साउन ६, काठमाडौं । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लंघन गरे । 

कहिले लेन अनुशासन मिचेको त कहिले फरक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ६, काठमाडौं । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लंघन गरे । 

कहिले लेन अनुशासन मिचेको त कहिले फरक "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकमा लापरवाही, एकै चालक ५० पटकसम्म कारबाहीमा

६ श्रावण २०७४, शुक्रबार ०२:३६

साउन ६, काठमाडौं । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लंघन गरे । 

कहिले लेन अनुशासन मिचेको त कहिले फरक किसिमका हेलचेक्र्याइँ गरेको अभियोगमा उनी कारबाहीमा परे। चालक फेरिए पनि बस चलाउने तरिका फेरिएन। जो आए पनि कारबाहीमा परिरहे।

सोविन्द तामाङले चलाएको माइक्रोबसले ठक्कर दिँदा २ वर्षअघि नयाँ बसपार्कमा पैदलयात्री ४ वर्षीय अनुप तामाङको मृत्यु भयो। प्रहरी विवरणमा दुर्घटनाको कारण चालकको लापरबाही भन्ने प्रष्ट छ। तिनै सोविन्दले ट्राफिक अनुशासन उल्लंघन गरेबापत २७ पटक जरिवाना तिरे। तर गाडी चलाउने सरकारी अनुमति पाइरहे।

अर्जुन सेवाले चलाएको माइक्रोबसले किच्दा एक वर्षअघि चिकित्सकद्वय सन्दीप सुवेदी र सोनी आनन्दको मृत्यु भयो। नयाँ बानेश्वरस्थित विद्या संस्कार विद्यालयको विद्यार्थी बोकेको बा१य ४३ नम्बरको हरियो प्लेटको माइक्रोबस अचानक ब्रेक फेल भई दुर्घटना भएको थियो।

यसमा तीन किसिमका कमजोरी थिए। बसमा बढी विद्यार्थी हुनु, बस अति जीर्ण हुनु र पटकपटक गल्ती गर्ने चालक हुनु। प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार सेवाले लाइसेन्स लिएको ९ वर्षमै सानाठूला गरी २६ दुर्घटना गराएका छन्।

२०६३ मा वाग्मती अञ्चल कार्यालयबाट लाइसेन्स  लिएको केही महिनामै उन्नले ठक्कर दिए र जरिवाना तिरेर निस्के। ट्राफिक प्रहरी महाशाखाका अनुसार ६ महिनामा उले ३ पटक जरिवाना तिरे।  

२०६७ मा उनले १० पटकभन्दा बढी जरिवाना तिरे। २०७२ मा ५ पटक जरिवानमा परे। ०६५ सालमा तनहुँको घाँसीकुवामा दुर्घटना गराउँदा एक जनाको मृत्यु भएको थियो। पुर्पक्षका लागि थुनामा रही छुटेको केही महिनामै उनले पुनः गल्ती गरी जरिवाना तिरे। -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता