१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभरका जेलको अवस्था दर्दनाक, अधिकांशमा क्षमताभन्दा बढी कैदी

२२ श्रावण २०७४, आईतवार ०२:३०

साउन २२, काठमाडौं । सरकारी निकायकै एक निरीक्षण प्रतिवेदनले मुलुकभरका जेलको कहालिलाग्दो अवस्था दर्शाएको छ । प्रायः जेलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी कोचाकोच गरेर राखेको तथ्य उजागर भएको छ ।

अधिकांश जेलमा घामसमेत नछिर्ने अँध्यारा कोठा छन् । सुत्ने ठाउँको अभावका कारण रातमा आलोपालो सुत्नुपर्ने स्थिति छ । बन्दीका लागि शौचालय, औषधोपचार, बन्दीलाई दिइने सिदा, पोषणयुक्त खाना, स्नान कक्षलगायत अभाव छ । बन्दीसँगै रहेका बालबच्चाको मानवअधिकारको अवस्थासमेत नाजुक भेटिएको छ ।

अधिकांश जेलको छाना टिनको रहेका कारण खिया लागेर वर्षामा पानी चुहिएको छ । कतिपयमा सख्त बिरामी हुँदासमेत पर्याप्त उपचारको प्रबन्ध छैन ।जेलमा नअटेर पाल र टहरोमा रात काट्नुपर्ने स्थिति छ ।

महान्यायाधिवक्ताको कार्यालयद्वारा गरिएको ५१ जिल्लाका कारागारको स्थलगत अनुगमनबाट यस्तो स्थिति पत्ता लागेको हो । अनुगमनका लागि १९ वटा अनुगमन टोली जिल्ला जिल्लामा खटाइएको थियो । ५१ जिल्लाका ४७ वटा कारागारमा हाल नौ हजार पाँच सय ९२ कैदीबन्दी छन् । तर, थेग्नसक्ने क्षमता भने जम्मा पाँच हजार पाँच सय ९४ छ ।

‘क्षमताभन्दा झन्डै दुई गुना बढी कैदी थुनुवा रहेको भेटियो । बाजुरा, डोटीलगायत जिल्लाको स्थिति बेहाल छ,’ अनुगमनमा संलग्न महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सजव रेग्मीले भने, ‘अधिकांशमा घाम, हावा र प्रकाश पर्याप्त नरहेको अवस्था छ ।’ थुनुवाहरूले दैनिक सिदा खर्चबापत सात सय ग्राम चामल र ४५ रुपैयाँ पाउँछन् । तर, उनीहरूलाई पेटभरि खानका लागि अपर्याप्त हुने प्रतिवेदनले औंल्याएको छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो