भदौ १, काठमाडौं । कोसीको पानी नेपाली भूभागमा छिरेका कारण सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब एक सय ६० वर्गकिलोमिटर क्षेत्र डुबानमा परेको तथ्य फेला परेको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, काठमाडौं । कोसीको पानी नेपाली भूभागमा छिरेका कारण सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब एक सय ६० वर्गकिलोमिटर क्षेत्र डुबानमा परेको तथ्य फेला परेको छ "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय तटबन्धले नेपालमा डुबान, कैयौंको उठिबास

१ भाद्र २०७४, बिहीबार ०२:११


भदौ १, काठमाडौं । कोसीको पानी नेपाली भूभागमा छिरेका कारण सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब एक सय ६० वर्गकिलोमिटर क्षेत्र डुबानमा परेको तथ्य फेला परेको छ ।

यसबाट ६ सय परिवारको उठिबास भएको छ भने हजारौं बिघा जमिनमा लगाइएको धानबाली सखाप भएको छ । भारतले बनाएको पश्चिमी तटबन्ध (भारदहदेखि तिलाठीसम्म) राखिएका ६ वटा जलद्वार (स्लुइस गेट) बाट कोसीको पानी नेपाली भूभागमा छिरेको हो । 

यी जलद्वारबाट केही वर्षअघिसम्म नेपाली भूभागको पानी कोसीमा गएर मिसिन्थ्यो । यी क्षेत्रमा पानी नपस्ने र डुबान नहुने भएकाले यिनलाई ‘सुरक्षित क्षेत्र’ का रूपमा ‘चर्चित’ रहेको रम्पुरा मल्हनियाँका वासिन्दा तथा अधिवक्ता देवनारायण यादवले बताए ।

उनका अनुसार, च्यानलाइज गरेपछि कोसीको पानीले भारदह, हनुमाननगर हुँदै इनरवा, कोबर्साइन, रम्पुरा मल्हानियाँ, कोइलाडी, सकरपुरा, तिलाठी, जोगनिया वडा नं. १ र २, लाई डुबानमा पारेको हो । कोसीको पानीले मात्र १० किलोमिटर चौडाइ र १६ किलोमिटर लम्बाइको नेपाली भूभाग डुबानमा परेको यादवले बताए । नेपालमै उत्पत्ति भएको मौलीको पानीसमेत कोसीमा मिसिने गरेको थियो । तर, मौलीको पानीसमेत डुबानको कारक बन्यो । ‘सुरुदेखि नै कोसीका ५६ ढोकामध्ये पश्चिमतर्फ (नेपाली भूभाग आउने) का ढोका खोलिदियो, जसले गर्दा पानी यतै (नेपालतर्फ) आयो,’ उनले भने ।

भारतले गत वर्ष ‘कोसी पश्चिमी तटबन्ध बाढी नियन्त्रण आयोजना’ कोसीको पानीलाई मध्यभागबाट बगाउने उद्देश्यले ब्यारेजदेखि तल तीन किलोमिटर ‘च्यानलु खनेपछि कोसीको पानी मध्यतिर नगई पश्चिमी (नेपाली क्षेत्र) तर्फ सोहोरिएर नेपाली भूभाग डुबानमा परेको हो । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु