साउन २४, काठमाडौँ । पछिल्ला वर्ष काठमाडौं उपत्यकामा प्रहरीले गोली चलाउनु सामान्यजस्तै हुन थालेको छ । 

चोरदेखि गुन्डानाइकेसम्मलाई प्रहरीले गोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २४, काठमाडौँ । पछिल्ला वर्ष काठमाडौं उपत्यकामा प्रहरीले गोली चलाउनु सामान्यजस्तै हुन थालेको छ । 

चोरदेखि गुन्डानाइकेसम्मलाई प्रहरीले गोल"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमा इन्काउन्टर शृंखला: चोरदेखि गुन्डानाइकेसम्मलाई प्रहरीको गोली

२४ श्रावण २०७४, मंगलवार ०१:५२


साउन २४, काठमाडौँ । पछिल्ला वर्ष काठमाडौं उपत्यकामा प्रहरीले गोली चलाउनु सामान्यजस्तै हुन थालेको छ । 

चोरदेखि गुन्डानाइकेसम्मलाई प्रहरीले गोली हानेको छ । ३ भदौ ०७१ मा गुन्डानाइके कुमार घैँटे (कुमार श्रेष्ठ) प्रहरी मुठभेडमा मारिएका थिए । कपुरधारास्थित आफ्नै घरअगाडि अपराध महाशाखाका प्रहरीले उनीमाथि गोली हानेका थिए । 

-२१ साउन ०७० मा राजधानीका अर्का गुन्डानाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीको गोलीबाट मारिएका थिए । अपराध महाशाखाकै टोलीले भीमढुंगामा उनीमाथि गोली हानेको थियो । तराईका जिल्लामा अपराधीहरू पटक–पटक प्रहरी मुठभेडमा मारिने गरेका छन् । राजधानीमा भने ‘इन्काउन्टर’मा हालसम्म तीनजना मारिएका छन् ।

-प्रहरीले गोली हानी घाइते बनाएर धेरैलाई पक्राउ गरेको छ । १३ मंसिर ०७१ मा सुन्धाराको लुम्बिनी पाहुना घरबाट गोली हानी प्रहरीले फरार अभियुक्त छोटेलाल ठाकुरलाई पक्राउ गरेको थियो ।

-९ असार ०७२ मा प्रहरीले बबरमहलमा गोली हानी गुन्डागर्दीमा लागेका जसवन्त सिंहलाई पक्राउ गर्‍यो । गत वर्ष १९ असारमा सुन्धाराको बेबिलोन डिस्कोमा गोली हानी प्रहरीले फरार कैदी रावणजित लामालाई पक्राउ गरेको थियो ।

-गत २१ फागुनमा पनि स्वयम्भूमा अपहरणकारीलाई गोली हानी प्रहरीले पक्राउ गरेको थियो । नुवाकोटका तीन युवकलाई अपहरण गरी फिरौती माग्ने दुर्गा तामाङलाई प्रहरीले गोली हानी पक्राउ गरेको थियो ।

-त्यस्तै, गत वर्ष २३ पुसमा गोंगबुमा चोरीका अभियुक्त अमृत बयलकोटीलाई गोली हानी घाइते बनाएर पक्राउ गरेको थियो । कतिपय अवस्थामा प्रहरीले आवश्यकताले नै गोली हान्ने गरेको छ भने केही अवस्थामा सनकका भरमा गोली चलाउने गरेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो