साउन ४, काठमाडौँ । सरकार गठनको झण्डै डेढ महिनापछि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय संख्या र नाम बाँडफाँडमा सहमति भएको छ । 

प्रधान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, काठमाडौँ । सरकार गठनको झण्डै डेढ महिनापछि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय संख्या र नाम बाँडफाँडमा सहमति भएको छ । 

प्रधान"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालय बाँडफाँटमा सहमति: कसलार्इ कुन मन्त्रालय ?

४ श्रावण २०७४, बुधबार ००:५६


साउन ४, काठमाडौँ । सरकार गठनको झण्डै डेढ महिनापछि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय संख्या र नाम बाँडफाँडमा सहमति भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित दुई दलका शीर्ष नेताबीच मंगलबार बालुवाटारमा भएको छलफलमा मन्त्रालयको संख्या र कसले कुन मन्त्रालय लिने भन्ने सहमति जुटेको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा)सँग बुधबार बिहान छलफल गरिसकेपछि मात्र मन्त्रालय विस्तार गर्ने सहमति दुई दलबीच भएको छ। कांग्रेस नेता रमेश लेखकका अनुसार कांग्रेसले १३ र माओवादी केन्द्रले ९ मन्त्रालय लिने सहमति भएको छ। बाँकी ६ मन्त्रालय फोरम लोकतान्त्रिक, राप्रपासहित साना दललाई दिने सहमति भएको हो।

कसलाई कुन मन्त्रालय ?

कांग्रेस 

अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, सिंचाइ, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, खानेपानी, रक्षा, सामान्य प्रशासन, श्रम तथा युवा स्वरोजगार, वाणिज्य र महिला, बालबालिका तथा समाज कल्याण

माओवादी केन्द्र 

परराष्ट्र, गृह, सहरी, स्वास्थ्य, उर्जा, कानुन, पशुपंक्षी, कृषि र आपूर्ति

लोकतान्त्रिक फोरम

स्थानीय विकास तथा संघीय मामिला, पर्यटन र भूमिसुधार

राप्रपा लगायत साना दल

शान्ति, उद्योग, वन र विज्ञान तथा प्रविधि

नेकपा (संयुक्त) 

वातावरण  -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता