१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँशक्ति छाडेका नेता ‘माओवादीतिरै’

४ भाद्र २०७४, आईतवार ००:५६

भदौ ४, काठमाडौं । नयाँ शक्तिबाट बाहिरिएका देवेन्द्र पौडेलसहितका नेताले मूल पार्टी माओवादी केन्द्रमै फर्किने तयारी गरेका छन् । 

माओवादीमा फर्किने निर्णयका लागि उनीहरूले (मंगलबार) ६ भदौमा राष्ट्रिय भेला बोलाएका छन्। उक्त भेलाबाट बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टी छाड्नुपर्नाको कारणसहित नयाँ ध्रुवीकरणको आवश्यकताका विषय समेटिएको घोषणापत्र पारित गर्ने र त्यसपछि माओवादी केन्द्रसँग एकता गर्ने कार्यसूची उनीहरूले बनाएका छन् ।

राष्ट्रिय भेलाअगाडि नै माओवादीसँग एकताको सैद्धान्तिक आधार तयार पार्न र संगठनात्मक संरचनामा सहमति जुटाउन दुवै पक्ष सम्मिलित वार्ता टोलीबीच छलफल भइरहेको छ। दुवै पक्षले वार्ता टोली नै गठन गरेर शनिबार एकताका आधार तयार गर्न छलफल गरेका छन् ।

बालुवाटारस्थित ‘नेपाल हाउस’ मा दुवै पक्षबीच भएको छलफलले आगामी साताभित्रै पार्टी एकता गर्ने गरी एकताका सैद्धान्तिक आधारबारे छलफल गरेको नेता वामदेव क्षत्रीले जानकारी दिए । ‘हामी वार्ताकै क्रममा छौं, केही सैद्धान्तिक विषयमा छलफल चलिरहेको छ ।

आइतबार बेलुकीसम्म एउटा खाका आउँछ,’ उनले भने। छलफलमा पौडेल नेतृत्वको समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डामा सहमत हुने, पूर्ण समानुपातिक सदनको व्यवस्थाका लागि एकमत हुने, अहिले रहेको माओवादीको संगठनलाई विघटन गरेर नयाँ ढंगले पुनर्गठन गर्ने र बाबुराम भट्टराईले अगाडि सार्दै आएको पाँच ‘स’को अवधारणालाई स्वीकार गरेर आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नुपर्नेलगायत प्रस्ताव राखेको छ। उनीहरूले आर्थिक व्यवस्थाका सवालमा नयाँ ढंगले बहस सुरु गर्नुपर्ने तर्क पनि गरेका छन् ।

शनिबारको छलफलमा माओवादीका तर्फबाट नेता रामबहादुर थापा र वर्षमान पुन तथा पौडेल नेतृत्वको समूहबाट पौडेल, वामदेव क्षत्री, महेन्द्र पासवान, पासाङ शेर्पा र अमरध्वज लामा सहभागी थिए। नयाँ शक्तिका नेताहरूको संगठनात्मक व्यवस्थापनका लागि विभिन्न विकल्पमा रहेर छलफल भएको अर्का एक नेताले बताए ।

पौडेल समूहले माओवादीको जम्बो आयोजक समिति भंग गरी नयाँ ढंगले संरचना निर्माण गर्न गरेको आग्रहमा माओवादी नेताले भने पार्टी त्यसैको तयारीमा रहेको तर केही समय लाग्ने जानकारी गराएका थिए । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु