साउन २४, काठमाडौं । राष्ट्रिय जनता पार्टीको केन्द्रीय समिति बैठकमा जिल्लामा जनमत बलियो भएका नेताहरू निर्वाचनको पक्षमा उभिएका छन् । 

पुराना ६ वटा दलमा आब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २४, काठमाडौं । राष्ट्रिय जनता पार्टीको केन्द्रीय समिति बैठकमा जिल्लामा जनमत बलियो भएका नेताहरू निर्वाचनको पक्षमा उभिएका छन् । 

पुराना ६ वटा दलमा आब"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपाका कुन कुन नेता निर्वाचनको पक्षमा छन् ?

२४ श्रावण २०७४, मंगलवार ०१:२०


साउन २४, काठमाडौं । राष्ट्रिय जनता पार्टीको केन्द्रीय समिति बैठकमा जिल्लामा जनमत बलियो भएका नेताहरू निर्वाचनको पक्षमा उभिएका छन् । 

पुराना ६ वटा दलमा आबद्ध ती नेताहरूले निर्वाचनलाई उपयोग गर्नुपर्ने तर्क गरेका थिए। निर्वाचनको पक्षमा पूर्वसद्भावना पार्टीका नेताहरू खुलेर बोलेका छन्। सप्तरीदेखि पर्सासम्मका निर्वाचनमा उठेकाहरूले निर्वाचनलाई उपयोग गर्नुपर्ने पक्षमा बोलेका हुन्।

सप्तरीका मृगेन्द्रसिंह यादव, धनुषाका लालकिशोर साह, रौतहटका अजय गुप्ता निर्वाचनका पक्षमा छन्। त्यसैगरी, पूर्वतमलोपाका जंगीलाल राय, जितेन्द्र सोनल, गोविन्द चौधरी, जयप्रकाश ठाकुर र नेपाल सद्भावना पार्टीका काजीमान लोप्चन, यदुवन साह निर्वाचनको पक्षमा खुलेका छन्। पूर्वसद्भावना, पूर्वतमलोपा र पूर्वनेपाल सद्भावना पार्टीका पूर्वअध्यक्षहरू भने निर्वाचनको विपक्षमा छन्।

यथास्थितिमा निर्वाचनमा जान नहुने मत पनि बराबर

अधिकांश केन्द्रीय सदस्यले यथास्थितिमा निर्वाचनमा जान नसकिने भनाइ राखेका थिए। संविधान संशोधन नभए पनि मन्त्रिपरिषद्ले सहिद घोषणा, घाइते अपांगलाई राहत दिनेलगायत निर्णय गरेमा निर्वाचनमा जान सकिने उनीहरूको भनाइ थियो।

केन्द्रीय समिति बैठकमा सोमबार बिहान साढे ९ देखि दिउँसो २ बजेसम्म समूहगत छलफल भएको थियो। २ बजेको खानापछि समूहमा भएको छलफलअनुसार टोली नेताले बैठकमा धारणा राखेका थिए। टोली नेतालाई १० मिनेट समय दिइएको थियो।

राजपा संयोजक महन्थ ठाकुरले सञ्चालन गरेको कार्यक्रममा टोली नेताले १० मिनेटमा आफ्नो धारणा नसके थप एक मिनेट मात्रै दिइएको थियो। समूह नम्बर १ बाट कौशलेन्द्र मिश्र, २ बाट सुरेन्द्र पटेल, ३ बाट रामनरेश राय, ४ बाट विजय सिंह, ५ बाट रामनारायण सिंह, ६ बाट जुगेश्वरलाल दास, ७ बाट अफतर मिकरानीले टोली नेताका रूपमा धारणा राखेका थिए।

त्यसैगरी, समूह नम्बर ३० बाट जंगीलाल राय, २९ बाट रामलाल सुतिहार, २८ बाट केशव झा, २७ बाट विभा ठाकुर, २६ बाट सत्यनारायण मण्डल र २५ बाट सुशील राउतले आफ्नो समूहको धारणा राखेका थिए। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो