साउन २४, काठमाडौं । राष्ट्रिय जनता पार्टीको केन्द्रीय समिति बैठकमा जिल्लामा जनमत बलियो भएका नेताहरू निर्वाचनको पक्षमा उभिएका छन् । 

पुराना ६ वटा दलमा आब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २४, काठमाडौं । राष्ट्रिय जनता पार्टीको केन्द्रीय समिति बैठकमा जिल्लामा जनमत बलियो भएका नेताहरू निर्वाचनको पक्षमा उभिएका छन् । 

पुराना ६ वटा दलमा आब"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपाका कुन कुन नेता निर्वाचनको पक्षमा छन् ?

२०७४, २४ श्रावण मंगलवार ०१:२०


साउन २४, काठमाडौं । राष्ट्रिय जनता पार्टीको केन्द्रीय समिति बैठकमा जिल्लामा जनमत बलियो भएका नेताहरू निर्वाचनको पक्षमा उभिएका छन् । 

पुराना ६ वटा दलमा आबद्ध ती नेताहरूले निर्वाचनलाई उपयोग गर्नुपर्ने तर्क गरेका थिए। निर्वाचनको पक्षमा पूर्वसद्भावना पार्टीका नेताहरू खुलेर बोलेका छन्। सप्तरीदेखि पर्सासम्मका निर्वाचनमा उठेकाहरूले निर्वाचनलाई उपयोग गर्नुपर्ने पक्षमा बोलेका हुन्।

सप्तरीका मृगेन्द्रसिंह यादव, धनुषाका लालकिशोर साह, रौतहटका अजय गुप्ता निर्वाचनका पक्षमा छन्। त्यसैगरी, पूर्वतमलोपाका जंगीलाल राय, जितेन्द्र सोनल, गोविन्द चौधरी, जयप्रकाश ठाकुर र नेपाल सद्भावना पार्टीका काजीमान लोप्चन, यदुवन साह निर्वाचनको पक्षमा खुलेका छन्। पूर्वसद्भावना, पूर्वतमलोपा र पूर्वनेपाल सद्भावना पार्टीका पूर्वअध्यक्षहरू भने निर्वाचनको विपक्षमा छन्।

यथास्थितिमा निर्वाचनमा जान नहुने मत पनि बराबर

अधिकांश केन्द्रीय सदस्यले यथास्थितिमा निर्वाचनमा जान नसकिने भनाइ राखेका थिए। संविधान संशोधन नभए पनि मन्त्रिपरिषद्ले सहिद घोषणा, घाइते अपांगलाई राहत दिनेलगायत निर्णय गरेमा निर्वाचनमा जान सकिने उनीहरूको भनाइ थियो।

केन्द्रीय समिति बैठकमा सोमबार बिहान साढे ९ देखि दिउँसो २ बजेसम्म समूहगत छलफल भएको थियो। २ बजेको खानापछि समूहमा भएको छलफलअनुसार टोली नेताले बैठकमा धारणा राखेका थिए। टोली नेतालाई १० मिनेट समय दिइएको थियो।

राजपा संयोजक महन्थ ठाकुरले सञ्चालन गरेको कार्यक्रममा टोली नेताले १० मिनेटमा आफ्नो धारणा नसके थप एक मिनेट मात्रै दिइएको थियो। समूह नम्बर १ बाट कौशलेन्द्र मिश्र, २ बाट सुरेन्द्र पटेल, ३ बाट रामनरेश राय, ४ बाट विजय सिंह, ५ बाट रामनारायण सिंह, ६ बाट जुगेश्वरलाल दास, ७ बाट अफतर मिकरानीले टोली नेताका रूपमा धारणा राखेका थिए।

त्यसैगरी, समूह नम्बर ३० बाट जंगीलाल राय, २९ बाट रामलाल सुतिहार, २८ बाट केशव झा, २७ बाट विभा ठाकुर, २६ बाट सत्यनारायण मण्डल र २५ बाट सुशील राउतले आफ्नो समूहको धारणा राखेका थिए। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट