साउन २, रामेछाप । लिखु गाउँपालिका वडा नम्बर-६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छन्। 

श्रीमान् र छोरीला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २, रामेछाप । लिखु गाउँपालिका वडा नम्बर-६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छन्। 

श्रीमान् र छोरीला"/>

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यरातमा बाढीले खुसी खोस्यो

२ श्रावण २०७४, सोमबार ०२:३१


साउन २, रामेछाप । लिखु गाउँपालिका वडा नम्बर-६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छन्। 

श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन-छिनमै रुनुहुन्छ, छोराछोरीको लालनपालनको चिन्ता गर्नुहुन्छ।दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति छोरीसँगै बाढीले बगाएर बेपत्ता बनाएको छ।

विमानले पुरानो जस्ताले छाएको टहरामा पानी चुहिने भएपछि दिउँसो प्लास्टिक थपेका थिए। उनको परिवारले दुई लाख रुपैयाँमा एक रोपनी खेत बन्धकी कमाउँदै आएको छ। विमानले खेतबाट मकैसमेत भाँचेर ल्याएका थिए। साँझ खाना खाएपछि भने उनी छट्पटाइरहेका थिए। राति करिब ९ बजेदेखि नै पानी दर्किएको थियो। उनी भने आफूलाई धेरै गर्मी भएको भन्दै भित्र-बाहिर गर्दै थिए। छिमेकीले ‘सधैं पर्ने पानी हो, डराउनुपर्दैन अब सुत्दा हुन्छ’ भने पनि उनी मानेनन्।

राति १ बजेतिर घरमाथि रहेको कुलोमा भेल बढेपछि घरभित्र पनि पस्यो। उनले श्रीमतीलाई ‘कुलो ठूलो आएजस्तो छ, पानी मार्न खोलामा जानुपर्‍यो’ भने। कृष्णाले भने केही नगर्ने भन्दै सुत्न भनिन्। तर, उनले बाहिर सुतिरहेकी १३ वर्षीया छोरी मनिलालाई आफूसँग जान जिद्धि गरे।

उनले खोलामा गएको केही समयपछि छोरालाई फोन गरेर ठूलो बाढी आएको सुनाउँदै आमालाई सुरक्षित स्थानमा सार्न भने। उनले आफूहरू बाँसघारीमा आइपुगेको जानकारी गराए। ‘हामी उठेर छिमेकीको घरमा गयौं तर श्रीमान् र छोरी लामो समय फर्कनुभएन, हामी आत्तियौं’, कृष्णाले गहभरि आँसु पार्दै भनिन्, ‘छिमेकीहरू त्यसतर्फ जानुभयो तर बाँसघारी नै बगाइसकेको रै’छ। हामीलाई सुरक्षित स्थानमा सर्न लगाउनुभयो तर उहाँ र छोरीलाई बाढीले बगायो।’

एक छोरा र चार छोरीसहितको तामाङ परिवार गाउँमा जग्गाजमिन नभएपछि फर्पुबाट १८ वर्षअघि खिम्ती बजारमा झरेको थियो। टाउको र पेटको बिरामी कृष्णालाई अर्को साता उपचारका लागि राजधानी लैजाने तयारी थियो। ‘घर बनाएको पैसा अर्को साता आउँछ, त्यसपछि काठमाडौंमा उपचारका लागि लैजाउँला, अहिलेलाई जसोतसो बसौं’, श्रीमान्ले भनेको सम्झना गर्दै कृष्णाले भनिन्, ‘अब मलाई कसले उपचार गराउला? बरु छोरीको साटो म आफैं जानुपर्ने रै’छ। म त बिरामी छु, थलिएर मरौंला तर यो बालबच्चाको पालपोषण कसले गर्छ भन्ने चिन्ताले धेरै सताएको छ।’

उनीहरूकी जेठी छोरी सुनमतीको विवाह भइसकेको रहेछ। एक छोरा र दुई छोरी साथमा छन्। छोरा विकास कक्षा १२, छोरीहरू सुनिता र मनमाई कक्षा २ मा पढ्छन्। बन्धकीमा कमाउँदै आएको खेतसमेत बाढीले बगाएको छ। साथमा केही मकैबाहेक अन्य नभएको कृष्णाको भनाइ छ। दाजु र छोरीको शव दिनभर खोजी गर्दा पनि नभेटिएको भाइ शम्भु तामाङले जानकारी दिए।

सोही वडाको लहरेनीमा माछापालन गर्दै आएका ५८ वर्षीया देवीकुमारी केसीको घर पनि बाढीले बगाएको छ। बाढीले देवीकुमारीसँगै गेलु घर भएका ५६ वर्षीय वासुदेव कार्कीलाई बगाएको छ। वासुदेवको शव फेला परेको रामेछापका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए। श्रीमानले कान्छी भित्र्याएपछि देवीकुमारी छुट्टिएर खोला किनारामा घर बनाएर बस्दै आएकी थिइन्। उनको घरको निशानासमेत छैन। 

देवीकुमारी सात वर्षअघि सो स्थानमा घर बनाएर बस्न थालेको श्रीमान् इन्द्रले जानकारी दिए। बाढीले ६ रोपनी खेतसमेत बगाएको उनले बताए। वासुदेव चार दिनअघि गेलुबाट रोपाइँका लागि सो ठाउँमा झरेका थिए।

सोही वडाको गोकुलगंगा र लिखुको सिमानामा रहेको छतिउने गाउँमा बाढी पस्दा एक जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन्। मृत्यु हुनेमा ७२ वर्षीया बालकुमारी खत्री रहेको स्थानीय टंक खत्रीले जानकारी दिए। 

उनका अनुसार घरनजिकै रहेको छतिउनी खोला पुलमा थुनिएर बस्तीमा बाढी पस्दा चार घरमा क्षति पुर्‍याउनुका साथै एक घर बगाएको छ। बालकुमारीको शव घरनजिकै भेटिएको हो। दुई छोराकी आमा बालकुमारी बुहारीसँगै बस्दै आएकी थिइन्।

उनका बुहारी कुमारी र नातिनीहरू भगवती, सुन्तली, लक्ष्मी र प्रमिसा घाइते छन्। कुमारीसहित दुई जनालाई बिहान ६ बजेतिर पुरिएको अवस्थामा खनेर उद्धार गरिएको स्थानीय भरत खत्रीले जानकारी दिए। 

शनिबार राति धेरै ठूलो पानी परेकाले माथिल्लो गाउँबाट पहिरोसहितको बाढी आएपछि पुलमा रूखले खोला थुनेपछि बाढी बस्तीतिर मोडिएको देखिन्छ। बाढीले करिब ७० रोपनी खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ।  -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा