साउन २८, काठमाडौँ । विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, काठमाडौँ । विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई"/>

२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन एक्लिए बाबुराम, अबको विकल्प के ?

२८ श्रावण २०७४, शनिबार ०१:२१


साउन २८, काठमाडौँ । विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दुई वर्षमै एक्लिएका छन् । ३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक ‘नयाँ कोर्स’ सुरु गरेका भट्टराई आफ्नो अभियानमा कामयावी हुन सकेनन् । 

अन्ततः उनी अहिले आफैंले सुरु गरेको अभियानमा झन्डै ‘एक्लो दौडाहा’ मा छन् । शुक्रबार मात्रै उनलाई औपचारिक रूपमा रामचन्द्र झा, रामकुमार शर्मालगायत मधेसी नेताले साथ छाडेका छन् । ०४० सालदेखि भट्टराईका हरेक ‘स्टेप’ मा साथ दिँदै आएका नेता देवेन्द्र पौडेललगायतले ‘सम्बन्धविच्छेद’ को अन्तिम तयारी गर्दै छन् ।

भट्टराईले ०७० को चैतदेखि नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताका विषयमा बहस चलाउँदै ‘नयाँ शक्ति निर्माण’ को नेतृत्व लिने प्रयास गरेका थिए । तीन दशक बढी समय कम्युनिस्ट पार्टीमा बिताएका उनले ०७२ असोज ९ देखि भने ‘आफैंले योगदान गरेको कम्युनिस्ट पार्टीसँग डिभोर्स’ गर्दै ‘औपचारिक’ रूपमै नयाँ राजनीतिक कोर्स सुरु गरेका थिए ।

तर, उनले बनाउन खोजेजस्तो नयाँ शक्ति दुई वर्षको यो अन्तरालमा बन्न नसकेपछि अहिले उनलाई साथ दिन पुगेका नेता नै धमाधम पार्टीबाट बाहिरन थालेका छन् । उनलाई पार्टी निर्माण अभियानमा सहयोग गर्ने हस्तीहरू देवेन्द्र्र पौडेल, रामचन्द्र झा टाढिएका छन् । रामेश्वर खनाल, मुमाराम खनाललगायत नेता पहिल्यै उनीबाट अलग भइसकेका छन् ।

वैचारिक अस्पष्टता

भट्टराई पार्टी निर्माणको अभियानदेखि नै दुई धारको चेपुवामा परे । माओवादी पृष्ठभूमिबाट गएका नेताहरूका माक्र्सवादी रुझान र गैर-माक्र्सवादी र ब्युरोक्रेसीबाट राजनीति सुरु गर्न खोजेका शक्तिको फरक धारबीचको चेपुवामा भट्टराई सधैँभरि परिरहे ।

त्यसलगत्तै उनले भनिदिए, ‘नयाँ शक्ति कुनै वाद र दर्शनमा आधारित हुने छैन । तर, उनलाई पार्टी निर्माण क्रममा सधैंभरि यही विषयले पिरोलिरह्यो । माओवादी पृष्ठभूमिका नेताले आफूहरूलाई उपेक्षा गरेको तथा ब्युरोक्रेसीबाट आएका अन्यले पार्टीको विभागदेखि अन्य महत्वपूर्ण जिम्मेवारीमा पूर्व माओवादीलाई हाबी गराएको आरोप लागिरह्यो ।

त्यसैलाई चिर्न नसक्नु भट्टराईको मुख्य कमजोरी रहन पुगेको प्राध्यापक कृष्ण खनाल बताउँछन् ।

पछिल्लो झगडाको बीउ

वैचारिक-राजनीतिक विषयमा भट्टराईको विद्वतामाथि ‘अति विश्वासपात्र’ मानिएकै देवेन्द्र पौडेललगायत नेताले प्रश्न उठाए । पार्टीको विचार, कार्यदिशा र नेतृत्वमा अलमलमा रहेको प्रश्न पौडेलले उठाएपछि अहिले भट्टराईले पौडेललगायत १५ जनालाई २४ घन्टे प्रस्टीकरण सोधेका छन् । शुक्रबार भट्टराईले यस विषयमा प्रस्ट्याउन पौडेललगायत नेतालाई स्पष्टीकरण सोधेका हुन् ।

पौडेलले भने बिहीबार नै नेता वामदेव क्षत्रीलाई साथमा लिएर भट्टराईसँग आफूहरूले नयाँ राजनीतिक बहस सुरु गर्न लागेको जानकारी दिएका थिए । पौडेल पक्षले आफूहरूलाई कारबाही गरे नयाँ कोर्स सुरु गर्न सजिलो हुने ठानेर २६ साउनमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

स्थानीय तह निर्वाचनको परिणाम पार्टीको पक्षमा अनपेक्षित आएपछि पौडेल समूह बृहत् राजनीतिक धु्रवीकरणको पक्षमा उभिएको थियो । यसलाई भट्टराईले सुरुमै नकारात्मक रूपमा लिइदिएपछि पौडेलले नयाँ कदम चाल्न लागेको उनको समूहमा अहिले रहेका एक नेताले अन्नपूर्णसँग भने ।

अबको विकल्प ?

‘जातिवाद र माओवादका दुवै अतिवादी चिन्तन लाखापाखा लागेपछि उहाँले आफूलाई नयाँ ढंगले सोचेर वैकल्पिक शक्तिका रूपमा नयाँ ढंगले नेतृत्व गर्ने सम्भावना एउटा देखिन्छ’, खनाल थप्छन्, ‘त्यो भनेको भट्टराईले नयाँ शक्ति, अहिले आएको विवेकशील साझा पार्टीसम्मको एकीकृत नेतृत्व गर्न सक्छन् ।’

भट्टराईका लागि दोस्रो विकल्प भनेको उनी अहिलेको मूल राजनीतिक शक्तिमै फर्कने विकल्प हो । ‘भट्टराई फेरि पनि अहिले रहेकै मूल स्टेपमा रहेको राजनीतिक शक्तिसँगको सहकार्यमा जान सक्छन्, यो पनि एउटा विकल्प छ,’ खनाल भन्छन्, ‘त्यो विकल्पमा जाँदा उनलाई सबैभन्दा सहज भनेकै माओवादीमै फर्कने हुन्छ ।’

तेस्रो विकल्प भनेको भट्टराई स्वतन्त्र भएरै बस्ने हो । उनी एकेडेमिक रूपमा अध्ययन÷अध्यापन गराएर बस्न सक्छन् । ‘यी तीन विकल्प मात्रै भट्टराईसँग बाँकी हुनेछन्,’ खनालले भने ।

भट्टराईको राजनीतिक उतारचढाव

- चैत, ०७० मा नयाँ शक्ति निर्माणको बहस प्रारम्भ

- ३ असोज ०७२ मा संविधान जारी भएलगत्तै ९ असोजमा एमाओवादी र संसद् सदस्य पद त्याग ।

- ६ र ७ असोज, ०७२ मा नयाँ शक्ति निर्माण अभियानमा संलग्न हुन चाहने पूर्वएमाओवादीको राष्ट्रिय भेला आह्वान ।

- १० माघ ०७२ मा नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद् घोषणा ।

- ३० जेठ ०७३ मा काठमाडौंको रंगशालाबाट नयाँ शक्ति पार्टी गठनको घोषणा ।

ध्रुवीकरण र एकता

- गंगा चौधरी सत्गौवा नेतृत्वको थरुहट तराई पार्टीसँगको एकता

- देवी ओझा नेतृत्वको लोकतान्त्रिक मञ्चसँगको एकता

- प्रकाश विकल्प नेतृत्वको युवा सुशासन अभियानसँगको एकता

- सुनील खड्का नेतृत्वको मातृभूमिका लागि युवा अभियानसँगको एकता

- दानबहादुर चौधरी नेतृत्वको लोकतान्त्रिक फोरमको समूहसँग एकता

- भीमबहादुर कडायत नेतृत्वको माओवादी केन्द्रको समूहसँग एकता

- प्रगतिशील रूपान्तरण समूहसँगको एकता

भट्टराईसँगको सम्बन्धविच्छेदको शृंखला

- मुमाराम खनालको सम्बन्धविच्छेद

- रामेश्वर खनालको सम्बन्धविच्छेद

- रामचन्द्र झा, रामकुमार शर्मासँगको सम्बन्धविच्छेद

- देवेन्द्र पौडेललगायत पूर्वमाओवादीसँग सम्बन्धविच्छेदको तयारी

राजनीतिक मोड

१ वैशाख ०३५ मा बाबुरामले राजनीतिमा समर्पित गर्दै नयाँ मान्यताको प्रादुर्भाव गर्ने गरी जीवनको लक्ष्य बनाएका थिए ।

०३७ सालमा राजु नेपालीमार्फत कम्युनिस्ट सदस्यता लिएका । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप