साउन ५, काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र पार्टीको मुख्य वैचारिक लाइनमा ‘प्रचण्ड पथ’ राख्ने विषयले फेरि स्थान पाएको छ । 

पार्टी मुख्यालय पेरिसडाँड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र पार्टीको मुख्य वैचारिक लाइनमा ‘प्रचण्ड पथ’ राख्ने विषयले फेरि स्थान पाएको छ । 

पार्टी मुख्यालय पेरिसडाँड"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रमा फेरि ‘प्रचण्ड पथ’को बहस किन चर्कियो ?

२०७४, ५ श्रावण बिहीबार ०२:०४

साउन ५, काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र पार्टीको मुख्य वैचारिक लाइनमा ‘प्रचण्ड पथ’ राख्ने विषयले फेरि स्थान पाएको छ । 

पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा दोस्रो तहका नेताहरूले यस विषयलाई उठाएपछि पार्टीभित्र बहस सिर्जना भएको हो ।

तत्कालीन नेकपा माओवादीले जनयुद्धकालमा ‘प्रचण्डपथ’लाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेको थियो । २०६५ सालमा तत्कालीन नेकपा (एकताकेन्द्र–मसाल)सँग पार्टी एकता गर्दा प्रचण्डपथलाई स्थगन गरिएको थियो । 

जारी सचिवालयको बैठकमा बुधबार नेता अग्नि सापकोटाले प्रचण्डपथलाई पुनःस्थापित गर्नुपर्ने धारणा राखेका थिए । लगत्तै सचिवालय सदस्य लीलामणि पोख्रेलले घुमाउरो भाषामा यसको विरोध गरेको एक सचिवालय सदस्यले बताए ।

नेता सापकोटाले देशको राजनीति अहिले पनि प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै प्रचण्डपथलाई पुनः स्थापित गर्दा पार्टी सङ्गठन सुदृढ हुनुका साथै सबै विषयलाई आफ्नो कमान्डमा ल्याउन सकिने बताएका थिए । ‘हिजो प्रचण्डपथ हटाउनु हुँदैन थियो । 

यो छाड्नाले गल्ती भयो,’ बैठकमा सापकोटाले राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘यो विज्ञान हो । अहिले पनि देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ । त्यसैले प्रचण्डपथलाई पुनः स्थापित गर्नुपर्छ । ’

सापकोटाले श्रीमती सीता दाहालको उपचारको लागि प्रचण्ड बैङ्कक जाँदा नेपाल नै त्यता गएजस्तो देखिएको उदारहण दिँदै प्रचण्डपथ पुनःस्थापित भए पार्टीले गति लिने बताएका थिए । उनले यसैको आलोकमा चुनावी परिणाम आफ्नो पक्षमा पार्दै सङ्गठन मजबुत पार्न सकिने बताए । सापकोटाको धारणाप्रति घुमाउरो भाषामा विरोध जनाउँदै पोख्रेलले प्रचण्डबिना पात पनि हल्लिँदैन भन्नेगरी परिभाषित गर्न नहुने बताए । 

पार्टी रूपान्तरण र कार्ययोजनाको सही कार्यन्वयन मुख्य विषय भएको भन्दै उनले प्रचण्डपथ जुन दिनदेखि छाडियो त्यही दिनदेखि हार्न थालियो भन्ने विश्लेषण ठीक नभएको बताए । पोख्रेलले पार्टी एकीकरणलाई भाग खान आएको भनेर परिभाषित गरिएको भन्ने आरोप लगाउँदै यस्तो प्रवृत्तिले सङ्गठन बलियो नबनाउने बताएका थिए ।

‘हामीले क्रान्तिका लागि पार्टी एकता गरेका थियौँ । शान्ति प्रक्रियामा पनि क्रान्तिकै लागि आइएको थियो,’ पोख्रेलले बैठकमा भने, ‘प्रचण्डपथको कुरा हिजो पनि आयो आज पनि छ । तर, त्यस विषयलाई चर्को रूपमा उठाउने अहिले पार्टी फुटाएर प्रचण्डलाई सबैभन्दा ठूलो शत्रु घोषणा गरिरहेका छन् । यस्तो प्रवृत्ति राम्रो होइन । ’

बैठकमा अर्का नेता हितराज पाण्डेले विचार संश्लेषण नै पार्टी निर्माणको मुख्य आधार भएको स्पष्ट गर्दै यसैका आधारमा नयाँ ढङ्गबाट पार्टीलाई अगाडि बढाउनुपर्ने बताए । सचिवालय सदस्य डीआर पौडेलका अनुसार पाण्डेले चुनावमा जित्छु वा सङ्गठन निर्माण गर्छु भन्ने कुरा बोलेर मात्र नहुने, त्यसका लागि पहिले विचार संश्लेषण सही हुनुपर्ने बताए ।

सचिवालय सदस्य सुरेशकुमार राईका अनुसार बैठकमा तिलक परियार, हकिकुल्ला खाँ, सुदन किराती, रेखा शर्मा, खिलप्रसाद बुढाथोकी, बाबुराम गौतम, श्रवणकुमार यादवलगायत १९ जनाले धारणा राखेका थिए । 

नेताहरूले पार्टीको समिति ठूला र कामकाजी नभएको विषय दोहो¥याउँदै यसलाई सानो र चुस्त बनाउनुपर्ने बताएका थिए । पार्टीभित्र दोस्रो तहका नेताले प्रचण्डलाई घेराबन्दीमा राख्ने गरेको गुनासो गर्दै पार्टीका केही नेताले अध्यक्षसम्म सही कुरा पुग्न नदिने प्रवृत्ति हट्नुपर्ने धारणा राखे । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह