१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निगम र व्यवसायीको मिलेमतोमा इन्धन अभाव गराउंदै

२६ श्रावण २०७४, बिहीबार ०१:३१

साउन २६, काठमाडौं । पेट्रोलियम व्यवसायी र आयल निगमको मिलेमतोमा अत्यावश्यकीय वस्तु इन्धन अभाव गराउने प्रपञ्च फेरि सुरु भएको छ । 

निगमले इन्धन क्षतिको विषयमा तयार पारेको प्रतिवेदन कार्यान्वयन गरिरहेको छैन भने व्यवसायीले सिधै ढुवानी बन्द गर्नेगरी विरोधका कार्यक्रम सार्वजनिक गरिरहेका छन्। 

इन्धन ढुवानी क्षेत्रलाई व्यवस्थित बनाउन आयल निगम सञ्चालक समितिको बैठकले कात्तिक २५ गते अध्ययन प्रतिवेदन बनाउने निर्णय गरेको थियो। निर्णयअनुसार गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा आपूर्ति मन्त्रालयका एक र निगमका दुई अधिकारी रहनेगरी उपसमिति गठन भएको थियो। मंसिर १५ भित्र तयार पार्ने कार्यभार भए पनि उपसमितिले आठ महिना लगाएर प्रतिवेदन आपूर्ति मन्त्रालयमा पेश गर्यो।

प्रतिवेदनमा थानकोट डिपोबाट पम्पसम्म ढुवानी गर्दा ४ हजार लिटर पेट्रोलमा ५० लिटर र डिजेलमा ३६ लिटर क्षति हुने उल्लेख थियो। यसमा असन्तुष्ट व्यवसायीहरूले बहाना बनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरे।व्यवसायीले एक दिन ढुवानी ठप्प पारेलगत्तै सञ्चालक समितिले निगमका निर्देशक दीपक बरालको संयोजकत्वमा साउन ३ गते पुनः अर्को कमिटी गठन गरेको थियो।

कमिटीलाई १८ गतेभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिए पनि साउन २४ गते आपूर्ति मन्त्रालयमा २४ गतेमात्र पेश गरेको छ। प्रतिवेदन सार्वजनिक गर्न ढिलो गरेको भन्दै माग पूरा गराउन उनीहरूले इन्धन बिक्री नगर्ने धम्की दिएका छन्। -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते