साउन १३, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १३, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन ल"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहाँ पुग्यो राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको योजना ?

२०७४, १३ श्रावण शुक्रबार ०१:०८


साउन १३, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्रको वितरण निर्धारित समयमा नहुने भएको छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि सो परिचयपत्र वितरण गर्ने समय निर्धारण गरेको थियो । साउनदेखि वितरण गर्ने समय निर्धारण गरिए पनि केन्द्रले अहिलेसम्म न परिचयपत्र छाप्ने मेसिन ल्याउन सकेको छ न सो परिचयपत्रको छपाइदेखि सम्पूर्ण व्यवस्थापन गर्ने घर नै निर्माण गर्न सकेको छ । त्यसैगरी, केन्द्रले अहिलेसम्म सो परिचयपत्रको ‘सेक्युरिटी डिजाइन’ को काम पनि पूरा गर्न सकेको छैन ।

साउनदेखि वितरण गर्ने भनिएको परिचयपत्रसम्बन्धी नीतिगत निर्णय सरकारले असारमा गरेको थियो । असार ८ गते बसेको मन्त्रिपरिषद्ले राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी नीतिगत निर्णय गरेको थियो ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक उद्धव तिमिल्सेनाले राष्ट्रिय परिचयपत्र वितरण गर्नेबारे नीतिगत निर्णयमा भएको ढिलाइ र कुन जिल्लाबाट सो परिचयपत्रको वितरण कार्य सुरु गर्नेबारे निर्णय अहिलेसम्म हुन नसक्दा परिचयपत्र वितरण कार्य निर्धारित समयमा सुरु गर्न नसकिएको बताए । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण