साउन ३, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी अन्त्य नगर्ने हो भने भविष्य नै धरापमा पर्ने बताएका छन्। Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी अन्त्य नगर्ने हो भने भविष्य नै धरापमा पर्ने बताएका छन्।
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुटबन्दी अन्त्य नभए पार्टी धरापमा पर्ने प्रचण्ड चेतावनी

२०७४, ३ श्रावण मंगलवार ०१:३५

साउन ३, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी अन्त्य नगर्ने हो भने भविष्य नै धरापमा पर्ने बताएका छन्।

स्थानीय तहको चुनावी समीक्षा र आगामी योजना तय गर्न बोलाइएको जिल्ला इन्चार्जसहित केन्द्रीय सचिवालयको विस्तारित बैठकमा सोमबार मौखिक प्रतिवेदन पेस गर्दै दाहालले माओवादी पार्टी माओवादीजस्तो नभएको भन्दै असन्तुष्टि पोखेका हुन्।

शीर्ष नेताहरूबाटै गुटबन्दी चलाइएको संकेत गर्दै दाहालले व्यक्तिपिच्छे गुटबन्दी चलाउने नै भए घोषित रूपमै चलाउन चुनौती दिए। ‘पार्टीभित्र गुटबन्दी छैन भनियो तर अझै जीवितै रहेछ । 

किन लुकिछिपी चलाउनुहुन्छ, गुट नै चलाउने हो भने घोषित रूपमै चलाउनुहोस्,’ दाहालको भनाइ उद्धृत गदै सचिवालयका एक सदस्यले भने, ‘पार्टी बनाउने सोच नै नबनाई भत्काउने हो भने घोषित गुटबन्दी गरे भइहाल्छ।’

आफ्नै नेताहरूप्रति चर्को असन्तुष्टि पोखेका दाहालले नेताहरू असामाजिक भएको टिप्पणी गरे। कांग्रेस-एमालेका नेता दलालै भए पनि, ठेकेदार नै भए पनि समाजमा अन्तरघुलन हुन सकेको तर माओवादी जनताबीच भिज्नै नसकेकाले निर्वाचन हार्नुपरेको दाहालको भनाइ थियो ।

‘मान्छे मर्दा मलामी नजाने, विवाह, व्रतबन्धमा सहभागी नहुने, जनताको सुख-दुःखमा कहिल्यै साथमा नहुने हामी माओवादी नेता असाध्यै असामाजिक भएका छौं,’ दाहालले नेताहरूप्रति प्रश्न गर्दै भने, ‘असामाजिक मान्छे रहेको पार्टीलाई जनताले किन मत दिएर जिताउने?’ जनताको बीचमा पार्टी नभिजेकै कारण जनताले माओवादीलाई मत नदिएको दाहालको निष्कर्ष थियो ।

दाहालले माओवादी निर्वाचन हार्नुको कारण बैठकमा सुनाउँदै त्यसमा नेताहरूलाई गम्भीर समीक्षा गर्न आग्रह गरे। उनले एजेन्डा, नेतृत्व, विकासलगायत सबै माओवादीकै भए पनि जनताले भोट किन दिएनन् भनेर खोजी गर्नुपर्ने बताए। 

पार्टी विभिन्न तहमा विभाजन हुँदा सहिद, बेपत्ता परिवार र शुभचिन्तक निरास हुनु, पार्टी एकता गरेर क्रान्तिकारी तागत पैदा गरे पनि ‘प्रतिक्रियावादी’ हरूको भण्डाफोर गर्न नसक्नु, विभाजित शक्तिले आफू जित्नभन्दा माओवादीलाई हराउन भूमिका खेल्नु, जनतामा कांग्रेस-एमालेभन्दा पृथक् शक्ति माओवादी हो भनी आभास गराउन नसक्नु र बाह्य शक्तिकेन्द्रको चलखेललाई रोक्न र बुझ्न नसक्नुजस्ता कारणले चुनावमा हार्नुपरेको दाहालले बैठकमा बताएका थिए।

दाहालले अहिले पनि प्रदेश र केन्द्रको चुनाव नगराउने र संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको भन्दै नेताहरूलाई चनाखो हुन आग्रह गरे। उनले समानुपातिक समावेशीता हटाउन र संसद्को संख्या ठूलो बनाउन दिन नहुने पनि बताए। त्यस्ता षड्यन्त्र देखिए पार्टी फरक ढंगले आन्दोलनमा जानुपर्ने उनको भनाइ थियो । ‘चुनाव सार्ने र संविधान संशोधन कार्यान्वयनमा षड्यन्त्र भयो भने कांग्रेससँगै माओवादी सती जान सक्दैन,’ दाहालले थपे, ‘यस्तो बेला सरकार छाडेर भए पनि एजेन्डाको रक्षाका लागि लाग्नुपर्छ ।’

झन्डै ४५ मिनेट बैठकलाई सम्बोधन गरेपछि सातवटै प्रदेशका इन्चार्ज/संयोजकहरूले प्रदेशको रिपोर्टिङ गरेका थिए। उनीहरूले कतिपय स्थानीय तहको चुनावी तालमेलमा पार्टी प्रयोग मात्र भएको भन्दै तालमेल प्रभावकारी हुन नसक्नुमा नेतृत्वको कमजोरी भएको बताएका थिए। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह