८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीमा चुनाव चिह्न फेर्ने बहस किन चल्यो ?

४ श्रावण २०७४, बुधबार ०१:०४

साउन ४, काठमाडौं । सत्तरुढ माओवादी केन्द्रभित्र चुनाव चिह्न परिवर्तन गर्ने बहसले पवेश पाएको छ । 

नेकपा मालेको चुनाव चिह्न हँसिया–तारा र आफ्नो दलको गोलाकारभित्र हँसिया–हथौडा चिह्न उस्तै उस्तै देखिँदा मतदाता अलमलिएको भन्दै जिल्ला इञ्चार्जहरुले यस्तो माग गरेका हुन् । उनीहरुले चुनाव चिह्नबारे मतदाता शिक्षा प्रभावकारी हुन नसकेको समेत गुनासो गरे ।

‘कम्युनिस्ट पार्टीको चिह्न भएकाले हामीले हँसिया–हथौडा छाड्न त नमिल्ने हो, तर मतपरिणामको अन्तर हेर्दा २५–३० स्थानीय तह चिह्नकै कारण हारेको देखिन आयो,’ पार्टी सचिवालयको विस्तारित बैठकको दोस्रो दिन जिल्ला इञ्चार्जहरुको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘नेकपा मालेले सायद आफ्नो चिह्न छाड्न नमान्ला, त्यसैले हाम्रो चिह्नबारे सोच्ने कि भन्ने बहस उठेको छ ।’

केही जिल्ला इञ्चार्जले भने कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय चिह्न बदल्दा समर्थकहरुमा झन् नकारात्मक सन्देश जान सक्ने भन्दै बरु पर्यापत मतदाता शिक्षा दिलाउन पार्टी पंक्ति परिचालित हुनुपर्ने फरक मत पेस गरेको नेता मणि थापाले बताए । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता