साउन ३१, काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको क्रममा तीन मुख्य विषयमा सम्झौता हुने भएको छ ।

पुनर्निर्माणका लागि एक अर्ब चिनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको क्रममा तीन मुख्य विषयमा सम्झौता हुने भएको छ ।

पुनर्निर्माणका लागि एक अर्ब चिनि"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र चीनबीच यस्ता तीन महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुँदैछ

२०७४, ३१ श्रावण मंगलवार ०१:१४

साउन ३१, काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको क्रममा तीन मुख्य विषयमा सम्झौता हुने भएको छ ।

पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान सहयोग सम्झौता हुँदैछ । आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि सम्झौता हुने छ । पेट्रोलियम पदार्थ, ग्यास र खानी अन्वेषणका लागि चीनले सर्वेक्षण गर्नेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर हुँदैछ । यसका साथै नेपालमा चिनियाँ लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा समेत नेपाल र चीनले हस्ताक्षर गर्नेछन् ।

चीनले डोक्लामा मुद्दामा नेपालको तटस्थता कायमै रहोस् भन्ने चाहना राखेको छ । जानकार कूटनीतिक स्रोतका अनुसार, नेपालले डोक्लाम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रुपमा लिएको छ ।

नेपालले डोक्लाम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा रहेको भ्रमणबारे जानकार एक कूटनीतिक अधिकारीले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा डोक्लाम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको अधिकारीहरुले बताए । – अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ