साउन ३, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी अन्त्य नगर्ने हो भने भविष्य नै धरापमा पर्ने बताएका छन्। Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी अन्त्य नगर्ने हो भने भविष्य नै धरापमा पर्ने बताएका छन्।
७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुटबन्दी अन्त्य नभए पार्टी धरापमा पर्ने प्रचण्ड चेतावनी

३ श्रावण २०७४, मंगलवार ०१:३५

साउन ३, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी अन्त्य नगर्ने हो भने भविष्य नै धरापमा पर्ने बताएका छन्।

स्थानीय तहको चुनावी समीक्षा र आगामी योजना तय गर्न बोलाइएको जिल्ला इन्चार्जसहित केन्द्रीय सचिवालयको विस्तारित बैठकमा सोमबार मौखिक प्रतिवेदन पेस गर्दै दाहालले माओवादी पार्टी माओवादीजस्तो नभएको भन्दै असन्तुष्टि पोखेका हुन्।

शीर्ष नेताहरूबाटै गुटबन्दी चलाइएको संकेत गर्दै दाहालले व्यक्तिपिच्छे गुटबन्दी चलाउने नै भए घोषित रूपमै चलाउन चुनौती दिए। ‘पार्टीभित्र गुटबन्दी छैन भनियो तर अझै जीवितै रहेछ । 

किन लुकिछिपी चलाउनुहुन्छ, गुट नै चलाउने हो भने घोषित रूपमै चलाउनुहोस्,’ दाहालको भनाइ उद्धृत गदै सचिवालयका एक सदस्यले भने, ‘पार्टी बनाउने सोच नै नबनाई भत्काउने हो भने घोषित गुटबन्दी गरे भइहाल्छ।’

आफ्नै नेताहरूप्रति चर्को असन्तुष्टि पोखेका दाहालले नेताहरू असामाजिक भएको टिप्पणी गरे। कांग्रेस-एमालेका नेता दलालै भए पनि, ठेकेदार नै भए पनि समाजमा अन्तरघुलन हुन सकेको तर माओवादी जनताबीच भिज्नै नसकेकाले निर्वाचन हार्नुपरेको दाहालको भनाइ थियो ।

‘मान्छे मर्दा मलामी नजाने, विवाह, व्रतबन्धमा सहभागी नहुने, जनताको सुख-दुःखमा कहिल्यै साथमा नहुने हामी माओवादी नेता असाध्यै असामाजिक भएका छौं,’ दाहालले नेताहरूप्रति प्रश्न गर्दै भने, ‘असामाजिक मान्छे रहेको पार्टीलाई जनताले किन मत दिएर जिताउने?’ जनताको बीचमा पार्टी नभिजेकै कारण जनताले माओवादीलाई मत नदिएको दाहालको निष्कर्ष थियो ।

दाहालले माओवादी निर्वाचन हार्नुको कारण बैठकमा सुनाउँदै त्यसमा नेताहरूलाई गम्भीर समीक्षा गर्न आग्रह गरे। उनले एजेन्डा, नेतृत्व, विकासलगायत सबै माओवादीकै भए पनि जनताले भोट किन दिएनन् भनेर खोजी गर्नुपर्ने बताए। 

पार्टी विभिन्न तहमा विभाजन हुँदा सहिद, बेपत्ता परिवार र शुभचिन्तक निरास हुनु, पार्टी एकता गरेर क्रान्तिकारी तागत पैदा गरे पनि ‘प्रतिक्रियावादी’ हरूको भण्डाफोर गर्न नसक्नु, विभाजित शक्तिले आफू जित्नभन्दा माओवादीलाई हराउन भूमिका खेल्नु, जनतामा कांग्रेस-एमालेभन्दा पृथक् शक्ति माओवादी हो भनी आभास गराउन नसक्नु र बाह्य शक्तिकेन्द्रको चलखेललाई रोक्न र बुझ्न नसक्नुजस्ता कारणले चुनावमा हार्नुपरेको दाहालले बैठकमा बताएका थिए।

दाहालले अहिले पनि प्रदेश र केन्द्रको चुनाव नगराउने र संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको भन्दै नेताहरूलाई चनाखो हुन आग्रह गरे। उनले समानुपातिक समावेशीता हटाउन र संसद्को संख्या ठूलो बनाउन दिन नहुने पनि बताए। त्यस्ता षड्यन्त्र देखिए पार्टी फरक ढंगले आन्दोलनमा जानुपर्ने उनको भनाइ थियो । ‘चुनाव सार्ने र संविधान संशोधन कार्यान्वयनमा षड्यन्त्र भयो भने कांग्रेससँगै माओवादी सती जान सक्दैन,’ दाहालले थपे, ‘यस्तो बेला सरकार छाडेर भए पनि एजेन्डाको रक्षाका लागि लाग्नुपर्छ ।’

झन्डै ४५ मिनेट बैठकलाई सम्बोधन गरेपछि सातवटै प्रदेशका इन्चार्ज/संयोजकहरूले प्रदेशको रिपोर्टिङ गरेका थिए। उनीहरूले कतिपय स्थानीय तहको चुनावी तालमेलमा पार्टी प्रयोग मात्र भएको भन्दै तालमेल प्रभावकारी हुन नसक्नुमा नेतृत्वको कमजोरी भएको बताएका थिए। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा