साउन २५, काठमाडौं । पार्टीको नाम ‘नयाँ’ भनेर के गर्नु तरिकाहरु सबै पूरानै चलेपछि । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको प्रवास मामिलामा यस्तै लफडा आइलाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, काठमाडौं । पार्टीको नाम ‘नयाँ’ भनेर के गर्नु तरिकाहरु सबै पूरानै चलेपछि । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको प्रवास मामिलामा यस्तै लफडा आइलाग"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्ति कतारको कमिटी भंग, अध्यक्षलाई डिपोर्ट गर्ने तयारी

२५ श्रावण २०७४, बुधबार ०१:४७

साउन २५, काठमाडौं । पार्टीको नाम ‘नयाँ’ भनेर के गर्नु तरिकाहरु सबै पूरानै चलेपछि । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको प्रवास मामिलामा यस्तै लफडा आइलागेको छ ।

छिमेकी मुलुकहरुसित लफडा झेल्दै गरेको कतारमा नयाँ शक्तिको अध्यक्ष बनाइउका बिबि खराललाई आर्थिक अनियमितताको आरोपमा प्रवास समिति संयोजक नवराज सुवेदी र उपसंयोजक शंकर भण्डारीले कारवाही गरेपछि आजकाल फेसबुकका भित्ताहरु रंगीन हुन थालेका छन् ।

साउदी अरबा ३६ जना पीडित मजदुरको उद्धार गरेर वाहवाही कमाएका बिबि सशस्त्र द्वन्द्वकालमा माओवादी लडाकुका कमाण्डर थिए । नवलपरासीका बासिन्दा, कतारमा मुसलमानबीच घुलमिल हुन ‘खरेल’को सट्टा ‘खराल’ लेख्ने गरेका उनको नेतृत्वको प्रवास कमिटीलाई गतसता पार्टी हेडक्वार्टरले भंग गरिदिएको छ ।

उनलाई त्यहाँबाट डिपोर्ट गरी नेपाल पठाउने तयारी भइरहेको नयाँ शक्ति स्रोतले जनायो । यसअघि शंकरका मानिसहरुले बिबिलाई कतारमै सांघातिक हमला गर्ने योजना बनाएका थिए । खराल पिट्छु भन्ने मात्रै होइन, पिट्नमा पनि माहिर युवा हुन् ।

कतार कमिटीमा आर्थिक कारणले समस्या आएको कुरालाई बिबिकै फेसबुक स्ट्याटसले पुष्टि गर्छ । साउन १४ गते, अर्थात् जुलाई २९ शनिबारको दिन लेखेका छन्, ‘देव परिार र ध्रुव क्षेत्रीलाई ४ सय वटा पार्टी सदस्यता, ओर्जिनल फारम मुठ्ठीदानको हिसाब–किताब, अनि ट्राभलको हिसाब–किताब यथाशीघ्र बुझाउन हार्दिक अनुरोध गरिन्छ । एक वर्षभन्दा बढी भयो, तर नआएसी यो कदम चाल्न बाध्य भएका हौं । एक हप्ताभित्र बुझाए हुन्छ ।’

अर्थात्, पार्टीको नाममा आर्थिक संकलन गर्ने र कुनै बुझबुझारथ नहुने उजुरीपछि त्यहाँको कमिटी भंग गरिएको हो । तर, यसमा दोषी अरु, आरोप खेप्ने बिबि परेको काठमाडौंस्थित नयाँ शक्तिका नेताहरु बताउँछन् । -जनआस्था साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता