भदौ १, काठमाडौं । कांग्रेसले दुई सय सात सांसदको एक महिनाको पारिश्रमिक बाढीपहिरोपीडितलाई दिने घोषणा गरेको छ । 

कार्यसम्पादन समिति बैठकले गरेको निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, काठमाडौं । कांग्रेसले दुई सय सात सांसदको एक महिनाको पारिश्रमिक बाढीपहिरोपीडितलाई दिने घोषणा गरेको छ । 

कार्यसम्पादन समिति बैठकले गरेको निर"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी-पहिरो पीडितलाई राहत दिन को–को अघि सरे ?

१ भाद्र २०७४, बिहीबार ०२:३२


भदौ १, काठमाडौं । कांग्रेसले दुई सय सात सांसदको एक महिनाको पारिश्रमिक बाढीपहिरोपीडितलाई दिने घोषणा गरेको छ । 

कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार सांसदको पारिश्रमिक एक करोड १५ लाख बाढीपहिरोपीडितलाई उपलब्ध गराउने गरी छुट्याउन संसदीय दलको कार्यालयलाई पत्र काटिसकेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

कांग्रेसले ‘कांग्रेस बाढीपीडित राहत कोष’ नाममा बैँक खाता खोलेर केन्द्रदेखि जिल्ला कार्यसमिति र पार्टीका चार लाख ७० हजार क्रियाशील सदस्यलाई राष्ट्रिय शोकमा स्वेच्छाले सहयोग गर्न सर्कुलर जारी गरिसकेको केसीले जनाए ।

सांसदबाट ८२ लाख संकलन गर्दै एमाले 

एमालेले बाढीपहिरोपीडित परिवारका लागि पार्टीका सांसदबाट एकमुष्ट ८२ लाख रुपैयाँ राहत संकलन गर्ने भएको छ । सचेतक गोकुल घर्तीका अनुसार एक सय ७९ सांसदको तलब एकमुष्ट जम्मा गरी पार्टीले स्थापना गरेको प्राकृतिक विपत्ति कोषमा जम्मा गरिनेछ । सचेतक घर्तीका अनुसार एक सय ७९ सांसदको तलब एकमुष्ट जम्मा गरी पार्टीले स्थापना गरेको प्राकृतिक विपत्ति कोषमा जम्मा गरिनेछ । कोषमा जम्मा भएको रकम छिटै पीडित परिवारलाई हस्तान्तरण गरिने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए।

माओवादी सांसदबाट ४५ लाख सहयोग घोषणा

माओवादी केन्द्रका सबै सांसदले एक महिनाबराबरको तलब बाढीपीडितलाई दिने भएका छन् । माओवादी संसदीय दलको बैठकले सांसदको एक महिनाबराबरको तलब दिने निर्णय गरेको प्रमुख सचेतक रेखा शर्माले बताइन् । माओवादीका कुल ८२ जना सांसदबाट ४५ लाख २८ हजार ८ सय ६० रुपैयाँ बाढीपीडितले पाउने भएका छन् ।

राजपाका सांसदको पनि एक महिनाको तलब दिइने 

राजपाले २४ सांसदको एक महिनाको तलब बाढी र डुबानपीडितलाई राहतस्वरूप वितरण गर्ने निर्णय गरेको छ । सांसदको तलबबाट संकलित रकम आफ्नै कोषबाट खर्च गर्ने तयारी राजपाको छ । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा नगर्ने महामन्त्री केशव झाले बताए ।

राहत संकलन गर्न समाजवादी फोरम पनि सक्रिय

संघीय समाजवादी फोरमले पनि १५ सांसदको एक महिनाको तलब पीडितलाई राहतस्वरूप वितरण गर्ने भएको छ । फोरमले केन्द्रीय सदस्यबाट कम्तीमा दुई हजार र राजनीतिक समिति सदस्य तथा पदाधिकारीबाट कम्तीमा तीन हजार संकलन गर्ने निर्णय गरेको वरिष्ठ नेता अशोक राईले बताए ।

लोकतान्त्रिक फोरम र दुवै राप्रपा अनिर्णीत

सत्तारुढ दल लोकतान्त्रिक फोरमले अहिलेसम्म कति सहयोग गर्ने भन्ने औपचारिक निर्णय गरिसकेको छैन । लोकतान्त्रिक फोरमका १७ सांसद छन् ।

कमल थापाको नेतृत्वमा रहेको राप्रपा र राप्रपा प्रजातान्त्रिकका नाममा दर्ता हुन निर्वाचन आयोग पुगेको पशुपतिशमशेर राणा नेतृत्वका सांसदले बाढीपहिरोपीडितलाई दिने सहयोगबारे अहिलेसम्म निर्णय गरेका छैनन् । दुवै दलका गरी संसद्मा ३६ सांसद छन् ।

कोषको एक अर्ब निकासा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । कोषले तत्काल पहिलो किस्तामा ५० करोड र दोस्रो किस्तामा ५० करोड दिने गरी १ अर्ब रुपैयाँ निकासा गरेको हो ।

मन्त्रीको एक महिनाको तलब

प्रधानमन्त्रीसहित २७ मन्त्रीले एक महिनाको तलबबापत १६ लाख ७५ हजार १ सय ९० रुपैयाँ बाढी प्रभावितलाई दिने निर्णय गरिसकेका छन् । कर्मचारीले पनि एक दिनदेखि पाँच दिनसम्मको तलब बाढी प्रभावितलाई दिने निर्णय गरेका छन् ।

एनआरएनबाट डेढ करोड संकलन

गैरआवासीय नेपाली संघ (एनआरएनए)का तर्फबाट डेढ करोड संकलन भइसकेको छ । अध्यक्ष शेष घले र पत्नी जमुना गुरुङको तर्फबाट मात्र एक करोड योगदान भएको छ ।

एफएनसिसिआईबाट एक करोड घोषणा

नेपाल उद्योग वाणिज्य महासंघले बाढीपहिरोपीडितका लागि नगद तथा जिन्सीसमेत गरी १ करोड रुपैयाँबराबरको राहत दिने घोषणा गरेको छ । महासंघले आफ्नातर्फबाट १० लाख तथा सहयोगी संस्थाहरूबाट थप सहयोग संकलन गर्ने अभियान चलाइरहेको छ ।

सिएनआईको ५० लाख सहयोग

उद्योग परिसंघले बाढीपहिरोपीडितका लागि ५० लाख रुपैयाँबराबरको सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । परिसंघले उक्त कोषबाट सोही रकमबराबरको आवश्यक खाद्यान्न, औषधि एवं आपत्कालीन सामग्री प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र वाणिज्य मन्त्रालयसँग समन्वय गरी हस्तान्तरण गर्ने जनाएको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश