साउन २३, काठमाडौँ । सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए ।

दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २३, काठमाडौँ । सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए ।

दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनल"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब मन्त्री यातायात ब्यवस्था कार्यलयमा लाइसेन्स लिन लाइनमा बसे…

२३ श्रावण २०७४, सोमबार ०१:२०


साउन २३, काठमाडौँ । सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए ।

दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनलाई आफुजस्तै सेवाग्राही ठाने । ती ब्यक्तिले सेवाग्राहीसंग लाईसेन्स लिन कति गाह्रो है तपाईको मिलाएको हो ? 

भनी एक दुई जनासंग संवाद पनि गरे । त्यसरी लाईनमा बसेर सेवाग्राहीसंग संवाद गर्ने ती ब्यक्ति यातायातमन्त्ती वीरबहादुर बलायर थिए । 

मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएको बताए । म अनुगमनमा निस्केको कुरा यातायातका कर्मचारीलाई जानकारी थिएन । सेवाग्राहीले पाएको दुःख देखेर चिन्तित भएँ उनले भने ।

सुरुमा सादा पोसाकमा गएको प्रहरीको टोलीले कार्यालयअघि भेटिएका दलालसित सवारी अनुमतिपत्र बनाइदिन अनुरोध गरे। दलालले पनि ग्राहक ठानेर ‘अहिले गाह्रो छ तर मिलाउन पर सकिने’ भन्दै सम्पर्कमा बस्न अह्राए । तर, प्रहरीसहित मन्त्रीले अनुगमन गरको थाहा पाएपछि दलालको भागभाग भएको थियो।

बारम्बार सर्भर डाउन हुने र दलालको बिगबिगी बढ्न थालेपछि आफू निरीक्षणमा आएको मन्त्री बलायरले बताए । 

‘यातायात कार्यालय वरिपरि बस्ने दलाललाई हटाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको छु,’ उनले भने, ‘कार्यालयमा जनशक्ति अभावले पनि समस्या भएको देखिन्छ ।’ उनले सरकारी निकायबीच समन्वय नहुदा भद्रगोल बनेको बताए । ‘दक्ष कर्मचारी व्यवस्थापनको पहल गर्छु,’ उनले भने। मन्त्री बलायरले आइतबार मोटरसाइकलको लाइसेन्सको काम हुने र सानाठूला सवारीको काम हुने दुवै यातायात कार्यालयमा निरीक्षण गरका थिए । यातायात कार्यँलयको सवारी अनुमतिपत्र फाटबार जानकार एक सरकारी कर्मचारीले अनुगमनलाई निरन्तरता दिनुपर्ने बताए । 

‘सवारी चालक अनुमतिपत्र बनाउने क्रममा दलाल र केही कर्मचारीको मिलेमतोमा काम हुने गरको छ,’ उनले भने, ‘यस्तो कार्यमा राजधानीका केही ड्राइभिङ सेन्टरका सञ्चालकहरूसमेत संलग्न छन्।’ अनुगमनका क्रममा कार्यालयमा चलखेल कम गर्न सीसीटीभी राखे पनि निष्क्रिय पारिएको भेटियो। कार्यालयमा ८ सीसीटीभी छन्। 

यस्तै १० रुपैया“मा पाउने एउटा दर्ता फारामको दलालले ३०, लिखित परीक्षाको नतिजा जानकारी गराइदिने भन्दै ३०, लिखित परीक्षामा आउने प्रश्नावली भन्दै केही प्रश्न दिएर ५ सयदेखि हजारसम्म लिने गरको पाइएको छ । -कान्तिपुर दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो