साउन २५, काठमाडौं । ललितपुरका प्रवीण खत्री लागूऔषध दुर्व्यसनी थिए । 

१२-१५ वर्षदेखि उनले लागूपदार्थ सेवन गर्दै आएको परिवारको दाबी छ। उनी सुध्रिएला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, काठमाडौं । ललितपुरका प्रवीण खत्री लागूऔषध दुर्व्यसनी थिए । 

१२-१५ वर्षदेखि उनले लागूपदार्थ सेवन गर्दै आएको परिवारको दाबी छ। उनी सुध्रिएला"/>

२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खत्री इन्काउन्टर रहस्यमय!

२५ श्रावण २०७४, बुधबार ०१:२८

साउन २५, काठमाडौं । ललितपुरका प्रवीण खत्री लागूऔषध दुर्व्यसनी थिए । 

१२-१५ वर्षदेखि उनले लागूपदार्थ सेवन गर्दै आएको परिवारको दाबी छ। उनी सुध्रिएलान् कि भनेर परिवारले नै पटक-पटक प्रहरीमा बुझाएको थियो। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले पनि उनलाई नियन्त्रणमा लिएको थियो। तर, पुनःस्थापना केन्द्रमा राख्दा पनि उनी सुध्रिएनन्। प्रहरीमा उनीविरुद्ध कुनै उजुरी वा मुद्दा छैन। 

परिवार र छिमेकीका अनुसार ३२ वर्षीय खत्रीका दुई समस्या थिए- एउटा लागूऔषध सेवन गर्ने अनि अर्को परिवारका सदस्यलाई तनाव दिने। उनी कम बोल्थे, घरबाट बाहिर कमै निस्कन्थे। उनी श्रीमती, छोरा तथा बुबाआमासहित कुसुन्तीमा बस्थे। ‘छरछिमेकमा उसले त्यस्तो धाकधम्की दिँदैनथ्यो। घरबाहिर निस्किएको र घर छिरेको पत्तै पाइन्नथ्यो’, छिमेकी उद्धव थापा भन्छन्। उनै व्यक्ति सोमबार प्रहरी ‘इन्काउन्टर’मा मारिए। प्रहरीको दाबीअनुसार उनी १० वर्षदेखि लागूऔषध कारोबारी थिए र उनको साथमा दुईवटा अटो लोडेड पेस्तोल भेटिएको छ। ‘प्रवीणले आफैंलाई कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका हुन्’, प्रहरी भन्छ।

‘ऊ १० वर्षदेखि लागू औषधको कारोबारमा संलग्न थियो भने प्रहरीले किन पक्रन सकेन? किन उसको साथबाट लागूऔषध बरामद हुन सकेन’, उनका एक आफन्त भन्छन्, ‘एकातर्फ घरभित्र छिरेर मान्छे मार्ने, अर्कोतर्फ लागूऔषध कारोबारी थियो भनेर परिवारलाई नै धब्बा लगाउने ? ‘खत्रीको घर आसपास बाक्लो बस्ती छ। दिउँसो २ बजे भएको उक्त घटना देखेको कुनै छिमेकीले बताएका छैनन्।

प्रहरीको दाबीमा खत्री घरको छतबाट दुबै हातमा पेस्तोल लिँदै भुइँमा झरेका थिए। उनले करिब २२ फिट उचाइबाट र १५ फिट चौडाइ पार गर्न हामफालेको प्रहरीको दाबी छ। बाक्लो बस्तीमा छरछिमेक चुप लागेर बस्नु र लागूऔषध दुर्व्यसनी मात्र रहेका खत्री इन्काउन्टरमा मारिनुले घटना रहस्यमय देखिएको छ।

बाबु-छोरा नै दुर्व्यसनी

छोरा मारिएको खबरलगत्तै प्रमोद खत्री सोमबार अपराह्न दक्षिणकालीस्थित सुधारगृहबाट आएका थिए। सोमबार प्रहरीविरुद्ध निकै आक्रोहित देखिएका उनी मंगलबार बिहान पनि मदिराले लरबरिएका थिए। उनी ८-१० वर्षयता सुधारगृहमा नियमित जाने-आउने गर्छन्। ‘भिनाजु एक-दुई महिना सुधारगृहमा बस्नुहुन्थ्यो। तर, घर फर्किएपछि उहाँको हालत उही पुरानै हुन्थ्यो। अनि फेरि सुधारगृह पठाइहाल्नुपथ्र्यो’, खत्रीका साला सञ्जय विष्ट भन्छन्।

प्रमोदको पुरानो घर ढोलाहिटी भए पनि उनी कान्छी श्रीमतीसँग कुसुन्तीमा बस्दै आएका थिए। कान्छीतर्फ एक मात्र सन्तानका रूपमा प्रवीण थिए। बाबु प्रमोद सुधारगृहमा हुने, आमा पसलमा बस्ने र श्रीमती अस्पतालमा काम गर्ने हुँदा दिनभर प्रवीण घरमा एक्लै हुन्थे। घरभित्र आफूले भनेजस्तो भएन भने उनी श्रीमती र आमामा जाइलाग्थे।’हामीले भाञ्जा सुध्रिउन् भनेर अनेक प्रयास गर्‍यौं तर केही परिवर्तन भएन। आमा र श्रीमतीलाई लगातार दुःख दिने र आतंक मच्चाउने मात्र काम गर्थे’, विष्ट भन्छन्, ‘उनको समस्या नै त्यति थियो।’

पारिवारिक स्रोतका अनुसार प्रवीणलाई पछिल्लो समय थप स्वतन्त्र छाडिएको थियो। ‘केही गर्दा पनि नसुध्रिएपछि उनको कसैले वास्ता गर्दैनथ्यो। तर, उनको खप्की दिन-दिनै बढ्दो थियो। आफूले भनेजस्तो भएन भने आतंक नै मच्चाउँथे। काट्छु, मार्छु भनेर धम्क्याउँथे’, एक नातेदार भन्छन्।

प्लस टुसम्मको अध्ययन गरेका उनले केही समय अल्का अस्पतालमा कामसमेत गरेका थिए। मोटरसाइकल दुर्घटनामा परेपछि उनले केही वर्षअघि जागिर छाडेका थिए। बाबु-छोरा नै दुर्व्यसनी भएका कारण उनीहरूको घरमा छिमेकीको आउजाउसमेत कम थियो। परिवारले स्वीकृति दिएपछि मंगलबार प्रवीणको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। मृतकका आफन्तले ललितपुर प्रहरीमा उजुरीसमेत दिएका छन्। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप