साउन २८, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गरेर मात्र आफू भारत भ्रमणमा जाने बताएका छन्। ‘राजपासँग वर्तमान गठबन्धनले गरेको तीनबुँदे सहमतिअनुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गरेर मात्र आफू भारत भ्रमणमा जाने बताएका छन्। ‘राजपासँग वर्तमान गठबन्धनले गरेको तीनबुँदे सहमतिअनुस"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपालाई मिलाउन भारतको अप्रत्यक्ष संलग्नता

२०७४, २८ श्रावण शनिबार ०१:२७


साउन २८, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गरेर मात्र आफू भारत भ्रमणमा जाने बताएका छन्। ‘राजपासँग वर्तमान गठबन्धनले गरेको तीनबुँदे सहमतिअनुसार संविधान संशोधन प्रमुख मुद्दा भएकाले त्यसका लागि दुईतिहाइ मत पुग्छ’, प्रधानमन्त्री देउवाले राजपा नेताहरूसँगको बैठकमा भने, ‘संशोधन विधेयक पारित हुन्छ।’ 

प्रधानमन्त्री देउवा आगामी भदौ ७ गते भारत भ्रमणमा जाने कार्यक्रम छ। त्यसअगावै संविधान संशोधनसहितका माग सम्बोधन गर्ने विषयमा शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटामा सत्तारुढ-राजपा बैठक बसेको थियो। राजपा नेता शरत्सिंह भण्डारीले कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरूबीच साउनभित्र संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजाने र त्यसलाई केही दिनमै टुंग्याउने सहमति बनेको जानकारी दिए। संशोधन विधेयक पारित हुने आधार देखेरै प्रक्रियामा लैजान सहमत भएको नेता भण्डारीले बताए।

‘पहिले राप्रपाका कारण संविधान संशोधन हुन सकेन। मंगलबार मात्र राप्रपाका अध्यक्ष कमल थापाले मधेसको मुद्दा सम्बोधन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरे’, उनले भने, ‘सरकारले संशोधन विधेयक पारित गर्न संसद्मा ल्याए उहाँहरूले सहयोग गर्नुहुनेछ।’ उनले संशोधन विधेयकमाथि मतदान हुँदा पास/फेल जे भए पनि आफूहरूले स्वीकार गर्ने बताए। ‘खेल खेल्न जाने खेलाडीले खेलको नियम मान्छ, मान्नुपर्छ’, उनले भने।

राजपासँग सहमति अड्किरहेका बेला नेपालको दुई दिने भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराजले बिहीबार प्रधानमन्त्री देउवासँग ‘वान टु वान’ र राजपाका ६ शीर्ष नेतासँगको संयुक्त भेटमा संविधान संशोधन र निर्वाचनमा राजपाको सहभागिताका विषयलाई प्राथमिकता दिएकी थिइन्। स्वराजसँग गोप्य मन्त्रणाको १२ घन्टा नपुग्दै सत्तापक्ष र राजपाबीच सहमति भएको हो।

सत्तारुढसँगको बैठकमा राजपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीबाट व्यक्त प्रतिबद्धता कार्यान्वयन भए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताए। बैठकको प्रारम्भमा राजपा अध्यक्ष ठाकुरले एक वर्ष पुगेको राजपा र सरकारबीचको तीनबुँदे सहमतिको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए।

प्रधानमन्त्री देउवाले ठाकुरको जिज्ञासा संसद्को आगामी बैठकसम्ममा पूरा हुने प्रतिबद्धता व्यक्त गरे। ‘तपाईंहरू ढुक्क हुनुहोस्, आगामी संसद् बैठकमा संविधान संशोधन विधेयक टेबल हुन्छ। म भारत भ्रमणमा जानुअघि संशोधन विधेयक पारित हुन्छ, अब डराउनुपर्दैन’, उनले भने, ‘दुईतिहाइका लागि चाहिने मत पुगिसकेको छ।

देउवाको भनाइप्रति समर्थन जनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्काल भने, ‘संशोधन विधेयक पारित गर्नु गठबन्धन सरकारकै प्रतिष्ठाको विषय हो।’ प्रधानमन्त्रीले राजपाका अन्य मागका सम्बन्धमा सहिद घोषणा गर्न एक जना बाँकी रहेको, घाइतेको उपचार पूरा भएको, अपांग भएकाहरूलाई द्वन्द्वकालको जस्तै सुविधा दिइने बताएका थिए। यसैगरी, स्थानीय तहको संख्या थप गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएकाले सोहीअनुसार हुने, गृह मन्त्रालयअन्तर्गतका मुद्दा मन्त्रिपरिषद्बाट र अदालतमा परेका मुद्दा सोही प्रक्रियाअनुसार फिर्ता हुने, यी सबै कार्य साउनभित्र सकिने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको राजपा नेता अनिलकुमार झाले अन्नपूर्णसँग बताए।

माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले संसद्को आगामी बैठकमा संशोधन विधेयक पेस गरी केही दिनमै पारित गर्ने बताए। ‘सरकारले राजपाका माग पूरा गरेपछि उनीहरू निर्वाचनमा नजाने प्रश्नै उठ्दैन’, नेता यादवले भने, ‘निर्वाचनमा जान्छन्, जानुपर्छ।’

राजपालाई मिलाउन भारतको अप्रत्यक्ष संलग्नता

सत्तापक्ष र राजपाबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिमा भारतको अप्रत्यक्ष संलग्नता देखिएको छ। बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराजले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टु वान’ र राजपाका शीर्ष नेतासँग छुट्टै वार्ता गरेकी थिइन्। भारतीय मन्त्री स्वराजले ‘तपाईंहरूको निर्णय तपाईंहरूले नै गर्ने हो’ भन्दै संविधान संशोधन र स्थानीय निर्वाचनमा सहभागिताका लागि एकता आवश्यक रहेकोमा जोड दिएकी थिइन्।

राजपाका एक नेताले स्वराजको भनाइ उद्धृत गर्दै भने, ‘तपाईंहरू ६ जना ६ तिरै किन मुख फर्काउनुहुन्छ ? , एकताको घोषणादेखि तपाईंहरू एक हुनुहुन्न।’ तत्काल राजपाका नेताले आफूहरू एकजुट रहेको उल्लेख गर्दा स्वराजले भनेकी थिइन्, ‘मेरो रिपोर्टमा त त्यस्तो छैन। तपाईंहरू एकजुट नभएसम्म राजपाको मुद्दा सम्बोधन हुन गाह्रो छ।’ 

भारतीय राजदूत मञ्जीवसिंह पुरीले संविधान संशोधन र स्थानीय निर्वाचनमा राजपाको सहभागिताका लागि दूतावासमा ‘ब्रेक फास्ट’, ‘लन्च’ र ‘डिनर’को आयोजनासमेत गर्दै आएका छन्। संशोधनमा सहमत गराउनका लागि राजदूत पुरी पटक-पटक प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली निवाससमेत पुगेका छन्। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस