१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयल निगमद्वारा मूल्य नभन्न भन्दै जग्गाधनीलाई धम्की !

३१ श्रावण २०७४, मंगलवार ०१:०६

साउन ३१, काठमाडौं | नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन् । 

चलनचल्तीको मूल्यभन्दा निकै महँगोमा जग्गा किनेर करोडौं रूपैयाँ घोटाला गरेपछि निगमले किनेको जग्गा हेर्न संसदीय समिति अनुगमनमा आउने भनेपछि बिचौलिया मार्फत आफूले बेचेको जग्गाको सही मूल्य नभन्न धम्की दिएका हुन्।

निगमले झापामा जग्गा किन्ने क्रममा अधिकांश जग्गाधनीलाई अतिरिक्त रकम दिएर दोब्बर भन्दा बढी मूल्यको कागजातमा हस्ताक्षर गराएको खुलेको छ। कसैलाई पनि वास्तविक मूल्यबारे नबताउने शर्तमा राज्यकोषको लाखौ रकम खर्चेको आयल निगम नेतृत्वले सञ्चार माध्यमसँग मुख खोल्न थालेका जग्गा धनीलाई चुप बस्न भनेका छन्।

सरकारी मूल्याङ्कन वा चलनचल्तीको भाउ भन्दा दोब्बर मूल्यमा जग्गा किनबेच भउको देखाएर करोडौं रकम घोटाला भएको आरोप खेपिरहेका आयल निगम नेतृत्वले जग्गाधनीको मुख थुन्न राज्यकोषको अतिरिक्त रकमसमेत खर्चेको हो। जग्गा बिक्री गर्दा त्यसरी अतिरिक्त पैसा बुझेकै कारण जग्गा धनी मौन बसेका छन्। केहीले भने लामो अनुरोध पछि कुरा खोलेका छन्। – यो खबर नागरिकमा राजु अधिकारीले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु