साउन ६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यामगन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आठ नेपाली युवतीलाई फिर्ता (अफ लोड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यामगन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आठ नेपाली युवतीलाई फिर्ता (अफ लोड"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यासिनो तालिम भन्दै उड्न लागेका आठ नेपाली युवती ‘अफ लोड’

६ श्रावण २०७४, शुक्रबार ०२:०४


साउन ६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यामगन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आठ नेपाली युवतीलाई फिर्ता (अफ लोड) गरेको छ ।

गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको तालिम लिन हिँडेका आठ युवतीको यात्रा शंकास्पद भएको भन्दै अध्यागमनले फिर्ता गरेको हो । 

अध्यामगन कार्यालयले सबिना कार्की, सिर्जना तामाङ, निर्मला लामा, नमुना केसी, चन्द्रा काफ्ले, सिर्जना गुरुङ, उर्मिला गुरुङ र विमला भण्डारीलाई श्रीलंका भ्रमणको उद्देश्य स्पष्ट नभएको भन्दै प्रस्थान अनुमति रोकेको हो ।

पछिल्लो समय मानव तस्करहरूले नेपाली युवतीलाई कुवेत, साउदीलगायतका खाडी मुलुक पठाउन श्रीलंकालाई ‘ट्रान्जिट' बनाउने गरेका छन् । भारतको अध्यामगनले समेत कडाइ गर्न थालेपछि तस्करहरूले श्रीलंकालाई ट्रान्जिट बनाएका हुन् । ती युवती क्यासिनोको तालिम लिन नभई क्यासिनो खेलाउन श्रीलंका जान लागेको स्रोतले बताएको छ ।

गत वर्षसमेत अध्यामगनले क्यासिनो खेलाउन श्रीलंका हिँडेका सात युवतीलाई विमानस्थलबाटै फिर्ता गरेको थियो । अध्यागमन स्रोतका अनुसार राम्रो काम पाए उतै बस्ने योजनासहित ती युवती क्यासिनो खेलाउन श्रीलंका हिँडेको र पछि उतैबाट अन्य मुलुक जाने ती युवतीको तयारी थियो । 

दुईवटा बोर्डिङपास लिएकी गिरी पक्राउ

यसैबीच विमानस्थल प्रहरीले बिहीबार भिजिट भिसामा कुवेत हिँडेकी शोभा गिरीलाई अध्यागमन पार गरेपछि पक्राउ गरेको छ । मानव तस्करको सेटिङमा कुवेत हिँडेकी गिरीले जेट एयर र एयर अरेबियाको बोर्डिङ पास लिएकी थिइन् । 

एयर अरेबियाको बोर्डिङ पास लुकाएर गिरीले भारत जाने भन्दै नागरिकता देखाएकी थिइन् । श्रम स्वीकृतिसमेत नक्कली भएको आशंकामा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

भारतको दिल्लीमा छोराछोरी र श्रीमान बस्ने भएकाले उनीहरूलाई भेट्न जाने भन्दै नागरिकता देखाएर अध्यामगनबाट उनी फुत्किएकी थिइन् । उनले दिल्लीसम्मको जेट एयरको टिकट काटेकी थिइन् । 

अध्यागमन पार गरेपछि गिरी जेट एयर नचढी एयर अरेबियाको जहाज चढ्न लागेकी थिइन् । विमानस्थल प्रहरीले उनीसँग दुईवटा बोर्डिङ पास भएको गोप्य सूचना पाएपछि पक्राउ गरेको हो । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता