७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या

३२ श्रावण २०७४, बुधबार ०१:३५


साउन ३२, जनकपुर । जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ । 

जनकपुर उपमहानगरपालिका १ मुसहरी टोलका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविका साहको बलात्कार पछि हत्या गरिएको हो। साहको घरमै डेरा गरी बस्दै आएका महोत्तरी जिल्लाको बहेडा बेला ४ निवासी ३५ वर्षीय रामचन्द्र महतोले विविकाको बलात्कारपछि हत्या गरेका हुन्।

मंगलबार घरमा आमा बुवा नभएको बेला विविका र उनकी १० वर्षीया कान्छी बहिनी पुष्पा घरमा बसेका थिए। सोही घरमा अर्को कोठा भाडा लिएर बस्दै आएका महतोले दिउँसो मृतककी कान्छी बहिनी पुष्पालाई घरबाट अली पर रहेको पसलबाट पानपराग र चकलेट किनेर ल्याउन फकाए। पुष्पा घरबाट निस्केर पसल गएपछि विविका एक्लै थिइन्। सोही बेलामा महतोले उनलाई बलात्कार गरी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए।

पुष्पाले प्रहरीलाई बताए अनुसार आफू पसलबाट फर्केर आउने बेलामा दिदी जोडजोडले कराएको सुनेकी थिइन्। उनलाई दिदीलाई बिजुलीमा करेन्ट लाग्यो कि भन्ने आशंका लागेको बताइन्। उनी आत्तिदै आफ्नो छिमेकीलाई सहयोगको लागि गुहार गर्दै कराइन्। एकछिनमै छिमेकीहरु जम्मा भएर घरभित्र पस्दा महतोले विविकाको घाँटी थिचेर हत्या गरी काठको खाली बाकसमा शव राखिसकेका थिए। महतोलाई

स्थानीयहरुले कुटपिट गर्दै समाते र विविकालाई उपचारको लागि जनकपुर अंचल अस्पताल पुर्याए तर, अस्पताल पुग्दासम्म उनको उपचारमा ढिलो भइसकेको थियो । महतोलाई स्थानीयहरुले कुटपिट गरेको हुंदा उनलाई प्रहरीले नियन्त्रणमा लिएर हाल उपचारको लागि जनकपुर अंचल अस्पतालमा भर्ना गराएको छ।

एकछिन् अगाडि दिदिसँग खेल्दै गर्दा केही बेरमै उनको मृत्यु भएको देखकी पुष्पमा बोल्नै नसक्ने भएकी छिन्। उनी अहिले पनि दिदी बितेको कुरा मान्न सकेकी छैनन्। हाल विविकाको शव परिक्षणको लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ। -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति