हुने थियो भन्ने हाम्रो भनाइ हो, तर आफ्नो नाममा दर्ता गर्छन् उही दिन बेच्छन्।’ उनका अनुसार अधिकांशले नाफा कमाएर बेचिरहेका छन्।  सोही व्यवसायमा संलग्न व्यवसायी तथा लगानीकर्ताहरूले ती ट्याक्सीहरू किनिरहेका छन्।

सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडित परिवारलाई ट्याक्सी नम्बर वितरण गरेको  थियो।  भूकम्प पीडितलाई स्वरोजगार बनाउनका लागि ट्याक्सी नम्बर वितरण गरिएको हो तर अधिकांशले ट्याक्सी बेचेपछि स्वरोजगार बनाउने सरकारको घोषणा असफल हुने देखिएको छ।  जसलाई लक्षित गरेर सरकारले ट्याक्सी वितरण ग¥यो सोही लक्षित वर्ग लाभान्वित नहुने देखिन्छ।

गोलाप्रथामा ट्याक्सी नम्बर पाएका परिवारले ट्याक्सी खरिद गरिसकेपछि विभागले नम्बर प्रदान गर्छ।  गोलाप्रथामा परेका १५ सय जनामध्ये पाँच सय जना यातायात कार्यालयको सम्पर्क आएका छन्।  यातायात कार्यालयले उनीहरूलाई बा. २ ज लेखेको प्लेट उपलब्ध गराएको छ।  आठ सय सीसीभन्दा बढी क्षमताका गाडीलाई कार्यालयले मान्यता दिएको छ।

तीन दिन लगाएर गरिएको गोलाप्रथामा १४ जिल्लालाई तीन भागमा बाँडिएको थियो।  पहिलो दिन रामेछाप, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लालाई ४९१ वटा ट्याक्सी छुट्याएर गोलाप्रथा गरिएको थियो।  जसमा रामेछापमा १६५, काभ्रेपलाञ्चोकमा २ सय १ र नुवाकोटमा १२५ ट्याक्सी नम्बर पारिएको थियो।

गोलाप्रथाको दोस्रो दिन दोलखा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लालाई बाडिएको थियो।  यी तीन जिल्लालाई ५१३ वटा ट्याक्सी नम्बर छुट्याइएको थियो।  जसमा, दोलखामा २१४ वटा ट्याक्सी नम्बर वितरण भएको छ।  त्यस्तै, सिन्धुलीमा ८६ वटा र सिन्धुपाल्चोकमा २५३ वटा ट्याक्सी नम्बर गोलाप्रथाद्वारा वितरण गरिएको हो।

त्यस्तै, तेस्रो दिन गत असार ९ गते काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर धादिङ, ओखलढुंगा, गोरखा र रसुवा जिल्लाको गोलाप्रथा गरिएको थियो।  यी आठ  जिल्लालाई ४९६ थान ट्याक्सी नम्बर छुट्याइएको थियो।  जसमा काठमाडौँ जिल्लाका भूकम्प प्रभावितलाई ९५ थान, ललितपुरलाई ७२, भक्तपुरलाई ४३, मकवानपुरलाई ३१, धादिङलाई ११७, ओखलढंगालाई ३०, गोरखालाई ७८ र रसुवालाई जम्मा ३० थान ट्याक्सी नम्बर गोलाप्रथाद्वारा पारिएको थियो। -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता