भदौ ३, काठमाडौँ । बगाउँदै गर्दा सानुमायाले एउटा रूख समात्न सकिन् र त्यसमा चढिन् । 

अब बाँचिन्छजस्तो भएको थियो, त्यसलै रूखमै चढिरहेको वेला सानुमाय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३, काठमाडौँ । बगाउँदै गर्दा सानुमायाले एउटा रूख समात्न सकिन् र त्यसमा चढिन् । 

अब बाँचिन्छजस्तो भएको थियो, त्यसलै रूखमै चढिरहेको वेला सानुमाय"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् चार घन्टा बाढीमा बगेर बाँच्न सफल भएकी सानुमाया

२०७४, ३ भाद्र शनिबार ०१:४१


भदौ ३, काठमाडौँ । बगाउँदै गर्दा सानुमायाले एउटा रूख समात्न सकिन् र त्यसमा चढिन् । 

अब बाँचिन्छजस्तो भएको थियो, त्यसलै रूखमै चढिरहेको वेला सानुमायाले काठमाडौंमा रहेकी आमालाई फोन गरेर बाढीले बगाएको, तर आफू रूखमा चढेर बाँच्न सफल भएको जानकारी दिएकी थिइन् । तर, त्यही रूखले पनि बाढीको वेग थाम्न सकेन र केहीबेरमै ढल्यो । अब बाढीले रूखसँगै सानुमायालाई पनि बगाउन थाल्यो ।

बर्खाको बाढीमा चार घन्टा लगातार बगेर पनि जीवित रहनु असम्भव नै हो । बाढीले झन्डै १० किलोमिटर टाढासम्म बगाउँदा साहस र संयोगले साथ दियो, त्यसैले बाँचिन् सानुमाया राई । तर, त्यही घटना उनका दिदी–भिनाजुका लागि दुर्भाग्य बन्यो । दिदीको शव भेटिएको छ भने भिनाजु अझै बेपत्ता छन् ।

इटहरी गैरीगाउँकी सानुमायालाई इटहरीकै जनता बस्तीस्थित दिदीको घरमा मध्यरातमा सुतिरेहकै वेला बाढीले बगाएको थियो । 

सानुमाया छुट्टीका वेलामा दिदीको घर जान्थिन् । यसपालि पनि दिदीका तीन वर्षीय छोरा निमेशको शनिबार बर्थ डे मनाउने भनेर अघिल्लै दिन दिदीको घर पुगेकी थिइन् । अर्को दिन ‘बर्थ डे’ मनाउने तयारी गरेर राति ११ बजे उनीहरू सुतेका थिए । रातको १२ बजे सुसाउँदै खोला आयो । बाढी आइरहेकाले बाहिर मान्छेहरू चिच्याइरहेका थिए । तर, आफूहरू सुरक्षित रहनेमा सानुमाया ढुक्क थिइन् । टिनको छानो र इँटाको गारो भएकाले घर दरिलै छ भन्ने उनको सोचाइ थियो ।

बाढी घरमा पसेको सबैभन्दा पहिले आफूले नै थाहा पाएको उनले बताइन् । थाहा पाउन्जेल बाढी घरको माथि–माथिसम्म पुगिसकेको थियो । हेर्दाहेर्दै बाढीले घरको गारो भत्कायो । उनीहरू अत्तालिए । बचाउ–बचाउ भन्दै गुहार मागे । तर, कसैले सुनेनन् । टोल सुनसान थियो । 

कसले सहयोग गर्नू ? बाढीले उनीहरूलाई बगाउँदै लग्यो । बगाउँदै गर्दा सानुमायाले एउटा रूख समात्न सकिन् र त्यसमा चढिन् । अब बाँचिन्छजस्तो भएको थियो, त्यसैले रूखमै चढिरहेको वेला सानुमायाले काठमाडौंमा रहेकी आमालाई फोन गरेर बाढीले बगाएको, तर आफू रूखमा चढेर बाँच्न सफल भएको जानकारी दिएकी थिइन् । तर, त्यही रूखले पनि बाढीको वेग थाम्न सकेन र केहीबेरमै ढल्यो । अब बाढीले रूखसँगै सानुमायालाई पनि बगाउन थाल्यो ।

सानुमायालाई पौडी खेल्न आउँदैन । तर, बाढीमा फसेपछि रूखका हाँगाबिँगा समाउँदै उनले पौडने कोसिस गरिन् । ‘मलाई बाँच्न लेखेको रहेछ,’ सानुमायाले भनिन्, ‘जे–जे भेटेँ, समात्दै हातखुट्टा चलाउँदै गएँ ।’

उनलाई बाढीले ठुल्ठूलो झड्काका साथ बगाएको थियो । बाढीमा आएका मुढा पटक–पटक उनको खुट्टामा नराम्रोसँग ठोक्किए । तैपनि, त्यस्तै मुढाको भरमा उनले आफूलाई किनारसम्म पुर्याउन सकिन् । सानुमायालाई शनिबार बिहान साढे पाँच बजे हात्तीमुडाको खोलामा दाउरा टिप्न आएका स्थानीय बिरुऋषि देवले उद्धार गरेका थिए । यतिन्जेलसम्म उनी १० किलोमिटर तल पुगकी थिइन् ।

‘मेरा आँखामा बालुवा परेर हेर्न सक्ने अवस्था थिएन,’ उनले भनिन्, ‘आफू कहाँ छु भन्ने पनि थाहा पाइनँ । मान्छेहरू बोलेको सुनेँ, मलाई कसैले बचाउन लागेको छ भन्ने लाग्यो । त्यसैले थप गुहार पनि माग्न खोजेँ, तर मुखमा माटो र बालुवा भरिएकाले बोल्न सकिनँ ।’

उद्धारपछि दुहबीको सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । भित्री चोट नदेखिएकाले उपचारपछि उनी घर फर्केकी छिन् । डाक्टरले उनलाई एक महिनाको औषधि दिएका छन् ।

त्यति लामो समयसम्म बाढीमा बग्दासमेत आफूलाई मर्छुजस्तो नलागेको उनी बताउँछिन् । दुईपटक भुमरीमा पर्दाचाहिँ निकै डर लागेको उनले सुनाइन् । ‘धन्न बाँचेँ’, उनले भनिन्, ‘नयाँ जीवन पाएकी छु । भगवान्ले हात थापिदिए ।’ आत्मविश्वासले आफूलाई बचाएको बताउने उनी इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत छिन् ।

उनकी दिदीकी छोरी कमला पनि रातभरि रूखमा चढेर बाँचिन् । कमलाका आमा (सानुमायाकी दिदी) आशादेवीको शब विराटनगरमा भेटियो । कमलाका बाबु राजकुमार र भाइ निमेष अझै बेपत्ता छन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण