साउन ३०, काठमाडौं । गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पुर्‍याउने मुख्य मागसहित २१ दिनदेखि आमरण अनशनरत प्रा.डा.गोविन्द केसी आइतवार आफूल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३०, काठमाडौं । गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पुर्‍याउने मुख्य मागसहित २१ दिनदेखि आमरण अनशनरत प्रा.डा.गोविन्द केसी आइतवार आफूल"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोल्न सकेनन् डा.केसी

३० श्रावण २०७४, सोमबार ०२:१८


साउन ३०, काठमाडौं । गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पुर्‍याउने मुख्य मागसहित २१ दिनदेखि आमरण अनशनरत प्रा.डा.गोविन्द केसी आइतवार आफूलाई भेटन आएका कांग्रेस नेता रामचन्द्र पौडेलसँग बोल्न सकेनन् ।

पौडेलसंग थोरै बोल्ने प्रयास गर्नासाथ केसीको सास बढ्यो, मुटुको चाल एक्कासी प्रतिमिनेट दुई सयभन्दा बढी भयो, अनि वार्तालापै रोक्नुपर्‍यो । त्यसपछि उनीसँगै रहेका चिकित्सकले पौडेलले सोधेका प्रश्नको जवाफ फर्काएका थिए

‘उहाँ बसेर विस्तारै कुरा गर्न थाल्दासमेत मुटुको चाल १८० देखि २०० प्रतिमिनेट सम्म पुग्छ’ त्रिवि शिक्षण अस्पतालका आइसियु इन्चार्ज डा.सुभास आचार्यले भने, ‘शरीरमा भएको इलेक्ट्रोलाइटअन्तर्गत पोटासियम र म्याग्नेसियम कम भएर मुटुको चालमा घटबढ हुनेगरी यस्तो असर परेको हो ।’

एक्कासी मुटुको चाल घटबढ भएर नियन्त्रणमा नआए बेहोस हुने र मृत्युसमेत हुन सक्ने जोखिम रहेको औंल्याउँदै डा.आचार्यले भने, ‘यस्तो अवस्थामा हृदयाघात, एक्कासी मुटु बन्द हुने, होस हराउने, रक्तचाप कम हुने र अन्तत: मृत्युसमेत हुन सक्ने जोखिम छ ।’

डा. केसीको अवस्था कुनै पनि बेला गम्भीर हुन सक्ने चेतावनी दिंदै विशेषज्ञहरूले मेडिकल टोलीले समयमै उनलाई सहायक उपचार दिन नपाए अवस्था गम्भिर हुन सक्ने बताउछन् ।

‘उहाँ (केसी) आफनो चेतना भएसम्म उपचार गर्न मान्नु हुन्न’ डा.आचार्यले भने, ‘उहाँको चेतना नभएपछि हामीले उपचार गर्न खोजे पनि ढिलो हुन सक्छ, मुटूको चाल गडबड भएर वेहोस भएपछि उपचार गर्न खोजे पनि पूर्व अवस्थामा फर्काउन कठिन हुन सक्छ ।’

चिकित्सकका अनुसार डा. केसीको शरीरमा अनसनको तेस्रो दिनदेखि नै किटोनको स्तर बढेको छ । एउटा सकारात्मक कुरा के छ भने केसीको शरीरमा अम्लीयता धेरै बढन पाएको छैन । अम्लीयता बढे शरीरमा थप नकारात्मक असर पर्छ ।

वार्ता भएन

डा.केसी र सरकारबीच आमरण अनसनको २१ औं दिन आइतवारसमेत वार्ता भएन । सरकारले १८ दिनअघि डा.केसीका माग सम्वोधन गर्न वार्ता समिति बनाए पनि हालसम्म ठोस छलफल अघि बढ्न सकेको छैन ।

संसदमा रहेको चिकित्सा शिक्षा ऐन संशोधन विधेयकको विषयमा सरकारसंग सहमती हुन नसकेकाले आइतवार दुवै पक्षबीच वार्ता नभएको डा.केसीका प्रतिनिधि डा.वाईपी सिंहले जानकारी दिए । 

उनका अनुसार डा.केसीका मागको एक नम्वर बुँदामा सहमती भएपछि मात्र थप वार्ता हुनेछ । सरकारी वार्ता टोली गैरजिम्मेवार भएकाले ठोस छलफल अघि बढ्न नसकेको आरोप डा.केसीका अर्का प्रतिनिधि डा.अभिषेक राज सिंहले लगाए । 

उनले डा.केसीको स्वास्थ्य स्थिति जटिल बन्न लाग्दासमेत सरकारी पक्ष संवेदनशील नभएको गुनासो गरे ।  -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु