२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘छाउ बार्न’ धामीकै दबाब

२०७४, ५ श्रावण बिहीबार ०२:३३


साउन ५, दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित लैनचौरमा शान्ता कठायत नाम चलेकी माता अर्थात् धामी हुन् । 

गाउँले बिरामी हुँदा होस् वा समस्यामा पर्दा उनै माताको शरणमा पुग्छन्। आफूकहाँ हेराउन आउनेलाई माताको एउटै सुझाव हुन्छ, ‘महिनावारी नबार्दा समस्या आइलाग्यो? अब घरमा छाउ बार्नू।’

गाउँमा नजिकै अस्पताल छैन। भएका स्वास्थ्य संस्थामा पनि भरपर्दो उपचार हुँदैन। केही उपाय नलागेपछि गाउँलेहरू माताको शरणमा पुगेर उपचारका लागि हारगुहार गर्छन्। माताको उपचार गर्ने एउटै मन्त्र छ। उपचारका लागि आउनेलाई उनी ‘छाउ बार्न’ सुझाव दिन्छिन्। गाउँलेहरू पनि माताकै विश्वासमा छाउ बार्न तयार हुन्छन्। महिनावारी हुँदा छुइछाई नगर्न माताले दिएको सुझावअनुसार नै स्थानीयले महिनावारीको बेलामा महिलालाई छाउगोठमा राख्छन्। 

गाउँकै धामीको विश्वास र देउता रिसाउने भ्रमका कारण यहाँ छाउ बार्ने संस्कारले जरा गाढेको छ। बेलुकी छाउगोठमा सुतेकी किशोरी बिहान मृत भेटिँदासमेत स्थानीय सचेत छैनन्। बरू गाउँका धामीझाँक्रीले भनेबमोजिम नै छाउ बार्न तयार छन्। 

स्थानीय धामीझाँक्रीका लागि पनि छाउगोठ उपचारको गतिलो मन्त्र बनेको छ। सामान्य रुघाखोकी र ज्वरो आउँदा होस् वा पशु बिरामी हुँदा, धामीले छुइछाइ नै मुख्य कारण देखाउँदै आएका छन्। अनि उपचार मन्त्रको रूपमा उनीहरूले छाउ बार्न सुझाव दिने गरेका छन्। धामीको यही गलत सुझाव र सल्लाहका कारण पनि छाउपडी उन्मूलनमा चुनौती थपिएको छ।

गाउँलेले माताको रूपमा पुकार्ने शान्ताको घरमा पुग्दा केही मान्छे पनि आइपुगे। बच्चा बिरामी भएपछि उपचारको खोजीमा उनीहरू त्यहाँ पुगेका थिए। माताले अक्षता र भेटी राख्न भनेपछि उनीहरूले सोहीअनुसार गरे। माता केही बेरमै धामी कामिन्। सोही क्रममा उनले भनिन्, ‘अरू सबै राम्रो छ तर घरमा छुइछाइ भएको रहेछ। घरमा महिला पाखा सरेका बेला होस पुर्‍याउनू, अबदेखि छाउ बार्नू।’

धामीले भनेपछि उनीहरूले पनि सोहीअनुसार गर्ने बाचा गरे। अभिभावकको भनाइअनुसार बच्चालाई रुघाखोकीसँगै ज्वरोको समस्या थियो। तर, माताले छाउ बार्नू भन्दै सुझाव दिएपछि उनीहरू त्यहाँबाट फिर्ता भए। स्थानीय बासिन्दाका अनुसार गाउँका धामीले जे समस्या पर्दा पनि छुइछाइकै कारण देखाउने गरेका छन्।

आफूलाई अप्ठ्यारो वा समस्या पर्दा गाउँले स्थानीय पादुकास्थान मन्दिरका महन्त (पुजारी) देवीनाथ योगीको शरणमा जान्छन्। महन्तले दिएको सुझावअनुसार नै उनीहरूले समाधानको कसरत पनि गर्दै आएका छन्। छाउपडीबारे धारणा बुझ्न खोज्दा उनले आफ्नो कहानी सुनाए। उनले भने, ‘केही वर्षपहिला खाना खाने बेला मेरो हात थालसम्म पुगेन, हातै रोकियो भने मुन्टो पनि पछाडि फर्कियो। त्यो खाना छाउ भएकी केटीले पकाएकी रहिछ, देउताले थाहा पाएर त्यो खाना खानै दिएनन्।’

छाउ भएकी महिलाले छुइछाइ गर्दा यस्तो भएको उनको दाबी थियो। तर, क्यामेरा देखेपछि विस्तारै उनले छाउपडीप्रतिको आफ्नो धारणा भने बदले। स्थानीयका अनुसार उनी पनि उपचारका लागि पुग्दा छुइछाइ भएकाले समस्या भएको बताउने गर्छन्। 

गाउँमा सबैले मान्ने पुजारीले भनेका कुरामा पनि सबैले विश्वास गर्छन्। मन्दिरमा लसपस हुँदा देउता रिसाउने बताउने उनले भने, ‘यो पहिलेदेखिको चलन हो, अब विस्तारै बदल्नुपर्छ। भान्सा र पूजाकोठामा त समस्या होला, अब घरकै अन्य कोठामा सुताउँदा हुन्छ।’

स्थानीय शिक्षक भुवन शाहीका अनुसार गाउँका धामीझाँक्रीको सोच परिवर्तन नभएसम्म छाउगोठबाट महिलालाई घरभित्र ल्याउन मुस्किल छ। ‘सबैले धामीको विश्वास गर्छन्, सानो समस्या पर्दा पनि उनीहरूकै शरणमा पुग्छन्’, शाहीले भने, ‘भैंसीले दूध नदिँदा पनि धामीकहाँ हेराउने चलन छ, धामीले छाउ बार्नू भन्ने मन्त्र मात्र फुक्छन्।’

गाउँका धामीको धारणा परिवर्तन नहुँदासम्म छाउपडीको कुप्रथा अन्त्य गर्न सम्भव नहुने शिक्षक शाही बताउँछन्। सर्वसाधारणको हालसम्म पनि धामीप्रति विश्वास रहेकाले अब धामीलाई नै छाउपडीविरुद्धको अभियानमा सामेल गराउनुपर्ने उनको सुझाव छ।

ग्रामीण क्षेत्रमा धामीझाँक्रीका कारण पनि छाउपडीले जरा गाढ्दै गएको छ। महिला तथा बालबालिका कार्यालय दैलेखकी प्रमुख अनिता ज्ञवालीले धामीलाई नै छाउपडी उन्मूलन अभियानको नेतृत्व दिनुपर्ने बताउँछिन्। उनले भनिन्, ‘गाउँलेले धामीलाई नै विश्वास गर्छन्, अब धामीलाई नै यसबारे बुझाउन जरुरी छ। धामी नै छाउपडीविरुद्ध लागे भने अभियान आधा सफल हुन्छ, आधा छाउगोठ नै भत्किनेछन्।’ -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह