२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोजपुरकि ११ वर्षीया बालिका गर्भवती भएपछि गाउँनिकाला (यस्तो छ रामकहानी)

२०७४, २ श्रावण सोमबार ०९:३२

साउन २, भोजपुर । भोजपुरको अरुण गाउँपालिका ५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाउँलेले गाउँनिकाला गरेका छन् । 

छिमेकी २० वर्षिय दुर्गाबहादुर श्रेष्ठले ललाई फकाई शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिइन । साधनाको बुवा नेवार र आमा दलित समुदायको भएको भन्दै केटा पक्षले दलितको छेरी नभित्राउने भन्दै धम्की दिएपछि गाउँनिकाला गरिएको हो । गाउँनिकाला पछि धरान झरेकी बालिकाको भने बिचल्ली भएको छ । बालिकालाई ७३ साल पौष ९ गते दुर्गाबहादुर श्रेष्ठले शारीरिक सम्बन्ध राखेका थिए । 

बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ । बालिकाको बुवा खगेन्द्र श्रेष्ठले भने, ‘छ महिनाको भर्गवती छोरीलाई डर र धम्कीको कारण गाउँनिकाला गर्नुप¥यो । बालिका अहिले धरानमा वेवारिसे अवस्थामा रहेको उनले बताए । संगै गएको केटाको अत्तोपत्तो छैन । 

छोरीले कहिले कहाँ कहिले कहाँ पुगेर फोन गर्छे भोक भोकै छे ।’ कमजोर आर्थिक स्थिति भएका खगेन्द्र भारतमा मजदुरी गर्ने गरेको बताए । अन्तरजातीय विवाह गरेका कारण यो समाजले पनि मलाई न्याय दिएन खगेन्द्रले भने, ‘केटा पक्षले डरधम्की दिँदै सम्पतिको धाक देखायो ।’ 

अहिले पनि हामीलाई डर लागिरहेको छ केटा पक्षले केही गर्लाकी भनेर’, उनले भने ‘छोरीको विजोग भयो कहिले कसको नम्बर बाट कहिले कस्को नम्बर बाट फोन गर्छे कहाँ बस्छे टुंगो छैन् ।’ स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छोरी अहिले घर न घाटको भएपछि परिवार पीडामा डुबेको छ । उनले भने गाउँ समाजले समाजबाट नै हटाउने कुरा गरे मैले केही बोल्न सकिन्। 

बालिकाको माइजु निलम घलेले बालिकालाई स्वास्थ्य चौकी परिक्षणका लागि लाँदा गर्भवती भएको पाइएको बताइन । घलेले महिलाहरु समेत भएको भेलामा बालिकाको पक्षमा बोल्ने कोही नभएपछि केटाले बालिकालाई धरान लगेको बताइन । 

भेलामा सहभागी अगुवा महिला प्रतिनिधिले समेत साथ नदिएपछि केटी पक्ष निरास बनेको थियो । प्रहरी चौकी याकुमा गए पनि सहयोग नपाएको परिवारले बताएको छ । याकु प्रहरी चौकिका इन्चार्ज रमेश श्रेष्ठले भने केटीको बुवा आएर गाउँ समाज बसेर विहे गरिदिने निर्णय भएअनुसार विवाह गरिदिएको बताए । 

महिला विकास कार्यालय भोजपुरका पुष्पलता उप्रेतीले घटनाको विषयमा जानकारी पाएको र उनको परिवारलाई जिल्ला बोलाएको बताइन ।  यस विषयमा बुझ्न केटा पक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । -नागरिक न्युजबाट 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा