भदौ २, काठमाडौं । माओवादी केन्द्रको युवा भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)को दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन आज हुँदै छ । 

बिहान ११ बजे "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २, काठमाडौं । माओवादी केन्द्रको युवा भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)को दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन आज हुँदै छ । 

बिहान ११ बजे "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाईसीएलको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट, नेतृत्वका लागि तीनजनाको प्रतिस्पर्धामा

२ भाद्र २०७४, शुक्रबार ०१:४९


भदौ २, काठमाडौं । माओवादी केन्द्रको युवा भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)को दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन आज हुँदै छ । 

बिहान ११ बजे कोटेश्वर पार्टी प्यालेस, जडिबुटीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । वाईसीएलको नयाँ नेतृत्व सहमतिबाटै आउने सम्भावना देखिएको छ । गत वर्ष १० माओवादी घटकबीच एकता भएको थियो । 

‘राष्ट्रिय सम्मेलनबाट सहमतिमै नयाँ नेतृत्व आउने सम्भावना धेरै देखिएको छ,’ वाइसीएल संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भने, ‘सहमति नभएमा मात्र निर्वाचनमा जान्छौं ।’

निर्वाचनमा जाने सम्भावना भने एकदमै कम रहेको उनको भनाइ छ । यदि वाइसिएलमा निर्वाचनबाट नयाँ नेतृत्व आएमा माओवादी पाटीृकै नयाँ अभ्यास सुरु हुनेछ ।

वाईसीएल नेतृत्वका लागि प्रतिस्पर्धामा तीनजना

वाइसीएलको अध्यक्षका लागि तीनजनाले आकांक्षा देखाएका छन् । जसमा रामप्रसाद सापकोटा दीपशिखा, लक्ष्मी चौलागाईं र दीपक देवकोटा छन् । सापकोटा संगठन विभाग प्रमुख र पूर्व जनमुक्ति सेना हुन् । 

दीपक लामो समयदेखि कम्युनिस्ट राजनीतिमा क्रियाशिल छन् भने चौलागाईं पूर्वजनमुक्ति सेना हुन् । वाइसीएल महासचिवका लागि सुबोध शेर्पाली र सुमन देवकोटाबीच प्रतिस्पर्धा छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु