साउन १३, काठमाडौं । नयाँ शक्तिभित्र माओवादी केन्द्रसँग नजिकिनुपर्ने दबाब बढ्दै गउको छ । 

संघीय परिषद्मा बोल्ने नेताहरुले एजेन्डा मिल्ने पार्टीसँग कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौं । नयाँ शक्तिभित्र माओवादी केन्द्रसँग नजिकिनुपर्ने दबाब बढ्दै गउको छ । 

संघीय परिषद्मा बोल्ने नेताहरुले एजेन्डा मिल्ने पार्टीसँग कार्"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रसँग नजिकिँदै नयाँ शक्तिका नेता, यसरी बन्यो वातावरण

१३ श्रावण २०७४, शुक्रबार ०२:०७

साउन १३, काठमाडौं । नयाँ शक्तिभित्र माओवादी केन्द्रसँग नजिकिनुपर्ने दबाब बढ्दै गएको छ । 

संघीय परिषद्मा बोल्ने नेताहरुले एजेन्डा मिल्ने पार्टीसँग कार्यगत एकता गर्नुपर्ने भन्दै माओवादीसँग नजिक हुनुपर्ने धारणा राखेका छन् । संघीय परिषद्मा बोल्ने ७० मध्ये अधिकांशले एजेन्डा मिल्नेसँग कार्यगत एकता गर्दै जानुपर्ने धारणा राखेको नयाँ शक्तिका नेता देवेन्द्र पौडेलले बताए ।

नेताहरुले माक्र्सवादी विचारलाई थप सुदृढ गर्दै एजेन्डा मिल्नेसँग कार्यगत एकता गर्नुपर्ने धारणा राखेका थिए । संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया भाँडिएपछि पूर्वमाओवादीहरु माओवादी केन्द्रसँग नजिकिन थालेका छन् ।

संघीय परिषद् बैठकमा दुई विचार जबर्जस्त रुपमा उठेको एक नेताले बताए । एकथरीले एजेन्डा मिल्नेसँग कार्यगत एकता हुँदै पार्टी एकतासम्म जानुपर्ने र अर्को धारले नयाँ शक्तिलाई थप सुदृढ गर्दै लैजानुपर्ने धारणा राखेका छन् । एजेन्डा मिल्नेसँग ध्रुवीकरण गर्दै एकता गर्नुपर्ने पक्षमा पूर्वमाओवादीहरु उभिएका छन् । नयाँ शक्ति पार्टीलाई नै अझै सुदृढ बनाउँदै लैजानुपर्ने धारणा राख्नेको संख्या पनि धेरै छ ।

एजेन्डा मिन्लेसँग ध्रुवीकरण गर्नुपर्ने पक्षमा देवेन्द्र पौडेल, वामदेव क्षेत्री, महेन्द्र पासवान, मुक्ति प्रधान, कुमार पौडेल, बलिराम साह, बहिद अन्सारीलगायत माओवादी पृष्ठभूमिका नेता छन् । तर, पञ्चलाल महर्जन, कुमार क्षेत्रीलगायत नेताले नयाँ शक्तिलाई थप सुदृढ गर्दै लैजानुपर्ने धारणा राखेका छन् ।

यसरी बन्यो माओवादीसँग नजिकिने वातावरण 

संघीय फोरमसँग नयाँ शक्तिले गर्ने भनिएको एकता नेतृत्वका विषयमा कुरा नमिल्दा भाँडिएको थियो । फोरमसँगको एकता तोडिएपछि माओवादी पृष्ठभूमिका नेताहरु एजेन्डा मिल्नेसँग एकता गर्ने भन्दै माओवादसिँग नजिकिन थालेका छन् । फोरमसँग आधारभूत सैद्धान्तिक विषयमा सहमति भएपनि नेतृत्वको विवादले एकता भाँडिएको थियो ।

पार्टीको झन्डा, निर्वाचन चिह्न र पार्टीको नामका विषयमा मिल्न सक्ने देखिएको थियो । तर, उपेन्द्र यादवले आफ्नो नेतृत्वमा भए मात्र एकता हुने भनेपछि नेतृत्वमा कुरा नमिलेको हो । नयाँ शक्तिभित्र यादवको नेतृत्वमा नजान पूर्वमाओवादीहरुले चर्को दबाब दिएका थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता