साउन २, रामेछाप । लिखु गाउँपालिका वडा नम्बर-६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छन्। 

श्रीमान् र छोरीला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २, रामेछाप । लिखु गाउँपालिका वडा नम्बर-६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छन्। 

श्रीमान् र छोरीला"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यरातमा बाढीले खुसी खोस्यो

२०७४, २ श्रावण सोमबार ०२:३१


साउन २, रामेछाप । लिखु गाउँपालिका वडा नम्बर-६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छन्। 

श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन-छिनमै रुनुहुन्छ, छोराछोरीको लालनपालनको चिन्ता गर्नुहुन्छ।दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति छोरीसँगै बाढीले बगाएर बेपत्ता बनाएको छ।

विमानले पुरानो जस्ताले छाएको टहरामा पानी चुहिने भएपछि दिउँसो प्लास्टिक थपेका थिए। उनको परिवारले दुई लाख रुपैयाँमा एक रोपनी खेत बन्धकी कमाउँदै आएको छ। विमानले खेतबाट मकैसमेत भाँचेर ल्याएका थिए। साँझ खाना खाएपछि भने उनी छट्पटाइरहेका थिए। राति करिब ९ बजेदेखि नै पानी दर्किएको थियो। उनी भने आफूलाई धेरै गर्मी भएको भन्दै भित्र-बाहिर गर्दै थिए। छिमेकीले ‘सधैं पर्ने पानी हो, डराउनुपर्दैन अब सुत्दा हुन्छ’ भने पनि उनी मानेनन्।

राति १ बजेतिर घरमाथि रहेको कुलोमा भेल बढेपछि घरभित्र पनि पस्यो। उनले श्रीमतीलाई ‘कुलो ठूलो आएजस्तो छ, पानी मार्न खोलामा जानुपर्‍यो’ भने। कृष्णाले भने केही नगर्ने भन्दै सुत्न भनिन्। तर, उनले बाहिर सुतिरहेकी १३ वर्षीया छोरी मनिलालाई आफूसँग जान जिद्धि गरे।

उनले खोलामा गएको केही समयपछि छोरालाई फोन गरेर ठूलो बाढी आएको सुनाउँदै आमालाई सुरक्षित स्थानमा सार्न भने। उनले आफूहरू बाँसघारीमा आइपुगेको जानकारी गराए। ‘हामी उठेर छिमेकीको घरमा गयौं तर श्रीमान् र छोरी लामो समय फर्कनुभएन, हामी आत्तियौं’, कृष्णाले गहभरि आँसु पार्दै भनिन्, ‘छिमेकीहरू त्यसतर्फ जानुभयो तर बाँसघारी नै बगाइसकेको रै’छ। हामीलाई सुरक्षित स्थानमा सर्न लगाउनुभयो तर उहाँ र छोरीलाई बाढीले बगायो।’

एक छोरा र चार छोरीसहितको तामाङ परिवार गाउँमा जग्गाजमिन नभएपछि फर्पुबाट १८ वर्षअघि खिम्ती बजारमा झरेको थियो। टाउको र पेटको बिरामी कृष्णालाई अर्को साता उपचारका लागि राजधानी लैजाने तयारी थियो। ‘घर बनाएको पैसा अर्को साता आउँछ, त्यसपछि काठमाडौंमा उपचारका लागि लैजाउँला, अहिलेलाई जसोतसो बसौं’, श्रीमान्ले भनेको सम्झना गर्दै कृष्णाले भनिन्, ‘अब मलाई कसले उपचार गराउला? बरु छोरीको साटो म आफैं जानुपर्ने रै’छ। म त बिरामी छु, थलिएर मरौंला तर यो बालबच्चाको पालपोषण कसले गर्छ भन्ने चिन्ताले धेरै सताएको छ।’

उनीहरूकी जेठी छोरी सुनमतीको विवाह भइसकेको रहेछ। एक छोरा र दुई छोरी साथमा छन्। छोरा विकास कक्षा १२, छोरीहरू सुनिता र मनमाई कक्षा २ मा पढ्छन्। बन्धकीमा कमाउँदै आएको खेतसमेत बाढीले बगाएको छ। साथमा केही मकैबाहेक अन्य नभएको कृष्णाको भनाइ छ। दाजु र छोरीको शव दिनभर खोजी गर्दा पनि नभेटिएको भाइ शम्भु तामाङले जानकारी दिए।

सोही वडाको लहरेनीमा माछापालन गर्दै आएका ५८ वर्षीया देवीकुमारी केसीको घर पनि बाढीले बगाएको छ। बाढीले देवीकुमारीसँगै गेलु घर भएका ५६ वर्षीय वासुदेव कार्कीलाई बगाएको छ। वासुदेवको शव फेला परेको रामेछापका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए। श्रीमानले कान्छी भित्र्याएपछि देवीकुमारी छुट्टिएर खोला किनारामा घर बनाएर बस्दै आएकी थिइन्। उनको घरको निशानासमेत छैन। 

देवीकुमारी सात वर्षअघि सो स्थानमा घर बनाएर बस्न थालेको श्रीमान् इन्द्रले जानकारी दिए। बाढीले ६ रोपनी खेतसमेत बगाएको उनले बताए। वासुदेव चार दिनअघि गेलुबाट रोपाइँका लागि सो ठाउँमा झरेका थिए।

सोही वडाको गोकुलगंगा र लिखुको सिमानामा रहेको छतिउने गाउँमा बाढी पस्दा एक जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन्। मृत्यु हुनेमा ७२ वर्षीया बालकुमारी खत्री रहेको स्थानीय टंक खत्रीले जानकारी दिए। 

उनका अनुसार घरनजिकै रहेको छतिउनी खोला पुलमा थुनिएर बस्तीमा बाढी पस्दा चार घरमा क्षति पुर्‍याउनुका साथै एक घर बगाएको छ। बालकुमारीको शव घरनजिकै भेटिएको हो। दुई छोराकी आमा बालकुमारी बुहारीसँगै बस्दै आएकी थिइन्।

उनका बुहारी कुमारी र नातिनीहरू भगवती, सुन्तली, लक्ष्मी र प्रमिसा घाइते छन्। कुमारीसहित दुई जनालाई बिहान ६ बजेतिर पुरिएको अवस्थामा खनेर उद्धार गरिएको स्थानीय भरत खत्रीले जानकारी दिए। 

शनिबार राति धेरै ठूलो पानी परेकाले माथिल्लो गाउँबाट पहिरोसहितको बाढी आएपछि पुलमा रूखले खोला थुनेपछि बाढी बस्तीतिर मोडिएको देखिन्छ। बाढीले करिब ७० रोपनी खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ।  -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह