८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोजपुरकि ११ वर्षीया बालिका गर्भवती भएपछि गाउँनिकाला (यस्तो छ रामकहानी)

२ श्रावण २०७४, सोमबार ०९:३२

साउन २, भोजपुर । भोजपुरको अरुण गाउँपालिका ५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाउँलेले गाउँनिकाला गरेका छन् । 

छिमेकी २० वर्षिय दुर्गाबहादुर श्रेष्ठले ललाई फकाई शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिइन । साधनाको बुवा नेवार र आमा दलित समुदायको भएको भन्दै केटा पक्षले दलितको छेरी नभित्राउने भन्दै धम्की दिएपछि गाउँनिकाला गरिएको हो । गाउँनिकाला पछि धरान झरेकी बालिकाको भने बिचल्ली भएको छ । बालिकालाई ७३ साल पौष ९ गते दुर्गाबहादुर श्रेष्ठले शारीरिक सम्बन्ध राखेका थिए । 

बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ । बालिकाको बुवा खगेन्द्र श्रेष्ठले भने, ‘छ महिनाको भर्गवती छोरीलाई डर र धम्कीको कारण गाउँनिकाला गर्नुप¥यो । बालिका अहिले धरानमा वेवारिसे अवस्थामा रहेको उनले बताए । संगै गएको केटाको अत्तोपत्तो छैन । 

छोरीले कहिले कहाँ कहिले कहाँ पुगेर फोन गर्छे भोक भोकै छे ।’ कमजोर आर्थिक स्थिति भएका खगेन्द्र भारतमा मजदुरी गर्ने गरेको बताए । अन्तरजातीय विवाह गरेका कारण यो समाजले पनि मलाई न्याय दिएन खगेन्द्रले भने, ‘केटा पक्षले डरधम्की दिँदै सम्पतिको धाक देखायो ।’ 

अहिले पनि हामीलाई डर लागिरहेको छ केटा पक्षले केही गर्लाकी भनेर’, उनले भने ‘छोरीको विजोग भयो कहिले कसको नम्बर बाट कहिले कस्को नम्बर बाट फोन गर्छे कहाँ बस्छे टुंगो छैन् ।’ स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छोरी अहिले घर न घाटको भएपछि परिवार पीडामा डुबेको छ । उनले भने गाउँ समाजले समाजबाट नै हटाउने कुरा गरे मैले केही बोल्न सकिन्। 

बालिकाको माइजु निलम घलेले बालिकालाई स्वास्थ्य चौकी परिक्षणका लागि लाँदा गर्भवती भएको पाइएको बताइन । घलेले महिलाहरु समेत भएको भेलामा बालिकाको पक्षमा बोल्ने कोही नभएपछि केटाले बालिकालाई धरान लगेको बताइन । 

भेलामा सहभागी अगुवा महिला प्रतिनिधिले समेत साथ नदिएपछि केटी पक्ष निरास बनेको थियो । प्रहरी चौकी याकुमा गए पनि सहयोग नपाएको परिवारले बताएको छ । याकु प्रहरी चौकिका इन्चार्ज रमेश श्रेष्ठले भने केटीको बुवा आएर गाउँ समाज बसेर विहे गरिदिने निर्णय भएअनुसार विवाह गरिदिएको बताए । 

महिला विकास कार्यालय भोजपुरका पुष्पलता उप्रेतीले घटनाको विषयमा जानकारी पाएको र उनको परिवारलाई जिल्ला बोलाएको बताइन ।  यस विषयमा बुझ्न केटा पक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । -नागरिक न्युजबाट 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता