साउन २५, काठमाडौं । माओवादी केन्द्रले चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी गरेको छ । 

जसअनुसार प्रदेश नम्बर २, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, काठमाडौं । माओवादी केन्द्रले चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी गरेको छ । 

जसअनुसार प्रदेश नम्बर २, "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केन्द्रीय समिति भंग गर्दै माओवादी केन्द्र

२५ श्रावण २०७४, बुधबार ०१:४०

साउन २५, काठमाडौं । माओवादी केन्द्रले चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी गरेको छ । 

जसअनुसार प्रदेश नम्बर २, ३ र ४ अन्तर्गतको केन्द्रीय सदस्यहरूको छुट्टाछुट्टै बैठक राखेर सिंगो केन्द्रीय समिति नै विघटन गर्ने प्रस्तावलाई अनुमोदन गराइसकेको छ ।

मंगलबार मात्र माओवादी केन्द्रले केन्द्रीय नेताहरूलाई एक तह घटुवा गर्दै केन्द्रीय समिति भंग गर्ने प्रस्तावलाई प्रदेश नम्बर ३ बाट अनुमोदन गराएको छ । ३९ सय ९९ जना सदस्य रहेको भद्दा केन्द्रीय समितिले पार्टी जीवनलाई धरापमा पारेको भन्दै माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति भंग गर्ने प्रस्तावलाई सातवटै प्रदेशबाट अनुमोदन गराउँदै छ । यसअन्तर्गत मंगलबार प्रदेश नम्बर ३ अन्तर्गतको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव अनुमोदन भएको हो ।

यस्तै पार्टीले प्रदेश नम्बर २ र प्रदेश नम्बर ४ अन्तर्गतको केन्द्रीय समिति पनि भंग गर्ने प्रस्तावलाई अनुमोदन गराइसकेको छ ।

पार्टी हेडक्वार्टर सदस्य मणि थापाका अनुसार माओवादीले प्रदेश नम्बर ५ अन्तर्गतको केन्द्रीय समितिलाई बुधबार, प्रदेश नम्बर ७ अन्तर्गतको केन्द्रीय समिति १० भदौमा, प्रदेश नम्बर ६ अन्तर्गतको केन्द्रीय समिति ८ भदौमा र प्रदेश नम्बर १ अन्तर्गतको केन्द्रीय समिति १२ भदौमा विघटन गर्ने प्रस्ताव अनुमोदन गराउँदै छ । 

त्यस्तो अनुमोदनका आधारमा पार्टी हेडक्वार्टरले पार्टीको सिंगो केन्द्रीय समिति खारेज गर्ने तयारी गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो